Dictionary

All Word

83801 विशेष वि. २. विलक्षण।
83802 विशेष वि. ३. अधिक।
83803 विशेष वि. ना. ४. विशिष्टता।
83804 विशेष वि. ५. न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभाव आदि सात पदार्थमध्ये एक।
83805 विशेष वि. ६. विशेष गुणद्वारा वस्तुको परिचय गराईंदा हुने एक अर्थालङ्कार।
83806 विशेष वि. ७. कुनै खास परिस्थिति वा समयमा कार्यान्वित हुने वा चल्नेचलाइने (जस्तो- विशेष उत्पादन, विशेष काम, विशेष डाँक, विशेष छुट, विशेष प्रस्ताव इ.)।
83807 विशेष अख्तियार ना. कुनै विशेष समय, परिस्थिति वा काममा प्रयोग गर्न सकिने गरी प्राप्त भएको अधिकार।
83808 विशेष अदालत ना. विशेष कारण र परिस्थिति आदिबाट उत्पन्न भएका कारवाई वा मुद्दामामिलाको छानबिन गरी निर्णय गर्न गठित अदाल।
83809 विशेषक ना. एकै क्रियापदका साथ अन्वय गरिने तीन श्लोकको समुदाय।
83810 विशेषक ना. २. कुनै वस्तुहरूबाट अलग्याउने विशेष चिह्न।
83811 विशेषक ना. ३. तिलक।
83812 विशेषक ना. ४. विशेषण।
83813 विशेषक ना. ५. सामान्य भई नछुट्टिएको कुरा कारणवश छुट्टिएको हुँदा पर्ने एक अलङ्कार।
83814 विशेष कानुन ना. सामान्यतया प्रचलित ऐन, कानुन, नियममा व्यवस्था नगरिएको तर कुनै खास समय, परिस्थिति वा विषयमा लागु हुने कानुन।
83815 विशेष कोष ना. विशेष काम वा उद्देश्यका निम्ति छुट्ट्याइएको वा छुट्ट्याइने कोष।
83816 विशेष ग्राह्यता ना. कुनै कामकुरा वा सेवा आदिमा अरूलाई भन्दा योग्य, अनुभवी आदि कसैलाई पहिलो स्थान दिने काम वा क्रिया, प्राथमिकता।
83817 विशेषज्ञ वि. कुनै विषय विशेष रूपले जान्ने वा त्यस विषयमा सामान्यतः अरूको भन्दा बढी ज्ञान भएको, कुनै काममा बढी जानकारी प्राप्त गरेको, कुनै काम-कुरामा विशेषज्ञता भएको।
83818 विशेषज्ञता ना. विशेषज्ञ हुनाको भाव, गुण वा अवस्था।
83819 विशेषण वि सङ्ख्या, परिमाण, गुण, धर्म आदिद्वारा कुनै वस्तुको विशेषता बुझाउने वा जाहेर गर्ने (शब्द)।
83820 विशेषण वि ना. २. व्याकरणमा नाम वा सर्वनाम शब्दको गुण, धर्म, परिमाण, सङ्ख्या आदि जाहेर गर्ने शब्द, नाम, सर्वनामको विशेषता जाहेर गर्ने शब्द।
83821 विशेषत: क्रि.वि. विशेष गरेर, खासगरी।
83822 विशेषता ना. विशेष हुनाको भाव वा अवस्था, असाधारणता, असामान्यता, विलक्षणता।
83823 विशेष प्रहरी ना. कुनै सङ्घ, संस्था, कार्यालय आदिमा कानुनको रीत पुर्‍याई वा नपुर्‍याई भ्रष्टाचार, रकमकलमको हिनामिना गरेमा वा गरेको लागेमा आवश्यक कारबाई गर्ने विशेष अधिकार भएको प्रहरी वा सोसम्बन्धी अड्डा।
83824 विशेष प्रहरी ना. २. कुनै स्थानमा भएको गडबडी, अशान्ति आदिलाई नियन्त्रण गर्न नियमित रूपमा रहेका स्थानीय प्रहरीहरूबाट नपुग्ने भएमा विशेष रूपमा थप्न राखिएको प्रहरी।
83825 विशेष पुलिस ना. विशेष प्रहरी।
83826 विशेष बिदा ना. सरकारी वा अर्धसरकारी संस्था, कार्यालय आदिका कर्मचारीलाई विशेष परिस्थितिमा पूरा तलबी, आधा तलबी र बेतलबी रूपमा दिइने बिदा।
83827 विशेष मौद्रिक अधिकार ना. राष्ट्रब्याङ्कमा वा कुनै शासनाधिकारीमा निहित मुद्रासम्बन्धी विशेष प्रकारको अधिकार।
83828 विशेष योग्यता ना. कुनै पदका लागि आवश्यक भनेर निर्धारित योग्यताभन्दा बढी योग्यता।
83829 विशेष योग्यता ना. २. कुनै परीक्षामा निर्धारित विषयमध्ये कुनै, केही वा सबै पत्रमा पचहत्तर प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्दा देखिने योग्यता, विशेष किसिमको दक्षता।
83830 विशेष सभा ना. विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि बसेको सभा, विशेष प्रकारको समिति।
83831 विशेष सापटी ना. विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि लिइने वा दिइने सापटी।
83832 विशेषाङ्क ना. कुनै पत्रिकाको कुनै विशेष समय वा पर्वमा निक्लने अङ्क, नियमित अङ्कभन्दा अतिरिक्त निक्लेको विशेष किसिमको अङ्क।
83833 विशेषाधिकार ना. कुनै व्यक्ति, संस्था, सङ्गठन आदिमा निहित विशेष किसिमको अधिकार, खास समय, परिस्थिति वा काममा प्रयोग गरिने विशेष किसिमको अधिकार।
83834 विशेषोक्ति ना. साहित्यमा कारण हुँदाहुँदै पनि कार्यको उत्पत्ति नभएको देखाउँदा हुने एक अर्थालङ्कार।
83835 विशेष्य ना. व्याकरणमा विशेषणद्वारा वर्णन गरिने वा विशेषता बताइने वस्तु वा पदार्थ, विशेषण लागेको नामशब्द,विशेषणयुक्त शब्द वि. २. गुण, क्रिया, परिमाण आदिद्वारा छुट्ट्याउन सकिने, भिन्न देखाउन योग्य।
83836 विशेष्य ना. ३. मुख्य प्रधान।
83837 विशोक वि. चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको, शोक नभएको,शोकरहित, अशोक।
83838 विशोधन ना. कुनै पदार्थमा भएको वा मिसिएको फोहोरमैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध गर्ने क्रिया संशोधन।
83839 विशोधन ना. २. प्रायश्चित्।
83840 विशोधनीय वि. विशोधन गर्न योग्य वा उचित विशोधन हुन सक्ने।
83841 विशोधित वि. कुनै वस्तुमा भएको फोहोर मैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध पारिएको, विशेष किसिमबाट संशोधन गरिएको।
83842 विशोध्य वि . विशुद्ध वा पवित्र पार्नयोग्य।
83843 विश्रान्त वि. विश्राम गर्ने, बिसाइ मार्ने।
83844 विश्रान्त वि. २. विश्रान्तिमा पुगेको, अडेको।
83845 विश्रान्त वि. ३. थाकेको, क्लान्।
83846 विश्रान्ति ना. थालेको काम सकेर वा नसक्दै थकाइ मार्ने वा सुस्ताउने क्रिया।
83847 विश्रान्ति ना. २. रोग आदिबाट भएको कमजोरीलाई मेटाउन र स्वास्थ्यलाभ गर्न आराम लिने क्रिया।
83848 विश्रान्ति ना. ३. नोकरी आदिबाट अवकाश पाइसकेपछि बुढेसकालमा आराम लिने काम।
83849 विश्रान्ति काल ना. काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय, अल्पावकाश।
83850 विश्रान्ति काल ना. २. नोकरी आदि पेसाबाट अवकाश लिएपछि आराम लिने समय, अवकाशकाल।