Dictionary

All Word

83601 विलेखन ना. २. खनजो।
83602 विलेखन ना. ३. बोटबिरुवा उखेल्ने काम।
83603 विलेप ना. शरीर सुन्दर पार्नका लागि घसिने सुगन्धी तेल वा द्रव्य अङ्गराग बुकुवा।
83604 विलेप ना. २. भवन वा पर्खालका भित्तामा लिपिने वस्तु, लिउन।
83605 विलेपन ना. शरीरमा तेल, सुगन्धी द्रव्य, लेप, मलम आदि दल्ने काम।
83606 विलेपन ना. २. शरीरमा घस्ने सुगन्धी द्रव्य ,अङ्गराग।
83607 विलेपन ना. ३. लिपिने वस्तु लिउन।
83608 विलोकन ना. राम्रो किसिमले हेर्ने काम, दृष्टि, हेराइ, देखाइ।
83609 विलोकन ना. २. सोच्ने वा विचार गर्ने काम।
83610 विलोकन ना. ३. जाँच्ने काम परीक्षण।
83611 विलोकन ना. ४. आँखा, दृष्टि।
83612 विलोकनीय वि. हेर्न लायक, दर्शनीय।
83613 विलोकनीय वि. २. सुन्दर, राम्रो।
83614 विलोकित वि. राम्ररी हेरिएको, अवलोकि।
83615 विलोकित वि. २. सोचविचार गरिएको।
83616 विलोकित वि. ३. जाँच गरिएको, परीक्षि।
83617 विलोचन ना. आँखा, नेत्र।
83618 विलोडन ना. हुँडल्ने वा मथ्ने काम, मन्थन।
83619 विलोडन ना. २. हल्लाउने वा चलाउने काम, आलोडन।
83620 विलोडित वि. विलोडन गरिएको।
83621 विलोप ना. कुनै वस्तु नभएको स्थिति, अभाव।
83622 विलोप ना. २. बरबादी, नाश, खतम।
83623 विलोप ना. ३. कुनै वस्तु लिएर भाग्ने काम, लुटपिट, डकैती।
83624 विलोपन ना. नाश वा भताभुङ्ग पार्ने काम।
83625 विलोपन ना. २. कुनै वस्तु लिएर भाग्ने काम, पलायन।
83626 विलोपित वि. चोरिएको, हराएको।
83627 विलोम वि. प्रचलित मान्यता, विचार वा सोचाइभन्दा उल्टो, विपरी।
83628 विलोम वि. २. उल्टो क्रम वा विपरीत विधिबाट उत्पन्न।
83629 विलोम वि. ना. ३. उल्टो क्रम, क्रमहीनता।
83630 विलोमन ना. उल्टो हुने वा गराउने काम।
83631 विलोल वि. चञ्चल, अस्थिर।
83632 विलोल वि. २ चारैतिर फिँजिएर हल्लिएको।
83633 विलोलित वि. हल्लाइएको।
83634 विल्व ना. बेल।
83635 विल्वानार ना. शमीका जस्ता मसिना लामा पात र चमेलीका आकारका रङ्गीबिरङ्गी फूल हुने एक जातको काँडावाल वृक्ष।
83636 विवक्षा ना. बोल्ने इच्छा, भन्ने वा बताउने अभिलाषा।
83637 विवक्षा ना. २. भनाइ, अभिप्रायः इरादा।
83638 विवक्षा ना. ३. मूल आशय, केन्द्रीय भाव, अर्।
83639 विवक्षित वि. भन्न खोजिएको, कथि।
83640 विवक्षित वि. २. चाहना गरिएको, इच्छि।
83641 विवक्षित वि. ३. इरादा भएको।
83642 विवक्षितान्यपरवाच्य ना. वाच्य अर्थ विवक्षित भएर बुझिएपछि अर्को विशेष अर्थ व्यङ्ग्य भएर प्रधान रूपमा बुझिने हुँदा हुने ध्वनि।
83643 विवक्षु वि. कुनै कुरो प्रकट गर्न इच्छा भएको, भन्न इच्छुक।
83644 विवत्सा वि. सन्तान नभएकी, बाछो मरेकी (गाई) हतुवा।
83645 विवत्सा वि. ना. २. बाछोबाछी मरेकी गाई।
83646 विवर ना. दुलो, प्वाल।
83647 विवर ना. २. ओडार, गुफा।
83648 विवर ना. 3. खाडल, खाल्टो।
83649 विवर ना. ४. दोष, खोट, दाग।
83650 विवर ना. ५. सुनसान ठाउँ, निर्जन स्थान।