Dictionary

All Word

83951 विषधर ना. वि. २. विष धारण गर्ने, विष भएको।
83952 विषफेंज ना. गोठाले मुलाका छाँटका पात हुने एक जातको झार।
83953 विषम वि. सबै भाग, अंश वा पक्ष समान वा बराबर नभएको, कम्ती वा बेसी भएको, असमान।
83954 विषम वि. २. सम्म नपरेको, समतल नभएको (जमिन आदि)।
83955 विषम वि. ३. दुई अङ्कले भाग नलाग्ने, बिजोर ( सङ्ख्या)।
83956 विषम वि. ४. सजिलैसित बुझ्न नसकिने, बुझ्न गाह्रो, दुर्बोध्य।
83957 विषम वि. ५. सम्पन्न गर्न अप्ठ्यारो, पार गर्न मुस्किल, विकट।
83958 विषम वि. ६. दुःख वा डर पैदा गर्ने किसिमको कष्टकर, भयङ्कर।
83959 विषम वि. ७. एक दिन बिराएर आउने (ज्वरो)।
83960 विषम वि. ८. अधिकतम र न्यूनतम तापक्रममा धेरै अन्तर भएको ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने।
83961 विषम वि. ना. ९. चारै चरणमा समान अक्षर नहुने छन्द।
83962 विषम वि. १०. दुई भिन्न विरोधी वस्तुको सम्बन्ध वा यथायोग्यको निरूपण गर्दा पर्ने एक अर्थालङ्कार।
83963 विषमज्वर ना. कहिले चिसो कहिले तातो, कहिले मन्द र कहिले तीव्र भएर अनियमित रूपले आउने ज्वर, कामजरो।
83964 विषमता ना. विषम हुनाको भाव वा अवस्था, वैषम्य।
83965 विषमत्व ना. विषमता।
83966 विषमय वि. विषले युक्त, विषैविषले भरिएको।
83967 विषमवृत्त ना. पाउ वा चरण समान नभई फरक हुने वृत्त वा छन्द, असमान पद भएको छन्द।
83968 विषमित वि. विषमय तुल्याइएको, विषालु पारिएको।
83969 विषमीभवन ना. कुनै शब्द अथवा शब्दांशका समान वर्णहरूमध्ये एउटा असमान हुन पुग्ने भाषावैज्ञानिक प्रक्रिया।
83970 विषय ना. ज्ञानेन्द्रियले ग्रहण गरिने पदार्थ (रूप, रस, गन्ध, स्पर्श र शब्द)।
83971 विषय ना. २. पञ्चमहाभूतबाट बनेको वस्तु वा पदार्थ,भौतिक पदार्।
83972 विषय ना. ३. जन्मदेखि मृत्युपर्यन्त गरिने लोकसम्बद्ध व्यवहार, सांसारिक व्यवहार।
83973 विषय ना. ४ इन्द्रियहरूका माध्यमबाट प्राप्त हुने आनन्द, इन्द्रियजन्य सुख।
83974 विषय ना. ५. कुनै पनि विचार गरिने कुरो वा वस्तु।
83975 विषय ना. ६. कुनै लेख ग्रन्थ आदिमा विवेचना गरिएको कुरो वा प्रसङ्ग।
83976 विषय ना. ७. सम्पत्ति।
83977 विषय ना. ८. सीमा।
83978 विषय ना. ५ उद्देश्य ना. यो. १०. बारे।
83979 विषयक वि. विषयसम्बन्धी, विषयको।
83980 विषयगत वि. कुनै विषयसँग सम्बन्धित भएको, विषय मुख्य भएको, विषयप्रधान, विषयमूलक।
83981 विषयपति ना. लिच्छविकालमा जिल्लाको ठुलो हाकिमको पद वा दर्जा, लिच्छविकालीन जिल्लाको ठुलो अधिकारी।
83982 विषयप्रवेश ना. कुनै ग्रन्थको विषयवस्तुसँग सामान्य चिनारी गराउने उद्देश्यले त्यस ग्रन्थको सुरुमा दिइएको कथन वा भूमिका।
83983 विषयप्रवेश ना. २. कुनै विषयमा भर्खरै प्रवेश गर्ने क्रिया, कुनै विषयको प्रारम्भ।
83984 विषयमूलक वि. विषयको प्रमुखता भएको, मूल रूपमा विषयसँग सम्बन्धि।
83985 विषयवस्तु कुनै ग्रन्थ, लेख आदिमा प्रतिपादन वा विवेचना गरिने वा गरिएको विषय वा कुरो।
83986 विषयसुख ना. सांसारिक विषयवस्तुको भोगबाट प्राप्त हुने सुख, सांसारिक पदार्थबाट पाइने सुख, इन्द्रियहरूद्वारा प्राप्त हुने सुख, सांसारिक सुख।
83987 विषयसुख ना. २. स्त्रीसम्भोगबाट प्राप्त हुने सुख।
83988 विषयसूची ना. कुनै ग्रन्थमा परेका विषयहरूको क्रमबद्ध सूची, विषयानुक्रमणिका, विषयतालिका, अनुक्रमणिका।
83989 विषयात्मक वि. कुनै विषयसित सम्बद्ध भएको, विषयको प्रतिपादन नै 'मुख्य उद्देश्य भएको, विषयप्रधान।
83990 विषयानुक्रमणिका ना. विषयसूची।
83991 विषयान्तर ना. चलिरहेको कुराकानी वा प्रसङ्गलाई छाडी लिइएको अर्को विषय, क्रम, सिलसिला वा सन्दर्भभन्दा बाहिरको विषय।
83992 विषयासक्त वि. सांसारिक विषयसुखमा ज्यादै आसक्त भएको विषयवासनामा आसक्ति भएको, विषयी, लम्पट विलासी।
83993 विषयासक्ति ना. सांसारिक विषयसुखप्रतिको लिप्सा, विषयवासनामा अत्यधिक अनुरक्ति, भोगविलासमा तल्लीन, विषयमा लागु हुने प्रवृत्ति।
83994 विषयी वि. विषयासक्।
83995 विषयुक्त वि. विष मिसिएको, बिख भएको।
83996 विषविज्ञान ना. विषसम्बन्धी कुराको प्रतिपादन वा विवेचना भएको विज्ञान, विषसम्बन्धी विशेष जानकारी दिने शास्त्र।
83997 विषवृक्ष ना. विषदार वृक्ष, बिखालु रुख।
83998 विषवैद्य ना. सर्प, बिच्छी आदि बिखालु प्राणीले टोक्ता शरीरमा फैलिने विष झार्ने व्यक्ति, झारफुक गरेर विष झार्ने वैद्य।
83999 विषाक्त वि. विषले भरिएको, बिखैबिख भएको, विष मिसिएको, विषमय।
84000 विषाक्त वि. २. शरीरलाई हानिनोक्सानी गर्ने, स्वास्थ्य बिगार्ने, अस्वास्थ्यकर।