Dictionary

All Word

83701 विवादान्त वि. चलिरहेको विवादको अन्त हुने वा भएको, विवाद टुङ्गिने।
83702 विवादान्त वि. २. सभा आदिमा उठेको विवाद समाप्त गर्नलाई प्रस्तुत भएको वा सभामा चलेको कुराका विषयमा भएको विवाद सकिएपछि निर्णयार्थ पेस गरिएको (प्रस्ताव )।
83703 विवादास्पद वि. विवादग्रस्।
83704 विवादी ना. विवाद वा झगडा गर्ने, विवादप्रेमी।
83705 विवादी ना. २. सङ्गीतमा रागलाई विकृत पार्ने स्वर।
83706 विवादी ना. 3. दुई स्वरका बिचमा दुई श्रुति वा अर्ध स्वरको अन्तर हुने क्रिया।
83707 विवाह ना. स्त्री र पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्य, बिहे।
83708 विवाहदर्ता ना. कानुनअनुसार विवाहको उमेर पुगेका स्त्रीपुरुषले परम्परागत रूपमा धार्मिक वा सामाजिक विधिअनुसार विवाह नगरीकन पतिपत्नीका रूपमा रहन चाहेमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा गई दर्ता गराउने कानुनी विवाहको विधि।
83709 विवाहदर्ता ना. २. विवाह भएका जोडीले गाउँ विकास समिति वा नगरपालिकामा गई विवाह प्रमाणित गर्ने काम गाउँ विकास समिति वा नगरपालिकाले विवाहको अभिलेख राख्ने काम।
83710 विवाह डालो ना. पश्चिम नेपालमा चलेको चलनअनुसार विवाहको दिन किटान गर्न पठाइने कोसेली।
83711 विवाह पञ्चमी ना. मङ्सिर महिनाको शुक्लपक्षमा पर्ने रामचन्द्रको सीताका साथ विवाह भएको भनेर मानिएको पञ्चमी।
83712 विवाह पञ्चमी ना. (यस दिन जनकपुरधाममा उत्सव मनाइन्छ र ठुलो मेला पनि लाग्छ)।
83713 विवाह विच्छेद ना. दम्पतीमध्ये पति वा पत्नीले वा दुवैले परस्पर पतिपत्नीका रूपमा रहन नचाहेमा सामूहिक वा कानुनी विधिअनुसार गरिने सम्बन्धभङ्ग पारपाचुके।
83714 विवाहित वि. धार्मिक, सामाजिक वा कानुनी विधिअनुसार विवाहबन्धनमा बाँधिएको, विवाह भएको।
83715 विवाहिता वि. बिहे गरिएकी, विवाह भएकी (स्त्री)।
83716 विविध वि. अनेक प्रकारको, भाँतिभाँतिको, विभिन्न किसिमको, थरीथरीको।
83717 विविध आय ना. वर्गीकरण नगरिएको कलमबाट आम्दानी भएको रकम।
83718 विविध खर्च ना. वर्गीकरण नगरिएको कलमबाट खर्च भएको रकम।
83719 विविधता ना. विविध हुनाको भाव वा अवस्था, विभिन्नता, अनेकता।
83720 विविधीकरण ना. विविध वा अनेक किसिमको बनाउने क्रिया।
83721 विविधीकरण ना. २. विविध वा अनेक रूपमा छुट्ट्याउने क्रिया।
83722 विवृत वि. वर्णको उच्चारणमा जिब्रो तालुभन्दा तल झरी मुखविवर बढी खुला हुने (प्रयत्न),खुलेको।
83723 विवृत वि. २. त्यसरी उच्चारण हुने अवस्था वा वर्ण (देवनागरी वर्णमालामा 'आ' स्वर )।
83724 विवृति ना. अस्पष्ट भएको कुनै सूत्र आदिलाई स्पष्ट गराउन लेखिएको टीका, भाष्य आदि।
83725 विवृति ना. २. विवरण।
83726 विवृत्त वि. चक्कर खाएको, घुमेको।
83727 विवृत्त वि. २. फर्केको, फिरेको, प्रत्याग।
83728 विवृत्ति ना. विवर्तन।
83729 विवृत्ति ना. २. नभएको, नपुगेको कुरा र बढी भएको कुराबारे छलफल हुने काम वा प्रक्रिया।
83730 विवृत्ति ना. ३. विस्तार।
83731 विवेक ना. असलखराब, सत्यअसत्य, न्याय अन्याय आदि छुट्ट्याउने क्रिया, क्षमता वा ज्ञान।
83732 विवेक ना. २. सत्यको ज्ञान, यथार्थको ज्ञान।
83733 विवेक ना. ३. प्रकृति र पुरुषको भिन्नताको ज्ञान।
83734 विवेक ना. ४. बुद्धि, समझ।
83735 विवेकपूर्ण वि. असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने शक्ति भएको, विवेकशील बुद्धिमान्।
83736 विवेकवान् वि. विवेकी, विवेक भएको (व्यक्ति)।
83737 विवेकशास्त्र ना. विवेकसम्बन्धी कुराको सैद्धान्तिक चर्चा भएको शास्त्र वा विद्या।
83738 विवेकशील वि. विवेक भएको, विवेकी स्वभावको।
83739 विवेकशून्य वि सत्यअसत्य, न्यायअन्याय, असलखराब आदि छुट्ट्याउने शक्ति नभएको, विवेक नभएको, बुद्धिहीन।
83740 विवेकाधीन वि. विवेकका भरमा अडेको, विवेकमा आश्रि।
83741 विवेकी वि. विवेकशील, विवेकवान्।
83742 विवेकवान् वि. विवेकी, विवेक भएको (व्यक्ति)।
83743 विवेचक वि. कुनै शास्त्रीय विषय वा विषयवस्तुको विवेचना गर्ने शक्ति भएको।
83744 विवेचक वि. २. गुणदोषको विचार गर्ने, विचारपूर्वक निर्णय गर्ने, मीमांसक, समीक्षक।
83745 विवेचन / विवेचना ना. राम्रोनराम्रो, सत्यअसत्य आदि छुट्ट्याउने वा पारख गर्ने काम, विवेचना, समीक्षा।
83746 विवेचन / विवेचना ना. २. सत् र असत्को विचार, छानबिन।
83747 विवेचनात्मक वि. विवेचनीय।
83748 विवेचनीय वि. राम्रोनराम्रो असलखराब आदि छुट्ट्याउनुपर्ने, गुणदोष आदि केलाउनुपर्ने, विवेचना गर्नुपर्ने, विवेचना गर्न योग्य।
83749 विवेच्य वि. विवेचना गर्न योग्य, विवेचना गर्नुपर्ने,विवेचनीय।
83750 विशङ्कु ना. ललितपुर नगरको दक्षिणपट्टिको गोदावरी जाने बाटोमा पर्ने एक गाउँ वा बस्ती।