Dictionary

All Word

7501 खुर्सिङ ना. मट्टीतेल आदिका टिन वा अरू कुनै भारी हालेर पिठ्यूँमा बोक्न बनाइएको काठ, बेत आदिको बारा मात्र भएको साधन।
7502 खुल्नु अ.क्रि. १. खुला हुनु, उघ्रनु; फुस्कनु; फुक्नु।
7503 खुल्नु अ.क्रि. २. बन्धनबाट मुक्त हुनु, फुक्का हुनु; छाडा हुनु।
7504 खुल्नु अ.क्रि. ३ नयाँ विद्यालय, संस्था आदि सुरु हुनु।
7505 खुल्नु अ.क्रि. ४. बन्द भएको कुरा फेरि हुन थाल्नु वा चलनमा आउनु।
7506 खुल्नु अ.क्रि. ५. नयाँ वस्तु निस्कनु; प्रकाशित हुनु।
7507 खुल्नु अ.क्रि. ६. सुहाउनु।
7508 खुल्नु अ.क्रि. ७. स्पष्ट देखिने हुनु, छर्लङ्गिनु।
7509 खुल्नु अ.क्रि. ८. अर्थ स्पष्ट हुनु।
7510 खुल्नु अ.क्रि. ९. लुकेको रहस्य आदि थाहा हुनु।
7511 खुलखुल क्रि.वि. अलिअलि आवाज निकालेर (थोरै पानी बग्ने किसिम )।
7512 खुलखुले ना. १. पातलो दिसा अलिअलि भइरहने एक रोग; सुलसुले।
7513 खुलखुले ना. २. झाडाबान्ता; हैजा; उपर्तली।
7514 खुलखुले ना. वि. ३. खुलखुल पानी बग्ने।
7515 खुलदुल ना. १. कुनै कुरा वा विषयका बारेमा मनमा लाग्ने उत्कण्ठा; उत्सुकता; दुबिधा खुलदुली।
7516 खुलदुल ना. २. मनको खलबली; खैलाबैला।
7517 खुलदुली ना. खुलदुल हुने क्रिया वा अवस्था; खुलदुल।
7518 खुलमखुला क्रि.वि. खुलेआम, खुल्लमखुल्ला।
7519 खुलस्त वि. १. नलुकाईकन व्यक्त गरिएको; यथार्थ; स्पष्ट; सफा (भनाइ, बयान इ.)।
7520 खुलस्त वि. २. कुनै प्रकारको बाधाअड्काउ नभएको।
7521 खुलस्त वि. ३. फैलिएको; विस्तृ।
7522 खुलस्त्याइँ ना. खुलस्त पार्ने काम; खुलस्तपन; असन्दिग्धता।
7523 खुलस्त्याइनु क.क्रि. खुलस्त पारिनु।
7524 खुलस्त्याउनु स.क्रि. खुलस्त वा स्पष्ट पार्नु, बुझ्न सकिने गरी प्रस्ट्याउनु।
7525 खुला वि. १. बन्द नभएको; उघारो; उदाङ्ग।
7526 खुला वि. २. नछोपिएको वा नढाकिएको (छाना, कौसी आदि)।
7527 खुला वि. ३. बाधाव्यवधान वा रोकटोक केही नभएको।
7528 खुला वि. ४. खुलमखुला ; खुलस्।
7529 खुला अदालत ना. १. कचहरी वा इजलास बसेका बेलाको सबैले हेर्नसुन्न पाउने अदालतको सभा।
7530 खुला अदालत ना. २. इजलास वा मुद्दाको बहस चलिरहेको अदाल।
7531 खुला मञ्च ना. सार्वजनिक सभा, समारोह आदि हुँदा जनसाधारण भेला हुने वा सबैले हेर्न, सुन्न सक्ने खुला ठाउँ।
7532 खुलाइ ना. खुल्ने भाव वा प्रक्रिया।
7533 खुलाइ ना. [खुलाउ+आइ] ना. खुलाउने भाव वा प्रक्रिया।
7534 खुलाइनु क.क्रि. खुला पारिनु; खुल्न लाइनु।
7535 खुलाउनु प्रे. क्रि. १. खुला पार्नु, उदाङ्गो गराउनु।
7536 खुलाउनु प्रे. क्रि. २. स्पष्ट वा खुलस्त पार्नु।
7537 खुलाउनु प्रे. क्रि. ३. बाधाअड्काउ फुकाउनु।
7538 खुलाउनु प्रे. क्रि. ४. बन्धनबाट छुटाउनु मुक्त पार्नु।
7539 खुलाउनु प्रे. क्रि. ५. सुहाउने तुल्याउनु।
7540 खुलासा वि. १. साफसाफ, सफा; स्पष्ट।
7541 खुलासा वि. २. खुलस्त, खुला।
7542 खुलुक्क क्रि.वि. एकैचोटि वा नरोकिने गरी (खाने वा निल्ने किसिम), खुर्लुक्क, सलक्क।
7543 खुलुल्ल क्रि.वि. अलि चड्का छाँटले (पानी बग्ने किसिम); सलल्ल; सुलुल्ल।
7544 खुलुल्ल क्रि.वि. (उदा.- खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ)।
7545 खुलेआम क्रि.वि. सबैको सामु; विनाढाकछोप; खुल्लमखुल्ला।
7546 खुल्किनु १. शरीरका रौं वा भुत्ला निक्लनु, खुइलिनु।
7547 खुल्किनु २. लिङ्गको छाला उत्रनु वा सोहोरिनु।
7548 खुल्किनु ३. मात्तिनु निफुल्किनु; छेक्राउनु।
7549 खुल्किनु ४. सोचेजस्तो परिणाममा नपुग्नु वा असफल हुनु।
7550 खुल्क्याइ ना. खुल्किने काम वा प्रक्रिया।