Dictionary

All Word

84901 व्यूह ना. ३. लडाइँमा सैनिकहरूलाई विशेष किसिमले क्रम मिलाएर राख्ने तरिका, सैन्यविन्यास।
84902 व्यूह ना. ४. विशेष खालको तर्कवितर्क।
84903 व्यूहनिर्माण ना. व्यूहरचना।
84904 व्यूहभङ्ग ना. युद्धमा सेनाको व्यूह तोड्ने वा भत्काउने काम।
84905 व्यूहभङ्ग ना. २. सेनाको डफ्फालाई तितरबितर पार्ने काम।
84906 व्यूहरचना ना. लडाइँको मैदानमा शत्रुसँग भिड्दा आफ्नो पक्षको सुरक्षाका निम्ति सेनालाई विशेष क्रममा मिलाएर राख्ने काम, फौजी नाकाबन्दी, व्यूहनिर्माण।
84907 व्योम ना. आकाश, नभ , गगन।
84908 व्योमचारी वि. आकाशमा विचरण गर्ने, आकाशमा उड्ने, आकाशचारी ना. २. देवता, ३. पक्षी।
84909 व्योममण्डल ना. झन्डा, पताका।
84910 व्योममण्डल ना. २. आकाश।
84911 व्योमयान ना. आकाशमार्गमा उड्ने यान, विमान, हवाईजहाज, चिलगाडी।
84912 व्रज ना. मथुरा र वृन्दावनको नजिकको एक क्षेत्र, मथुराको उत्तरतिरको एक क्षेत्र।
84913 व्रज ना. २. मार्ग।
84914 व्रज ना. ३. समूह।
84915 व्रजभाषा ना. मथुराको आसपासका क्षेत्रमा बोलिने एक स्थानीय भाषा, रीतिकालीन हिन्दी साहित्यका रचनाको प्रमुख माध्यम बनेको भाषा।
84916 व्रजवधू ना. व्रजवासी स्त्रीहरू, गोपिनीहरू, गोपिका।
84917 व्रजेश ना. कृष्ण।
84918 व्रत ना. शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि।
84919 व्रत ना. २. देवादिको आराधना, पूजाआजाका साथ वा पूजा आदि नगरीकनै निराहार वा फलाहार गरी बस्ने काम।
84920 व्रत ना. ३. नियतकालका वास्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन।
84921 व्रतचर्या ना. धार्मिक अनुष्ठान, व्रत बस्ने काम।
84922 व्रतपारायण ना. व्रतका अन्तमा गरिने जल, प्रसाद आदिको भोजन, व्रतान्त भोजन।
84923 व्रतपारायण ना. २ व्रतको समाप्तिका अवसरमा व्रतमा भएको कमी वा त्रुटि पूरा गर्न गरिने धार्मिक कार्य।
84924 व्रतपारायण ना. ३. व्रतको समाप्ति ,साङ्गे।
84925 व्रतबन्ध ना. ब्राह्मण, क्षत्रिय, वैश्यका षोडश संस्कारमध्ये एक,उपनयनसंस्कार।
84926 व्रती वि. व्रत बस्ने, बर्तालु।
84927 व्रात्य ना. समय वा उमेरअनुसार गर्नुपर्ने यज्ञोपवीत आदि संस्कार नगरेको व्यक्ति, पतित व्यक्ति।
84928 व्रीडा ना. लाज, लज्जा, सरम।
84929 व्रीडा ना. २. असजिलोपन।
84930 देवनागरी वर्णमालाको तिसौं व्यञ्जनवर्ण नेपालीमा 'स' बाट व्यतिरेक नभएको, संस्कृत व्याकरणअनुसार तालव्य तर स्तरीय नेपाली उच्चारणअनुसार तालु-दन्तमूलीय, अघोष, अल्पप्राण, ऊष्म, वर्ण लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, तालव्य श, मोटो श।
84931 शक ना. आदिम थलो कृष्णसागर छेउछाउमा भएको तथा ग्रिक सिथियनसँग मिल्दोजुल्दो मानिने एक प्राचीन आर्यजाति।
84932 शक ना. २. एक प्राचीन राजाको नाम, शालिवाहन।
84933 शक ना. ३. शक संवत्।
84934 शकट ना. गोरु, राँगा आदिले तान्ने चक्कावाल गाडा वा यान।
84935 शकट ना. २. दुई हजार पल वा तीन मन बराबर हुने, प्राचीन समयका जोखाइको परिमाण अथवा मान।
84936 शकटिका ना. सानो शकट वा गाडा।
84937 शकर ना. सखर।
84938 शकरकन्द ना. सखरखण्ड।
84939 शकरपाला ना. सखरपाला।
84940 शकल ना. बोक्रो, वल्कल।
84941 शकल ना. २. टुक्रो, खण्ड।
84942 शकसंवत् ना. इस्वी सन्भन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैंतिस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध एक संवत्।
84943 शकाब्द ना. शक संवत्को वर्ष।
84944 शकार ना. उष्म वर्णको प्रथम अक्षर।
84945 शकुन ना. कुनै कामको थालनीमा झल्किने वा देखिने शुभ वा अशुभ लक्षण।
84946 शकुन ना. २. कुनै माङ्गलिक कार्यका निम्तिको साइत मुहूर्।
84947 शकुन ना. ३. सगुन।
84948 शकुनशास्त्र ना. शकुन र त्यसको शुभ वा अशुभ फल बताउने शास्त्र,शकुनौती।
84949 शकुनि ना. चरो, पक्षी (खास गरी कुखुरो, चिल, गिद्ध, बाज आदि)।
84950 शकुनि ना. २. धृतराष्ट्रकी पत्नी गान्धारीको भाइ र दुर्योधनको मामा महाभारतको एक दुष्ट पात्र।