Dictionary

All Word

84851 व्याम ना. दुवै हात काँधका सो दुवैतिर फैलाउँदा एक हातका औँलाका टुप्पादेखि अर्को हातका औंलाका टुप्पासम्मको लमाइको नाप।
84852 व्यामोह ना. ज्ञानको अभाव, अज्ञान, अविद्या।
84853 व्यामोह ना. २. गहिरो सम्मोह।
84854 व्यायाम ना. शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन र शक्ति तथा स्फूर्ति प्राप्त गर्न नियमित रूपमा गरिने शारीरिक श्रम, कसर।
84855 व्यायाम ना. २. परिश्रम।
84856 व्यायाम ना. ३. फैलाउने काम लम्म्याउने काम।
84857 व्यायाम ना. ४. लमाइ।
84858 व्यायाम भूमि ना. व्यायामस्थल, व्यायामशाला।
84859 व्यायामशाला ना. व्यायाम गरिने घर, कसरत गर्ने ठाउँ, व्यायामभूमि, अखाडा।
84860 व्यायामी वि. नियमित रूपमा कसरत गर्ने, व्यायाम गर्ने।
84861 व्यायोग ना. एउटै मात्र अङ्क, प्रसिद्ध कथानक, गर्भ र विमर्शबाहेक अरू तीन सन्धि, शान्तबाहेक अरू रस प्रधान हुने एक रूपक, दशरूपकमध्ये एक।
84862 व्यावसायिक वि. कुनै व्यवसायसित सम्बन्ध भएको, व्यवसायसम्बन्धी।
84863 व्यावसायिक वि. २. विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने (क्षेत्र, प्रतिनिधित्व आदि)।
84864 व्यावसायिक सङ्गठन ना. विभिन्न पेसामा संलग्न व्यक्तिहरूले आफ्नो हक र हितको संरक्षण तथा संवर्द्धनका उद्देश्यले खडा गरेको संस्था, व्यवसायसित सम्बद्ध व्यक्तिहरूको प्रतिनिधि-सङ्गठन।
84865 व्यावहारिक वि. व्यवहारमा चल्ने वा चलेको।
84866 व्यावहारिक वि. २. व्यवहार जानेको, व्यवहारमा सिपालु।
84867 व्यावहारिक वि. ३. व्यवहारअनुकूल हुन जान्ने।
84868 व्यावहारिकता ना. व्यावहारिक हुनाको भाव वा स्थिति।
84869 व्यास ना. वेदका मन्त्रहरूको सङ्ग्रह गर्ने र तिनलाई तीन भागमा विभक्त गर्ने पुराणप्रसिद्ध एक ऋषि, पुराणहरूका निर्माता वा सम्पादनकर्ता ऋषि वेदव्यास, कृष्णद्वैपायन।
84870 व्यास ना. २. पुराण भन्ने व्यक्ति, पुराणका वक्ता वा वाचक।
84871 व्यास ना. 3. वृत्तपरिधिको एक स्थानबाट अर्को स्थानसम्म पुग्ने कल्पित सोझो रेखा।
84872 व्यास ना. ४. कुनै वस्तुको विस्तार, फैलावट।
84873 व्यास ना. ५. हिउँ पग्लेको वेला नेपाल र तिब्बतका बिच आवागमन गर्न हुने सुदूर पश्चिमाञ्चलको एक क्षेत्र तथा घाटी, यसै नामको एक हिमाल।
84874 व्यासमापक वि. व्यासलाई नाप्ने (यन्त्र )।
84875 व्यासार्ध ना. कुनै वृत्तको आधा भाग।
84876 व्यासार्ध ना. २. कुनै वृत्तको केन्द्रदेखि परिधिको कुनै विन्दुसम्मको सोझो रेखा।
84877 व्याहृति ना. उक्ति कथन, अभिव्यक्ति।
84878 व्याहृति ना. २. गायत्रीमन्त्रको प्रारम्भमा आउने सात लोकका प्रतीक तीन शब्द, भूः भुवः स्वः आदि त्रिलोकात्मक मन्त्र।
84879 व्युत्क्रम ना. कुनै वस्तु वा कामकुरा जुन क्रममा हुनुपर्ने हो त्यस क्रममा नरहने क्रम,क्रमभङ्ग, व्यतिक्रम।
84880 व्युत्क्रम ना. २. मर्यादाको उल्लङ्घन, मर्यादाको अतिक्रमण।
84881 व्युत्पत्ति ना. प्रकृति र प्रत्ययको विभाजनपूर्वक शब्दको विग्रह गर्ने क्रिया, कुनै शब्दको प्रकृति, प्रत्यय र त्यसको मूल रूपको निरूपण गर्ने क्रिया।
84882 व्युत्पत्ति ना. २. व्युत्पत्तिप्रक्रियाको ज्ञान।
84883 व्युत्पत्ति ना. ३. छन्द, व्याकरण, कला, लोकस्थिति, परपदार्थको विज्ञान आदिबाट गरिने योग्यायोग्यको विवेक।
84884 व्युत्पत्ति ना. ४. विशेष किसिमबाट भएको उत्पत्ति,उत्पत्तिको प्रक्रिया।
84885 व्युत्पत्तिमूलक वि. व्युत्पत्तिमा आधारित भएको, व्युत्पत्तिप्रधान।
84886 व्युत्पत्तिशास्त्र ना. कुनै भाषामा भएका शब्दहरू र तिनमा भएको ध्वनिपरिवर्तन तथा अर्थपरिवर्तनको निरूपण गर्ने शास्त्र शब्दहरूको व्युत्पत्तिसम्बन्धी शास्त्र।
84887 व्युत्पन्न वि. राम्रोनराम्रो, सत्यअसत्य छुट्ट्याउने क्षमता भएको, विचारशील।
84888 व्युत्पन्न वि. २. पढेलेखेको, देखेसुनेको, विद्वान्।
84889 व्युत्पन्न वि. ३. कुनै विषयको विशेषज्ञ।
84890 व्युत्पन्न वि. ४. कुनै मूलशब्दमा परसर्ग, पूर्वसर्ग आदि जोडिई बनेको विशेष व्याकरणिक प्रक्रियाबाट बनेको (शब्द)।
84891 व्युत्पादक वि. व्युत्पन्न गराउने, ज्ञान बढाउने।
84892 व्युत्पादक वि. २. व्युत्पत्ति देखाउने।
84893 व्युत्पादक वि. ३. विशेष किसिमको वस्तु तयार गर्ने।
84894 व्युत्पादन ना. व्युत्पन्न गराउने क्रिया।
84895 व्यूढ वि. क्रममा राखिएको, ठाउँ मिलाएर राखिएको।
84896 व्यूढ वि. २. सेनापतिहरूद्वारा संरक्षण गरिएको ( सैन्य )।
84897 व्यूढ वि. ३. कसिएको र फैलिएको, विशाल (छाती)।
84898 व्यूढ वि. ४. विहि।
84899 व्यूह ना. समुदाय, समूह।
84900 व्यूह ना. २. निर्माण, रचना।