Dictionary

All Word

83551 विलम्बित वि. झुन्डयाइएको, लट्काइएको।
83552 विलम्बित वि. ३. लामो पारिएको,लम्ब्याइएको।
83553 विलम्बित वि. ४. फिँजाइएको, फैलाइएको।
83554 विलम्बी वि. ढिलो गर्ने, जुम्सो।
83555 विलम्बी वि. २. लट्कने, झुन्डिने।
83556 विलय ना. आफ्नो अस्तित्वसमेत खतम हुने गरी अर्कामा मिल्ने काम, लीन हुने काम लय।
83557 विलय ना. २. खतम हुने वा हराउने काम,लोप।
83558 विलय ना. ३. पग्लने वा गल्ने काम।
83559 विलय ना. ४. अन्त, समाप्ति नाश।
83560 विलय ना. ५. सारा विश्व खतम हुने क्रिया वा अवस्था, प्रलय।
83561 विलयक वि. लीन गराउने, प्रलय गराउने।
83562 विलयन ना. लीन हुने काम, लय।
83563 विलयन ना. २. पग्लने वा गल्ने काम।
83564 विलयन ना. ३. समाप्ति, अन्।
83565 विलसित वि. सजिएको।
83566 विलसित वि. २ चहकदार, तेजिलो।
83567 विलसित वि. ३. विलास गर्ने, क्रीडाशील।
83568 विलसित वि. ४. व्यक्त प्रकट ना. ५. चम्कने क्रिया, चमक, कान्ति।
83569 विलसित वि. ६ प्रकट हुने काम।
83570 विलसित वि. ७. प्रेम पैदा गर्ने हाउभाउ।
83571 विलाप ना. वियोग, मृत्यु आदिमा हार्दिक दुःख प्रकट गर्दै रुने काम, बिलौना।
83572 विलास ना. भौतिक उपकरणको परिपूर्णता वा सम्पन्नताले शरीर वा मनलाई आनन्दित तुल्याउने काम, सुखसयल, ऐसआराम, मोजमज्जा।
83573 विलास ना. २. खेलकुद, क्रीडा, ३ मनोविनोद।
83574 विलास ना. ४. पुरुषका प्रति अनुराग वा प्रेम पैदा गराउने स्त्रीको चेष्टाविशेष, नारीको हाउभाउ।
83575 विलास ना. ५. स्त्री र पुरुषका बिचको आकर्षण, कामुकता, लम्पटता।
83576 विलासकर ना. मनोरञ्जन कर।
83577 विलासभवन ना. सुखसयल गर्ने घर वा दरबार, विलास गर्ने ठाउँ,रतिगृह।
83578 विलासमन्दिर ना. विलासभवन।
83579 विलासिका ना. शृङ्गाररस प्रधान हुने उपरूपकको एक भेद।
83580 विलासिनी वि. कामुक चरित्र भएकी सुन्दरी (स्त्री)।
83581 विलासिनी वि. ना. २. वेश्या, गणिका।
83582 विलासी वि. बढी सुखसयल गर्ने २. कामवासनामा लम्पट।
83583 विलासी वि. ३. विनोदप्रिय।
83584 विलासी वि. ४. उज्यालो।
83585 विलासी वि. ना. ५. रसिक व्यक्ति।
83586 विलासी वि. ६. कामदेव।
83587 विलिप्त वि. लिपपोत गरिएको, पोतिएको।
83588 विलीन वि. कुनै वस्तुमा घोलिएको, लय भएको।
83589 विलीन वि. २. नदेखिने, अदृश्य लुप्।
83590 विलीन वि. ३. पग्लेको, गलेको।
83591 विलीन वि. ४. एकअर्कासँग जोरिएको, सम्बद्ध।
83592 विलीन वि. ५. मरेको, मृ।
83593 विलीनीकरण ना. कुनै एक वस्तु अर्को वस्तुमा नछुट्टिने गरी मिलाउने वा घोल्ने काम एकीकरण।
83594 विलीनीकरण ना. २. गाभ्ने वा विलीन गर्ने काम, विलयन।
83595 विलुप्त वि. लोप भएको, बेपत्ता भएको, अदृश्य।
83596 विलुप्त वि. २. भाँचिएको, टुक्रिएको, भत्किएको।
83597 विलुप्त वि. ३. लुटिएको, अपहरण गरिएको, अपहृत, अपहरि।
83598 विलुप्त वि. ४. नाश गरिएको, विनष्ट।
83599 विलेख ना. सम्झौता वा संविदाको विवरण दिइएको र सम्बन्धित व्यक्तिद्वारा विधिवत् हस्ताक्षर गरिएको लिखित वा मौखिक साधनपत्र, संलेख।
83600 विलेखन ना. भुइँका वनस्पति खुर्कने वा ताछ्ने काम।