Dictionary

All Word

83851 विश्रान्ति धाम ना. थकाइ, दुःख, पिर, आदिबाट विश्राम लिने घर, विश्राम लिने ठाउँ।
83852 विश्रान्ति धाम ना. २ सांसारिक दुःख, प्रपञ्चबाट विश्राम लिने ठाउँ, मृत्यु वा ईश्वर।
83853 विश्राम ना. काम गर्दाको थकाइ मेट्न वा परिश्रमबाट थरक मार्न सुस्ताउने काम विश्रान्ति, बिसाइ।
83854 विश्राम कक्ष / गृह ना. कुनै यात्रामा जाँदा रेल, हवाईजहाज आदि सवारीसाधन वा यान नआउन्जेल यात्रीहरूको विश्रामका लागि बनाइएको कोठो, प्रतीक्षालय।
83855 विश्राम भवन ना. सरकारी वा निजी कुनै कामकाजमा जाने वा घुम्न जाने सरकारी कर्मचारी वा अन्य व्यक्तिको भोजन, विश्राम आदिका निमित्त बनाइएको कच्ची वा पक्की भवन।
83856 विश्राम स्थान ना. विश्राम गर्ने ठाउँ, बिसाइ-थलो।
83857 विश्रामालय ना. कुनै यात्रामा वा वनभोज आदिमा जाँदा खानेपिउने र विश्राम लिने ठाउँ।
83858 विश्रुत वि. कुनै किसिमको गुण, योग्यता वा विशेषताले गर्दा जतासुकै प्रसिद्ध भएको,प्रख्यात, विख्या।
83859 विश्रुत वि. २. पढेलेखेको, जानेसुनेको।
83860 विश्रुति ना. विश्रुत हुनाको भाव वा अवस्था, ख्याति, प्रसिद्धि।
83861 विश्लिष्ट वि. विश्लेषण भएको वा छुट्टिएको।
83862 विश्लिष्ट वि. २. फुलेको, विकसि।
83863 विश्लेषक वि. विश्लेषण गर्ने, विश्लेषणका प्रक्रियाअनुसार कुनै विषय वा कुरालाई छुट्ट्याउने।
83864 विश्लेषण ना. संश्लिष्ट भएको वा एउटैमा मिलेर रहेको कुरालाई अलगअलग छुट्ट्याउने काम वा प्रक्रिया।
83865 विश्लेषण ना. २. कुनै वाक्यरचना आदि केकस्तो छ र त्यसमा केकस्ता तत्त्व छन् आदि कुरालाई केलाउने प्रक्रिया।
83866 विश्लेषणात्मक वि. विश्लेषणको प्रमुखता भएको, विश्लेषणमा आधारित, विश्लेषण-प्रधान, विश्लेषणमूलक।
83867 विश्लेषित वि. विश्लेषण भएको, विश्लेषण गरिएको।
83868 विश्लेष्य वि. विश्लेषण हुनाका निम्ति योग्य वा आवश्यक।
83869 विश्व ना. सम्पूर्ण सृष्टि, ब्रह्माण्ड।
83870 विश्व ना. २. संसार, जगत्।
83871 विश्व ना. ३. खास किसिमका दश देवताको एक गण (वसु, सत्य, क्रतु, दक्ष,काल, काम, मृति, कुरु, पुरुरवा र माद्रवा )।
83872 विश्वकर्मा ना. शिल्पशास्त्र वा हस्तकलाका आविष्कर्ता मानिएका पुराणप्रसिद्ध एक देवता, देवशिल्पी।
83873 विश्वकर्मा ना. २. कारिगरी काम गर्ने व्यक्ति, कारिगर, कर्मी।
83874 विश्वकर्मा ना. ३. फलामका भाँडाकुँडा वा हतियार बनाउने एक जाति कामी।
83875 विश्वकल्याण ना. संसारको भलो हुने काम, लोकहि।
83876 विश्वकोश ना. विश्वमा घटेका वा भएका प्रमुख घटना, वस्तु वा व्यक्तिहरूको क्रमबद्ध रूपमा सविस्तार वर्णन गरिएको ग्रन्थ, विश्वका सम्पूर्ण प्रमुख तथा ज्ञातव्य कुराहरूलाई प्रकाश पार्ने परिचयात्मक विशेष कोश।
83877 विश्व खाद्य कार्यक्रम ना. विश्वका कुनै पनि देशमा भएको वा हुने खाद्यान्नको अभाव मेट्न वा हटाउन र खाद्यान्नसम्बन्धी अन्य आवश्यक व्यवस्था गर्न सञ्चालित कार्यक्रम।
83878 विश्व खाद्य तथा कृषि सङ्गठन ना. विश्वको खाद्य वस्तु तथा कृषिसम्बन्धी कुराको हेरविचार तथा अन्य आवश्यक व्यवस्था गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत बनेको सङ्गठन।
83879 विश्व खाद्य परिषद् ना. विश्वको खाद्यव्यवस्थासम्बन्धी कुराको हेरविचार गर्न र खाद्यान्नको अभाव भएका देशका तत्सम्बन्धी आवश्यक व्यवस्था गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत गठित समिति वा परिषद्।
83880 विश्वजनीन वि. विश्वभरि फैलिएको, सर्वत्र उत्पन्न हुने।
83881 विश्व जलवायु विज्ञान ना. विश्वको जल-वायुसम्बन्धी कुराको जानकारी दिने विज्ञान वा तत्सम्बन्धी यान्त्रिक प्रक्रिया।
83882 विश्व डाक ना. अन्तर्राष्ट्रिय हुलाक, विश्वहुलाक।
83883 विश्व नागरिक ना. विश्वको नै हित गर्ने वा कल्याण गर्ने विशेष गुण वा योग्यताका आधारमा विश्वका सबै देशले आफ्नो देशको नागरिक मानेको वा सम्मान गरेको व्यक्ति।
83884 विश्व नागरिकवाद ना. सारा संसारको एउटै नागरिकतामा विश्वास गर्ने सिद्धान्त, अन्तर्राष्ट्रिय नागरिकताको सिद्धान्।
83885 विश्वनाथ ना. संसारका स्वामी।
83886 विश्वनाथ ना. २. शिव, महादेव।
83887 विश्वनाथ ना. ३. काशीमा रहेको एक प्रसिद्ध शिवलिङ्ग।
83888 विश्वपाणि ना. अमोघसिद्धि तथा ताराका पुत्र एक ध्यानी बोधिसत्त्व, पञ्चबोधिसत्त्वमध्ये एक।
83889 विश्वबन्धुत्व ना. सारा विश्वलाई नै दाजुभाइ, कुलकुटुम्ब सम्झने भावना वा अवस्था, विश्वलाई नै बन्धुबान्धव मान्ने एक दर्शन।
83890 विश्व बालकोष ना. विश्वका बालकहरूको आहारविहारसम्बन्धी कुरामा ध्यान पुर्‍याएर उनीहरूलाई शारीरिक तथा मानसिक विकासको अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित एक कोष, विश्वका बालकहरूको कल्याणका निम्ति स्थापित भएको कोष।
83891 विश्व बैङ्क ना. विश्वका गरिब देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्ने र विश्वको सन्तुलित आर्थिक विकास गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत स्थापित ब्याक, विश्वको साझा ब्याङ्क।
83892 विश्व भोक मुक्ति अभियान ना. विश्वमा हुने खाद्यान्नको अभाव रोक्न वा विश्वका जनतालाई भोकबाट मुक्ति दिलाउने उद्देश्यले चलाइएको अभियान।
83893 विश्व मञ्च ना. विश्वका यावत् कुराहरू हुने, घट्ने वा विश्वका आर्थिक, राजनीतिक आदि विभिन्न प्रकारका खेलहरू सञ्चालित हुने मञ्च, विश्वरङ्गमञ्च।
83894 विश्व महासङ्घ ना. संयुक्त राष्ट्रसङ्घ।
83895 विश्वम्भर वि. विश्वको भरणपोषण गर्ने।
83896 विश्वम्भर वि. ना. ईश्वर, विष्णु।
83897 विश्वम्भर वि. 3. विश्वभर्ता।
83898 विश्वम्भरा ना. विश्वको भरणपोषण गर्ने देवी, भगवती।
83899 विश्वम्भरा ना. २. पृथ्वी।
83900 विश्वराजनीति ना. विश्वका कुनै देशको वा विश्वका विभिन्न देशका बिचको, विश्वलाई प्रभावित गर्ने खालको राजनीति, विश्वको राजनीति।