Dictionary

All Word

84951 शकुनि ना. वि. ३. अनुचित सल्लाह दिने वा कूटनीतिक चाल चल्ने, कपटी, जुवाडे।
84952 शकुनी वि. शकुन वा साइत हेर्ने, शकुनको ज्ञाता।
84953 शकुनौती ना. शकुनसम्बन्धी कुरा वा मुहूर्तको विचार गर्ने विद्या, शकुनशास्त्र।
84954 शकुन्त ना. पक्षी, चरो।
84955 शकुन्त ना. २. नीलकण्ठ पक्षी, ठेउवा।
84956 शकुन्तक ना. पक्षी, चरो।
84957 शकुन्तला ना. विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रद्वारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री।
84958 शकुन्तला ना. (मेनका स्वर्ग फर्कदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र शकुन्त (पक्षी) हरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ)।
84959 शकुन्तला ना. २. कण्व ऋषिकी धर्मपुत्री, दुष्यन्तकी रानी र भरतकी आमा।
84960 शक्त वि. शक्ति वा सामर्थ्य भएको, समर्थ, सक्षम, योग्य।
84961 शक्त वि. २. तागतदार, बलियो, दह्रो।
84962 शक्ति ना. तन, मन वा धनका रूपमा रहने सामर्थ्य, जोड, बल, तागत, पराक्रम।
84963 शक्ति ना. २ राज्यमा रहने प्रमुख तत्त्व (प्रमुख उत्साह, मन्त्रणा आदि )।
84964 शक्ति ना. ३. सक्रिय दैवी सामर्थ्यका रूपमा रहेका देवपत्नी वा स्त्रीदेवता ( इन्द्राणी, वैष्णवी, ब्रह्माणी, ब्रह्मवादिनी, कौमारी, नारसिंही र वाराही )।
84965 शक्ति ना. ४. ईश्वरीय प्रकृति वा माया।
84966 शक्ति ना. ५. शब्दका विविध अर्थ बुझाउने तीन सामर्थ्य वा अर्थशक्ति (अभिधा, लक्षणा र व्यञ्जना )।
84967 शक्ति ना. ६. वाष्प, ऊर्जा वा बिजुलीबाट पैदा हुने सामर्थ्य, क्षमता।
84968 शक्ति ना. ७. भग, योनि (तन्त्रमा)।
84969 शक्ति ना. ८. प्रहार गरिने अस्त्र (भाला, बर्छा आदि)।
84970 शक्ति ना. ९. वास्तु वा मूर्तिमा नौ अमल बराबरको नाप नौ अगुल, मात्राको नौगुना बराबरको नाप प्रादेश, सूत्र, ग्रह वा द्वार बराबरको नाप।
84971 शक्तिग्रह ना. शब्दका विभिन्न प्रकारका अर्थ बुझाउने वृत्ति वा शक्तिको ज्ञान।
84972 शक्तिघर ना. बिजुली आदि शक्ति पैदा हुने ठाउँ वा घर शक्तिभण्डार (पावर हाउस)।
84973 शक्तित्रय ना. राज्यका प्रमुख तीन शक्ति (प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति)।
84974 शक्तित्रय ना. २. शब्दका तीन किसिमका अर्थ बुझाउने शक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
84975 शक्तिमत्ता ना. शक्तिमान् हुनाको चाल वा स्थिति।
84976 शक्तिमान वि. शक्ति भएको, सामर्थ्यवान् बलवान्।
84977 शक्तिशाली वि. शक्ति वा सामर्थ्यले युक्त, शक्तिमान्।
84978 शक्तिसम्पन्न वि. शक्तिले भरपुर बलियो र आँटी।
84979 शङ्कर ना. शिव, महादेव।
84980 शङ्कर ना. वि. २. आनन्द वा समृद्धि दिने,कल्याण गर्ने, मङ्गलमय (उदा. शङ्कर सहाय छन् ता भयङ्करको के डर? उखान )।
84981 शङ्कराचार्य ना. इस्वीको आठौं शताब्दीका प्रसिद्ध आचार्य तथा अद्वैतवादका प्रवर्तक दार्शनिक सन्न्यासी।
84982 शङ्का ना. केही अनिष्ट होला कि भन्ने डर आशङ्का सन्देह।
84983 शङ्का ना. (उदा. शङ्काले लङ्का पिर्छ - उखान )।
84984 शङ्का ना. २. सङ्कल्पविकल्प,द्विविधा धरमर, दोधार।
84985 शङ्काजनक वि. शङ्का पैदा गर्ने, संशयमा पार्ने।
84986 शङ्कालु वि. शङ्का गर्ने स्वभावको, मनमा शङ्का लिइरहने।
84987 शङ्कास्पद वि. शङ्का गर्ने स्वभावको , मनमा शङ्का गर्न सकिने स्थितिको, सन्देहास्पद।
84988 शङ्कित वि. शङ्का गरिएको, शङ्कास्पद।
84989 शङ्की वि. शङ्का गर्ने स्वभावको, डराउने (प्रायः उपसर्ग लाग्दा वा समासको अन्तमा प्रयुक्त हुने, जस्तै- आशङ्की, विशङ्की, अनिष्टशङ्की, पापशङ्की इ.)।
84990 शङ्कु ना. तिखो घोच्ने हतियार (बाण, भाला आदि)।
84991 शङ्कु ना. २. भित्तातिर गाडिने किलो, खुटी, मेख आदि वस्तु।
84992 शङ्कु ना. ३ घडीको श केन्द्रमा रहने सुइरो।
84993 शङ्कु ना. ४. पातको डाँठ वा भेटनु।
84994 शङ्कु ना. ५. प्राचीन कालमा प्रचलित बाह्र अङ्गुलको नाप।
84995 शङ्कु ना. ६. किना सिङ हुने एक जातको मृग।
84996 शङ्ख ना. समुद्रमा पाइने घुँगी जातका किराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो, त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन बजाइने र अचेल कुनै माङ्गलिक कार्य वा पूजाआजामा दोहोरो र बाहुनक्षेत्रीका मलाममा एकोहोरो बजाइने बाजा।
84997 शङ्ख ना. २. औंलाका टुप्पामा हुने एकातिर बगेर गएजस्तो आकृतिको रेखात्मक चिनु।
84998 शङ्ख ना. ३. सय पद्मको सङ्ख्या वा गणना।
84999 शङ्ख ना. ४. कुबेरका नौ निधिमध्ये एक।
85000 शङ्ख ना. ५. विष्णुद्वारा मारिएको एक राक्षस, शंखासुर।