Dictionary

All Word

8351 गज्याङगुजुङ/गज्याङमज्याङ क्रि.वि. १. अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले।
8352 गज्याङगुजुङ/गज्याङमज्याङ क्रि.वि. ना. २. त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग।
8353 गज्रौटो ना. गाजल राख्ने भाँडो; गाजलको बट्टा।
8354 गट्टा ना. १. केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा।
8355 गट्टा ना. २. कमलको फूल वा गेडा।
8356 गट्टा ना. ३. नरिवल, बेल आदिको फल।
8357 गट्टा ना. ४. नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो।
8358 गट्टा ना. ५. टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द।
8359 गट्टा ना. ६. गोल वा डल्लो वस्तु।
8360 गट्टागट्टी ना. गट्टा र गट्टीको समूह, साना-ठुला धेरै गट्टा।
8361 गट्टी ना. १. गुच्चा खेलमा पहिलोपल्ट हानिने ठाउँमा राखिने ढुङ्गा वा अरू वस्तु।
8362 गट्टी ना. २. गट्टाको खेलमा प्रयोग गरिने मसिना, बाटुला ढुङ्गा वा अरू कुनै साना र डल्ला वस्तु, गट्टा।
8363 गट्टी ना. ३. कलमको पाइपनिर राखिने एक किसिमको ढिम्री।
8364 गट्टे ना. १. फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा।
8365 गट्टे ना. वि. २. गट्टाका ढाँचाको; गट्टा भएको।
8366 गट्टे पिङ ना. दायाँ-बायाँ दुवैतिर पाङ्ग्रा राखी बिचको फल्याकमा मान्छे बस्ने र डोरी वा लट्ठीले तानेर पिङका रूपमा खेलिने केटाकेटीको एक खेल।
8367 गट्टो ना. कटहर आदिको कलिलो फल, छिप्पिइनसकेको फर्सी; कैँडो।
8368 गट्ठा ना. १. जमघट; भेला वा जम्मा; गठ।
8369 गट्ठा ना. २. बलियो गरी कसेको ठुलो भारी।
8370 गट्ठा ना. तोप, बन्दुक आदि अस्त्रको गोली, बारुद आदि विस्फोटक वस्तु।
8371 गट्ठाघर ना. सेना वा सैनिकसम्बन्धी हातहतियार, गोला, बारुद आदि राख्ने सरकारी घर; शस्त्रागार।
8372 गठ ना. १. एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो; जम्मा; भेला।
8373 गठ ना. २. मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।
8374 गठन ना. १. कुनै निश्चित उद्देश्यको परिपूर्तिका निम्ति कुनै दल वा संस्थाको निर्माण।
8375 गठन ना. २. बनाउने काम; सङ्घटन; निर्माण, रचना।
8376 गठनकर्ता वि. गठन गर्ने वा बनाउने; सङ्गठित रूप दिने।
8377 गठनी ना. १. गाईबस्तु बाँध्ने दाम्लाको गाँठो; गलमगाँठो।
8378 गठबन्धन ना. १. कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो।
8379 गठबन्धन ना. २. कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ।
8380 गठरिनु अ.क्रि. १. गाँठागाँठा पर्नु, गठरी वा पोकोजस्तो हुनु, जोल्टिनु, लठारिनु।
8381 गठरिनु अ.क्रि. २. पुड्को वा ग्याँचे हुनु, ग्याँच्च परेको हुनु।
8382 गठरिनु अ.क्रि. ३. साह्रो हुनु।
8383 गठरी ना. १. रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठऱ्याइएको सानो पोको; पोकोपन्तरो; कुटुरो।
8384 गठरी ना. वि. २. होचो कदकी होची (हेय)।
8385 गठरीमठरी ना. धेरै सरसामान गठऱ्याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो।
8386 गठरो वि. १. गाँठगाँठा परेको; गठरिएको।
8387 गठरो वि. २. बढ्न नसकेर गान्टिएको; पुसुने; पुड्को।
8388 गठरो वि. ना. ३. ठुलो पोको।
8389 गठऱ्याइ ना. गठरिने भाव क्रिया वा प्रक्रिया।
8390 गठऱ्याइनु क.क्रि. गठरो पारिनु, जोल्ट्याइनु।
8391 गठऱ्याउनु स.क्रि. १. पोको पार्नु, गाँठो पार्नु, कुम्ल्याउनु।
8392 गठऱ्याउनु स.क्रि. २. अल्झाउनु; जोल्ट्याउनु।
8393 गठिउन ना. १. आँख्लाका दुवैपट्टि पात पलाउने, त्यसै ठाउँबाट हाँगा हाल्ने र नीला फूल फुल्ने, बुटीका निम्ति उपयोगी एक सुगन्धयुक्त वनस्पति।
8394 गठित वि. १. कुनै कार्यको सञ्चालनका लागि बनाइएको वा तयार पारिएको; गठन गरिएको।
8395 गठियावात ना. शरीरका जोर्नीजोर्नी सुनिएर दुख्ने एक किसिमको बाथरोग; आँख्लेबा।
8396 गठिलो वि. पोटिलो र दह्रो; खँदिलो; भरिलो।
8397 गठे ना. १. तान्त्रिक मत वा धर्मपरम्परा मान्ने नेवारजातिको पुजारीजस्तो एक वर्ग।
8398 गठे ना. वि. २. बुद्धि नभएको, गल्ड्याङ्ग्रो; गोजेरो।
8399 गठेचा ना. चिप्लो र लेस्याइलो एक थरी माटो।
8400 गठेमङ्गल ना. १. श्रावण कृष्णपक्षको चतुर्दशीको दिन।