Dictionary

All Word

83751 विशङ्कु नारायण ना. सोही बस्तीको पूर्वपट्टिको डाँडामा गुफाभित्र रहेको त्यसै नामले प्रसिद्ध नारायणको मूर्ति।
83752 विशद वि. स्वच्छ, निर्मल।
83753 विशद वि. २. ( विस्तृत), फराक।
83754 विशल्य वि. कष्ट, चिन्ता वा वेदना नभएको।
83755 विशल्य वि. २. कष्टरहित, निष्कण्टक।
83756 विशाखा ना. सत्ताइस नक्षत्रमध्ये सोह्रौं नक्षत्र।
83757 विशाखा ना. वि. २. शाखा वा हाँगा नभएको (लहरा आदि)।
83758 विशारद वि. कुनै विषयमा दक्ष, विशेषज्ञ (जस्तो- शिक्षाविशारद, चिकित्साविशारद आदि)।
83759 विशारद वि. २. पण्डित, विद्वान्।
83760 विशारद वि. ३. उत्तम, श्रेष्ठ।
83761 विशाल वि. आकारप्रकार, आयतन आदिका दृष्टिले धेरै फैलिएको, ज्यादै ठुलो, बडेमाको, विस्तृ।
83762 विशाल वि. २. ज्यादै अग्लो,उन्न।
83763 विशाल वि. ३. भव्य, सानदार।
83764 विशालता ना. विशाल हुनाको भाव वा अवस्था,फैलावट।
83765 विशाल बजार ना. नागरिकहरूका सामान्यतया सबैजस्ता उपभोग्य वस्तु एउटै भवनमा प्राप्त गराउने उद्देश्यले स्थापना गरिएको विशाल आकारको बजार।
83766 विशाल बजार ना. २. काठमाडौको धर्मपथमा चलेको सोही नाउँको एक बजार।
83767 विशालाक्ष वि. लामा, ठुला आँखा भएको, विशाल आँखा भएको।
83768 विशालाक्षी वि. लामा, ठुला आँखा हुने (स्त्री)।
83769 विशालाक्षी वि. ना. २. पार्वती।
83770 विशालाक्षी वि. ३. एक देवी वा योगिनी।
83771 विशालाक्षी वि. ४. नागदन्ती।
83772 विशिख ना. शर, बाण।
83773 विशिख ना. २. भालाको छाँटको एक थरी हतियार।
83774 विशिख ना. वि. ३. टुपी नभएको, शिखाहीन।
83775 विशिष्ट वि. अरूभन्दा विशेष किसिमको विशेषता भएको, माथिल्लो तहको, असाधारण।
83776 विशिष्टता वि. विशिष्ट हुनाको भाव वा स्थिति, वैशिष्ट्य।
83777 विशिष्ट प्राध्यापक ना. प्राध्यापकहरूमध्ये विशिष्ट योग्यता वा प्रतिभा भएका प्राध्यापकहरूलाई दिइने दर्जा र सो अनुरूपको सुविधा।
83778 विशिष्ट लेखा परीक्षण ना. विशेष कारणवश नियमित लेखापरीक्षणको अतिरिक्त गरिने लेखापरीक्षण।
83779 विशिष्ट श्रेणी ना. निजामती सेवाअन्तर्गत श्री ५ को सरकारको सहसचिव वा सो सरहको पदभन्दा माथिल्लो पद वा श्रेणी।
83780 विशिष्टाधिकार ना. कुनै देशका राजा, राष्ट्रपति वा प्रधान शासकमा निहित विशेष किसिमको अधिकार, परमाधिकार।
83781 विशिष्टाधिकार ना. २. कसैको पद, स्थिति आदिबाट उत्पन्न हुने विशेष अधिकार।
83782 विशिष्टीकरण ना. कुनै काम वा कुरालाई विशिष्ट रूप दिने भाव, गुण, अवस्था, क्रिया वा प्रक्रिया।
83783 विशिष्टीकरण तालिका ना. कुनै विषय वा कुरालाई विशिष्ट रूपमा देखाउन तयार गरिएको सूची वा फेहरिस्।
83784 विशीर्ण वि. पुरानो भएर वा अन्य कारणले थोत्रिएर टुटे-फुटेको, जीर्णशीर्ण, थोत्रोमोत्रो।
83785 विशीर्ण वि. २. खसेको वा झरेको।
83786 विशीर्ण वि. ३. सुकेको,झुर्रिएको।
83787 विशीर्ण वि. ४. ओइलाएको।
83788 विशुद्ध वि. विशेष किसिमले शुद्ध गरिएको, धेरै शुद्ध, अति चोखो।
83789 विशुद्ध वि. २. अरू वस्तु वा कुरा नमिसिएको।
83790 विशुद्ध वि. ३. छलकपट नभएको, पाप नभएको, निष्पाप।
83791 विशुद्ध वि. ४. कुनै कलङ्क वा दाग नभएको, निष्कलङ्क।
83792 विशुद्ध वि. ना. ५. हठयोगमा प्रयुक्त हुने षट्चक्रमध्ये पाँचौं।
83793 विशुद्धता ना. विशुद्ध हुनाको भाव, गुण वा अवस्था, शुद्धता, पवित्रता।
83794 विशुद्धि ना. विशुद्धता।
83795 विशुद्धि ना. २. दोष, शङ्का आदि हटाउने भाव वा क्रिया।
83796 विशुद्धिवाद ना. दूषित प्रभावबाट जोगिएर विशुद्ध रहनुपर्छ भन्ने एक सिद्धान्।
83797 विशृङ्खल वि. शृङ्खलाबद्ध रूपमा नरहेको, सिलसिला नमिलेको, छरिएको, अस्तव्यस्।
83798 विशृङ्खल वि. २. कसैको अनुशासनमा नरहेको,मर्यादामा नरहेको, उच्छृङ्खल।
83799 विशृङ्खलता ना. विशृङ्खल हुनाको भाव वा अवस्था, छरपुस्ट्याइँ।
83800 विशेष वि. गुण, धर्म, परिमाण आदिमा अरूभन्दा बढ्ता अरूभन्दा विशिष्ट किसिमको, असाधारण।