Dictionary

All Word

83501 विरेचन ना. २. दिसा लगाएर पेट सफा गराउने औषधी।
83502 विरेचन ना. ३. दुःखान्त नाटकबाट पाठक वा दर्शकलाई करुणा र त्रास पैदा गराई मनको शुद्धीकरण गर्ने, नाट्यप्रभाव।
83503 विरोचन ना. सूर्य, घाम।
83504 विरोचन ना. २. चन्द्रमा जून।
83505 विरोचन ना. ३. पौराणिक कालका प्रसिद्ध दैत्यराज बलिको बाबु, प्रह्लादको छोरो।
83506 विरोध ना. कुनै कामकारबाई रोक्नका निम्ति गरिने कोसिस, विपरीत प्रयत्न।
83507 विरोध ना. २. विभिन्न तर्क वा विचारको विपरीत भावना, प्रतितर्क प्रतिविचार।
83508 विरोध ना. ३ नमिल्दो वा उल्टो स्थिति प्रतिकूलता।
83509 विरोध ना. ४. मतभेद, फूट।
83510 विरोध ना. ५. वैरभाव, शत्रुता, दुस्मनी।
83511 विरोध ना. ६. बाधा, अवरोध, अड्काउ रोकावट।
83512 विरोध ना. ७. जाति, गुण, क्रिया, द्रव्य आदिका साथ विरोध वर्णन गर्दा पर्ने एक अर्यालङ्कार।
83513 विरोध ना. ८. चारैतिरको छेकवार, घेरो ९ नियन्त्रण रोकतोक।
83514 विरोध ना. १०. बेमेल,असङ्गति।
83515 विरोधक वि. विरोध गर्ने, बाधा पुर्‍याउने, विरोधी।
83516 विरोधकर्ता वि. विरोधक।
83517 विरोधपत्र ना. कसैले भनेगरेको कामकुराको खण्डन गरेर लेखिएको पत्र, विरोध दर्साउने लिखित पत्र।
83518 विरोध प्रदर्शन ना. कुनै घटना वा स्थितिबारे विरोध जनाउन गरिने प्रदर्शन वा जुलुस।
83519 विरोधाचरण ना. विरोध दर्साउन गरिने कामकुरो, शत्रुतापूर्ण व्यवहार।
83520 विरोधाभास ना. दुई वा धेरै वस्तुका बिच पाइने विरोधको भान।
83521 विरोधाभास ना. २. क्रिया, गुण, जाति, द्रव्य आदिको वर्णन गर्दा सामान्यतः तिनका बिच विरोधजस्तो देखिने एक अर्थालङ्कार।
83522 विरोधी ना. शत्रु, वैरी।
83523 विरोधी ना. २. विपक्षी वि. ३. विरोध गर्ने।
83524 विरोधी ना. ४. विपरीत, उल्टो।
83525 विरोधी ना. ५. बाधा पार्ने, बाधक।
83526 विरोधी पक्ष ना. विपक्ष।
83527 विल ना. प्वाल, छिद्र।
83528 विलक्षण वि. अनौठो ,अद्भुत, अचम्मको।
83529 विलक्षण वि. २. सामान्यभन्दा भिन्न खालको, असाधारण अलौकिक।
83530 विलक्षण वि. ३. कुनै किसिमको लक्षण नभएको।
83531 विलक्ष्य वि. उद्देश्य नभएको, लक्ष्यहीन।
83532 विलग्न वि. अर्को वस्तुमा टाँसिएको, गाँसिएको, संलग्न।
83533 विलग्न वि. २. झुन्डिएको ,लट्किएको।
83534 विलग्न वि. ३. फ्याँकिएको, मिल्किएको।
83535 विलग्न वि. ४. गाडिएको, रोपिएको।
83536 विलग्न वि. ५. बाँधिएको, बद्ध।
83537 विलङ्घन ना. कुनै खोला, बाटो आदि नाघ्ने वा फड्कने काम।
83538 विलङ्घन ना. २. आज्ञा नमान्ने व्यवहार, अनुशासनमा नरहने काम, उल्लङ्घन।
83539 विलङ्घन ना. ३. खाना छाड्ने काम, निराहार, उपवास।
83540 विलङ्घनीय वि. विलङ्घन गर्न योग्य।
83541 विलम्ब ना. तोकिएको समयको अवधि नाघ्ने काम,ढिल्याइँ।
83542 विलम्ब ना. २ सुस्ती, जुम्सोपन।
83543 विलम्ब ना. ३. झुन्डिने वा लट्कने काम।
83544 विलम्ब ना. ४. साठी संवत्सरमध्ये एक संवत्सर।
83545 विलम्ब ना. वि. ५. बियाँलो ढिलो,अबेर।
83546 विलम्बकारी वि. अबेर वा ढिलो गराउने।
83547 विलम्बकारी वि. २. कुनै विषयको कारबाई यथाशक्य ढिलो होस् भन्ने उद्देश्यले प्रस्तुत गरिने (प्रस्ताव, कार्यक्रम आदि)।
83548 विलम्ब शुल्क ना. बुझाउनुपर्ने शुल्क, रकम वा दैदस्तुर तोकिएको समयमा नबुझाई बढी विलम्ब गरेमा लाग्ने शुल्क वा अतिरिक्त रकम शिक्षणसंस्था आदिको शुल्क समयमा नबुझाएमा लिइने जरिमाना ढिलाइ जरिमाना।
83549 विलम्ब शुल्क ना. २. वाहन, जहाज आदि तोकेको समयभन्दा बढी अड्याएमा लाग्ने दण्ड।
83550 विलम्बित वि. विलम्ब भएको,ढिलो गरिएको।