Dictionary

All Word

83901 विश्वरूप ना. विश्वका विभिन्न प्राणीहरूको शिर, धेरै हातगोडा भएको र सबै किसिमका प्राणीका रूपमा एकत्र देखा परेको, गीतामा वर्णित भगवान् कृष्णको विशाल रूप।
83902 विश्वरूप ना. २. विश्वका रूपमा देखा परेको ईश्वर।
83903 विश्वरूप ना. ३. विश्वको स्थिति वा रूप।
83904 विश्वरूपी वि. विश्वरूपसम्बन्धी।
83905 विश्वरूपी वि. २. विभिन्न रूपमा प्रकट हुने।
83906 विश्वविजयी वि. संसारभरिको विजेता।
83907 विश्वविख्यात वि. विश्वभरि नाम फैलिएको, विश्वप्रसिद्ध, लोकविश्रु।
83908 विश्वविद्यालय ना. विश्वका विभिन्न विषय वा विभिन्न किसिमका शास्त्रहरूको उच्चकोटिको शिक्षा प्रदान गर्ने, सम्बन्धित विषयमा विद्यार्थीहरूको परीक्षा लिने र उत्तीर्ण विद्यार्थीहरूलाई तदनुसार उपाधि प्रदान गर्ने शिक्षाको सर्वोच्च संस्थान।
83909 विश्वविद्यालय सभा ना. विश्वविद्यालयको आर्थिक, शैक्षिक आदि महत्त्वपूर्ण कुराको निर्णय गर्ने र विश्वविद्यालयसँग सम्बन्धित अन्य आवश्यक नीतिनिर्माण गर्ने, विश्वविद्यालयको सर्वोच्च सभा।
83910 विश्वविद्यालय सेवा आयोग ना. विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, बढुवा आदि गर्दा आवश्यक परीक्षा, अन्तर्वार्ता आदि लिने र सोअनुसार योग्य उमेदवारलाई नियुक्तिको सिफारिस गर्ने र विश्व विद्यालयसेवाको सुदृढीकरणमा उचित परामर्श दिने आयोग।
83911 विश्वविद्यालयीय वि. विश्वविद्यालयसम्बन्धी, विश्वविद्यालयको।
83912 विश्वविश्रुत वि. विश्वविख्या।
83913 विश्वव्यापक / विश्वव्यापी वि. विश्वमा सर्वत्र ढाकेर रहेको, सबै ठाउँ ओगटेर बसेको, संसारभरिको, विश्वभरि व्याप्त भएको।
83914 विश्वशान्ति ना. विश्वका देशहरूमा कुनै किसिमको युद्ध,शीतयुद्ध आदि नभएको र संसारभरि नै शान्ति व्याप्त भएको अवस्था।
83915 विश्वसनीय वि. विश्वास गर्न योग्य, विश्वास गर्न हुने, भरपर्दो, पत्यारिलो।
83916 विश्वसनीयता ना. विश्वसनीय हुनाको भाव वा अवस्था, विश्वास गरिने स्थिति, विश्वास, पत्यार।
83917 विश्वस्त वि. विश्वास भएको, पत्यार गर्न सकिने, पत्यारिलो,विश्वासिलो, भरपर्दो।
83918 विश्वस्तता ना. विश्वस्त हुनाको भाव वा स्थिति।
83919 विश्व स्वास्थ्य सङ्गठन ना. संसारभरका जनताको स्वास्थ्यको स्तर बढाउने र उनका निम्ति आवश्यक सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित अन्तर्राष्ट्रिय संस्था।
83920 विश्वहित ना. विश्वकल्याण।
83921 विश्व हुलाक सङ्घ ना. इ. १९३५ मा स्विट्जरल्यान्डको बर्नमा स्थापित, विश्वका हुलाकहरूको सङ्घ।
83922 विश्वात्मबोध ना. विश्वको आत्मस्वरूप तथा विश्वभरि व्याप्त मानिने परमात्माको ज्ञान, विश्वका चैतन्यस्वरूप आत्माको ज्ञान।
83923 विश्वात्मा ना. ईश्वर (ब्रह्मा, विष्णु, शिव )।
83924 विश्वात्मा ना. २. विश्वभरि व्याप्त चेतनास्वरूप आत्मा।
83925 विश्वात्मा ना. ३. सूर्य।
83926 विश्वामित्र ना. क्षत्रियवंशमा उत्पन्न भएका, ब्रह्मर्षिका निम्ति ठुलो तपस्या गरी आखिरमा वशिष्ठद्वारा मान्यता पाएपछि मात्र ब्रह्मर्षि भएका एक महर्षि, एक गोत्रप्रर्वतक ऋषि, सप्तर्षिमध्ये एक, कौशिक।
83927 विश्वास ना. कुनै काम कुरो, व्यक्ति, मत, नीति आदिप्रति हुने सत्यताको धारणा, दृढ आस्था, पत्यार।
83928 विश्वास ना. २. आस्था, श्रद्धा।
83929 विश्वास ना. ३. भरोसा, आड।
83930 विश्वासघात ना. कसैले आफूप्रति गरेको विश्वासको हत्या, कसैको आफूप्रति भएको आस्थाको विपरीत आचरण।
83931 विश्वासघातक / घाती वि. आफूप्रति गरिएको विश्वासभङ्ग गर्ने, बोलकबोल वा वचनबद्धताको विरुद्ध चल्ने, धोका दिने, धोकेबाज।
83932 विश्वासपात्र ना. पहिलेदेखि नै पत्याइएको या पत्याउन हुने भरपर्दो व्यक्ति, विश्वासलाग्दो वा विश्वासिलो व्यक्ति।
83933 विश्वासप्रद वि. विश्वास दिलाउने, विश्वास उब्जाउने, भरपर्दो।
83934 विश्वास प्रस्ताव ना. प्रतिनिधिसभाका अध्यक्ष, मन्त्रिमण्डल वा अरू कुनै संस्थाका अध्यक्ष, पदाधिकारी आदिमा त्यस संस्थाका सदस्यहरूको विश्वास प्रकट गर्नलाई पेस गरिने प्रस्ताव।
83935 विश्वासभाजन ना. विश्वासपात्र।
83936 विश्वासिलो वि . पत्यारिलो, भरपर्दो, विश्वासलाग्दो विश्वासपात्र, विश्वासी।
83937 विश्वासी वि. विश्वासिलो।
83938 विश्वेश्वर ना. ईश्वर।
83939 विश्वेश्वर ना. २. विश्वना।
83940 विष ना. खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत लिन सक्ने वा लिने घातक वस्तु बिख, जहर।
83941 विष ना. २. पानी।
83942 विष ना. ३. कमलनालको गुदी।
83943 विष ना. ४. स्वास्थ्य वा सुखशान्तिलाई हानिनोक्सानी पुऱ्याउने कुरा।
83944 विष ना. ५. वत्सनाभ।
83945 विष ना. ६. हिमालयमा पाइने एकदेखि पाँच मिटर अग्लो, चौडा, तीनखण्डे, हरिया भेट्नु भएका पात हुने, पाँचदेखि बाह्र सेन्टिमिटरसम्म चौडा र छदेखि सात सेन्टिमिटरसम्म लामा पात हुने, नील मञ्जरीका रूपमा फूल फुल्ने, भुवादार फल लाग्ने, आयुर्वेदमा कन्द विषालु मानिएको एक जातको बुटो।
83946 विषकन्या ना. सम्भोग गर्ने पुरुषलाई मार्ने आशयले बाल्यावस्थादेखि नै शरीरमा अनेक किसिमले विष प्रवेश गराई विषाक्त बनाइएकी केटी।
83947 विषकन्या ना. २. ज्योतिष शास्त्रअनुसार विवाह गरेमा वा सम्भोग गरेमा पति वा अन्य कुनै पुरुष मर्ने योगमा जन्मेकी केटी।
83948 विषज्वर ना. एक प्रकारको कडा जरो, औलिया ज्वरो।
83949 विषदन्त ना. सर्पको माथिल्लो च्यापुमा हुने, अरूलाई टोक्ता विष निक्लने खोक्रो दाँ।
83950 विषधर ना. सर्प।