Dictionary

All Word

7451 खुरमुरिनु अ.क्रि. माथिबाट तलतिर ठाडै झर्नु, रुख आदिबाट खँगारिनु।
7452 खुरमुऱ्याइ ना. खुरमुरिने काम वा प्रक्रिया।
7453 खुरमुऱ्याइनु क.क्रि. ठाडै माथिबाट तलतिर झारिनु।
7454 खुरमुऱ्याउनु प्रे.क्रि. ठाडै माथिबाट तलतिर झार्नु; खसाल्ने काम गराउनु।
7455 खुरा ना. १. जुत्ताको कुर्कुच्चा।
7456 खुरा ना. २. ढोकाको तल्लो वा माथिल्लो आरतीका प्वालमा पस्ने खापाको चुच्चो भाग।
7457 खुराक ना. १. तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन।
7458 खुराक ना. २. एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण।
7459 खुराक ना. ३. एक पटकमा खानुपर्ने औषधीको मात्रा वा परिमाण।
7460 खुराकिलो वि. खुराक लाग्ने खालको; तागतिलो; पोसिलो; पौष्टिक।
7461 खुराकी ना. १. खुराकका लागि दिइने धन वा वस्तु; भोजन आदिको सरसामान।
7462 खुराकी ना. वि. ३. खुराक खाने।
7463 खुराफात ना. १. गर्न नहुने वा अरूलाई बाधा पार्ने खालको कामकुरो; उटपट्याङ; उपध्रो।
7464 खुराफात ना. २. ज्यादै फोहरी वा बिगार पार्ने कुराकानी।
7465 खुराफाती वि. खुराफात गर्ने; खुराफातसम्बन्धी।
7466 खुरिनु अ.क्रि. १. धान, जौ, गहुँ आदि अन्नको बाली धेरै पाकेर वा सुकेर झर्ने अवस्थामा पुग्नु।
7467 खुरिनु अ.क्रि. २. अन्नपात ज्यादा सुक्नु; झुरिनु।
7468 खुरिखन्ड वि. समाप्त; सखाप; निःशेष; खतम।
7469 खुरिखन्ड वि. (उदा.- अचेल पाखाभित्ताहरू खुरिखण्ड छन्, यसैले घाँस पाइँदैन)।
7470 खुरुक्क क्रि.वि. सजिलैसित; कुनै बाधाविरोधविना ( काम गर्ने किसिम); सुरुक्क।
7471 खुरुखुरु क्रि.वि. लगातार; नरोकीकन (काम गर्दै जाने किसिम)।
7472 खुरुड्गो वि. धेरै खिइसकेको, पातलो र सानो (डाडु, पन्यु, हँसिया इ.)।
7473 खुर्कनु स.क्रि. १. काट्ने हतियारले वा अन्य कुनै साधनले फल, वृक्ष आदिको बोक्रा फाल्नु, ताछ्नु।
7474 खुर्कनु स.क्रि. २. बाहिर सतहमा उम्रेको वा टाँसिएको कुनै वस्तु कुटो, खुर्पी आदि हतियारले वा अन्य कुनै साधनले कोर्नु, उप्काउनु।
7475 खुर्काइ ना. खुर्कने क्रिया वा प्रक्रिया |
7476 खुर्काइनु क.क्रि. खुर्कन लाइनु; तछाइनु।
7477 खुर्काउनु प्रे. क्रि. खुर्कन लाउनु; तछाउनु।
7478 खुर्किनु स.क्रि. खुर्कनु।
7479 खुर्ची ना. हात्ती, घोडा, गोरु आदिलाई बोकाइने भारी हाल्ने ठुलो थैलो।
7480 खुर्पा ना. १. दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठुलो र बलियो हतियार।
7481 खुर्पा ना. २. जमिनको घाँस खुर्कने फलामको पन्युजस्तो हतियार।
7482 खुर्पानी ना. आरुका जस्ता पात र फूल हुने आरुकै जातको एक बोट वा केही पहेँलो, चिल्लो फल लाग्ने त्यसको फल।
7483 खुर्पी ना. सानो खुर्पा; खुपैंचा।
7484 खुर्पे वि. खुर्पाजस्तो; खुर्पासम्बन्धी; खुर्पाका बान्कीको।
7485 खुर्पे चाँद ना. १. खुर्पाको जस्तो आकार भएको चन्द्रमा; अर्द्धचन्द्र।
7486 खुर्पे चाँद ना. २. पहिलेपहिले फौजी हवलदार आदिका पगरीमा दर्जा जनाउन जडिने वा लगाइने चाँदीको अर्धचन्द्र।
7487 खुर्पेटो वि. जिउमा भिरेर खुर्पा हाल्ने काठको दाप; खुर्पेठ्याक।
7488 खुर्पेठ्याक ना. १. खुर्पाले जङ्गल फाँडेर आबाद गरेको जग्गाजमिन।
7489 खुर्पेठ्याक ना. २. खुर्पाको दाप; खुर्पेटो।
7490 खुर्र क्रि.वि. छिटो गरी; तुरुन्त (दौडने किसिम)।
7491 खुट ना. ज्यादै चलाख व्यक्ति; साह्रै बाठो मानिस।
7492 खुर्रा ना. गुलेलीको जोत अड्याउने डोरीपट्टिको टुप्पाको खाल्टो; धनुमा डोरी अड्याउन परेन्जाका वल्लापल्ला छेउमा बनाइने खाल्टो।
7493 खुर्रे/खुर्रो वि. पातलो र सानो; खिइसकेको (ताप्के, कचौरा, डाडु इ.)।
7494 खुर्लिङ्गो वि. बाङ्गोटिङ्गो; टेढोमेढो; वक्र; टेढो।
7495 खुर्लुक्क क्रि.वि. खुलुक्क; सलक्क।
7496 खुर्लुप्प क्रि.वि. १. सबै सिद्ध्याउने गरी (अर्काको भएभरको जायजेथा हडप्ने किसिम )।
7497 खुर्लुप्प क्रि.वि. २. चाउरिएर वा गलेर (दुब्लाउने चाल)।
7498 खुर्लुप्प क्रि.वि. ३. खात्तखुत्त (सबै कुरा खाने वा निल्ने किसिम)।
7499 खुर्सानी ना. तिहुन, तरकारी, अचार आदिमा हालिने र मसलाका रूपमा समेत लिइने लाम्चो, कोसाका आकारको, पिरो प्रसिद्ध फल।
7500 खुर्साने ना. लाम्चा पात हुने, साना गुलाफी फूल फुल्ने र फूलभित्र बियाँ हुने, आयुर्वेदअनुसार सर्प, बिच्छी आदिको विष नाश गर्ने गुणले युक्त बर्खे झार; चित्लाँगे; मूलखर्के।