Dictionary

All Word

8301 गजपिप्पली ना. ठुलो जातको पिप्ला।
8302 गजब वि. १. विशेष किसिमको; अनौठो; विलक्षण; अद्भु।
8303 गजब वि. ना. २. आश्चर्य; छक्क।
8304 गजबन्धन ना. हात्ती बाँध्ने थाम वा ठुलो मोटो किलो; खमारी।
8305 गजबार ना. ढोका बन्द गर्न गारैमा जडिएको लामो गर्भे आग्लो; बिरेआग्लो।
8306 गजबार ना. विशेष गरी डोरी, नाम्ला, दाम्ला आदि बनाउन पाटका रूपमा प्रयोग गरिने हरियो रङ्गका लामा-लामा टुँड आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा घोच्ने काँडा भएको ठुलाठुला झ्याङ हुने र त्यसै भ्याङबाट निस्किएको टुसो बढी फुटेर फलसमेत लाग्ने एक थरी बुटो |
8307 गजमणि ना. हात्तीका मस्तकमा रहने रातो रङको विशिष्ट प्रकारको मोतीजस्तो देखिने अमूल्य पदार्थ, गजमुक्ता; गजमोती।
8308 गजमुक्ता ना. हात्तीका मस्तकमा रहने रातो रङको विशिष्ट प्रकारको मोतीजस्तो देखिने अमूल्य पदार्थ, गजमुक्ता; गजमोती।
8309 गजमोती ना. हात्तीका मस्तकमा रहने रातो रङको विशिष्ट प्रकारको मोतीजस्तो देखिने अमूल्य पदार्थ, गजमुक्ता; गजमोती।
8310 गजर ना. समय-सङ्केतक घण्ट बज्नुभन्दा पहिले वा पछि बज्ने बाजा (कुनै टेबुल वा भित्ते घडी आदिमा); बिचमा दिइने घण्ट, घण्टी आदिको नाद वा आवाज।
8311 गजरा ना. १. मान्द्रेमेसो बुट्टा देखिने गरी बुनिएको परालको सुकुल।
8312 गजरा ना. २. मोटो र बाक्लो देखिने हिसाबले उनेको फूलको माला; पुष्पहार।
8313 गजराज ना. १. ठुलो हात्ती; श्रेष्ठ हात्ती; बथानको नाइके हात्ती।
8314 गजराज ना. २. इन्द्रको वाहन; ऐराव।
8315 गजल ना. उर्दू र फारसीमा लेखिने, नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको वर्णन हुने त्यस्तो कविता - भेद जसमा ५ देखि ११ सम्म शेर (युग्मक) हुन्छन्।
8316 गजल ना. सबै शेर एउटै रदिफ (काफियापछि आउने शब्दसमूह) र काफिया ( अन्त्यानुप्रास) मा रचिएका हुन्छन् र प्रत्येक शेरको विषय भिन्न हुन्छ।
8317 गजल ना. पहिलो शेर मत्ला कहिन्छ र यसका दुवै मिसरा (पङ्क्ति) सानुप्रास हुन्छन् अनि अन्तिम शेर मक्ता कहिन्छ र यसमा शायरले आफ्नो उपनाम प्रस्तुत गर्दछ।
8318 गजशाला ना. हात्तीहरू बाँध्ने घर वा ठाउँ; हात्तीसार।
8319 गजानन ना. हात्तीको जस्तो मुख भएका देवता; गौरीपुत्र; गणेश।
8320 गजिलो वि. गज वा चौडाइतिरको भाग फराकिलो भएको; ठुलो गजको।
8321 गजी वि. ठुलो गज भएको; गजिलो।
8322 गजीखल ना. वैद्यहरूको रसादि औषधी पिँध्ने ठुलो र गहिरो खालको खल |
8323 गजुर ना. देवदेवीका मन्दिरमा राखिने शिखरका आकारको ठाडो चुच्चे धुरी; कलश।
8324 गजुवा वि. कालो रङको शरीर र खैरो रङको टाउको वा थुतुनो भएको (गोरु)।
8325 गजेट ना. सर्वसाधारणको जानकारीका लागि आधि - कारिक र औपचारिक कुरा प्रकाशित गरिने सरकारी पत्र, राजपत्र।
8326 गजेटेड वि. १. राजपत्रमा उल्लेख भएको; राजपत्राङ्कित (पद, सूचना, नाम इ.)।
8327 गजेटेड वि. २. अधिकृत स्तरको।
8328 गजेटो ना. उखुको रसबाट खुदो वा सखर बनाउँदा र ज्यामिर आदिको चुक पकाउँदा गाजको रूपमा मैलो फिँज निकाल्ने बेल्चाका आकारको चोयाको साधन।
8329 गजेन्द्र ना. १. गजराज, ठुलो हात्ती; श्रेष्ठ हात्ती।
8330 गजेन्द्र ना. २. ऐरावत; इन्द्रको वाहन।
8331 गजेन्द्रमोक्ष ना. १. पुराण आदिका अनुसार हात्तीलाई ग्राहले समातेका बेला विष्णुले सुदर्शन चक्रद्वारा ग्राहलाई मारी गजराजलाई बचाएको प्रसङ्गमा आधारित कथानक।
8332 गजेन्द्रमोक्ष ना. २. दैवी विपत्तिमा बहादुरीपूर्वक कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले १९९५ सालमा स्थापित नेपालको एक राष्ट्रिय पदक |
8333 गजो ना. १. बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन, गज।
8334 गजो ना. २. ट्याम्को, दमाहा, नगराजस्ता छालाले मोरेका बाजा बजाइने छोटो छोटो डन्डी।
8335 गजो ना. ३. हनुमान् नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरो।
8336 गज्कनु अ.क्रि. गजक्क पर्नु, गच्कनु, गम्कनु।
8337 गज्काइ ना. गज्कने क्रिया वा प्रक्रिया।
8338 गज्काइनु क.क्रि. गज्कन लाइनु; गजक्क पारिनु।
8339 गज्काउनु प्रे.क्रि. गजक्क हुने पार्नु, गज्कन लाउनु, गम्काउनु।
8340 गज्किनु अ.क्रि. १. गजक्क परिनु।
8341 गज्किनु अ.क्रि. २. गच्कनु, गम्कनु।
8342 गज्ज क्रि.वि. गिलो वस्तु एकैपल्ट मुछ्ने, मथेल्ने वा मुखबाट धेरै फिंज काढ्ने किसिमले।
8343 गजमोरो ना. १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो।
8344 गजमोरो ना. २. घन्चमन्च गरेर बस्नुपर्ने चाल ; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल।
8345 गजमोरो ना. ३. साँगुरो अवस्था; भिडभाड।
8346 गज्मौरिनु अ.क्रि. १. गजमज र खजमज हुनु, एकै ठाउँमा गुजुमुज्ज हुनु।
8347 गज्मौरिनु अ.क्रि. २. अलपत्र पर्नु, बिथोलिनु।
8348 गज्मौरो ना. १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो।
8349 गज्मौरो ना. २. घन्चमन्च गरेर बस्नुपर्ने चाल ; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल।
8350 गज्मौरो ना. ३. साँगुरो अवस्था; भिडभाड।