Dictionary

All Word

84701 व्यवधायक वि. २. कुनै कामकुरामा छेकथुन गर्ने।
84702 व्यवसाय ना. जीविकाका लागि गरिने कुनै पनि कार्य जीवननिर्वाहको साधन, वृत्ति, पेसा, रोजगार, इलम २. काम।
84703 व्यवसाय ना. ३. प्रयास, उद्यम।
84704 व्यवसाय ना. ४. व्यापार।
84705 व्यवसाय ना. ५. विभिन्न हतियार, उपकरण, सामान आदि बनाउने काम वा उद्योग।
84706 व्यवसाय प्रशिक्षण ना. कुनै व्यवसाय वा पेसामा दक्षता हासिल गर्न दिइने तालिम, कुनै व्यवसायसँग सम्बद्ध प्रशिक्षण।
84707 व्यवसाय सङ्घ ना. उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासित सम्बन्धित व्यक्ति वा कर्मचारीहरूको हक, हितको सुरक्षा गर्न बनेको सङ्घ वा संस्था।
84708 व्यवसायी वि. उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासँग सम्बन्धित कुनै व्यवसायमा लागेको।
84709 व्यवस्था ना. जस्तो हुनुपर्ने हो ठिक त्यस्तै अवस्था राम्रो हालत इन्तजाम प्रबन्ध २ रीतिस्थिति, चालचलन।
84710 व्यवस्था ना. ३. शास्त्र वा ऐनकानुनद्वारा स्थिर गरिएको नियम वा विधान।
84711 व्यवस्था ना. ४. वस्तुहरू यथाक्रम मिलाएर राख्ने काम।
84712 व्यवस्था ना. ५. कुनै कामका निम्तिको चल्दोमिल्दो उपाय बाटो।
84713 व्यवस्थाता ना. प्रबन्धक, व्यवस्थापक।
84714 व्यवस्थापक ना. कुनै कामकुराको व्यवस्था मिलाउने वा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने व्यक्ति, प्रबन्धक।
84715 व्यवस्थापक ना. वि. २. कुनै वस्तु वा मालसामान आदि ठिकसँग मिलाएर यथास्थान राख्ने।
84716 व्यवस्थापक ना. ३. कुनै कुरा वा समस्यामा शास्त्रीय वा कानुनसम्बन्धी सल्लाह दिने।
84717 व्यवस्थापक ना. ४. कुनै विषयवस्तुको शास्त्रीय विधान, दस्ताबेज।
84718 व्यवस्थापन ना. कुनै कामकुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम, तरतर्जुमा।
84719 व्यवस्थापन ना. २. कुनै वस्तु, मालसामान आदिलाई यथास्थान र यथाक्रम राख्ने काम।
84720 व्यवस्थापन ना. 3. कुनै कुरो वा समस्याको टुङ्गो लगाउने काम निर्धारण, निर्णय; निश्चय।
84721 व्यवस्थापन ना. ४. कुनै विषयमा नियमकानुन बनाउने काम वा विधि।
84722 व्यवस्थापनीय वि. व्यवस्थापन गर्न उचित व्यवस्था गर्नुपर्ने, व्यवस्थाप्य।
84723 व्यवस्थापिका ना. कुनै सङ्घ, संस्था वा सरकारको नीतिनियम बनाउने वा सामान्य कार्यनीति निर्धारित गर्ने सभा वा सदन सरकारका तीन प्रमुख अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये एक विधायिका।
84724 व्यवस्थापिका सभा ना. आवश्यकताअनुसार पुराना ऐनकानुनको संशोधन गर्ने र नयाँ कानुन बनाउने तथा सरकारको सामान्य कार्यनीति निर्धारण गर्ने, जनप्रतिनिधिहरूको सभा, प्रतिनिधिसभा, विधायिका सभा संसद्।
84725 व्यवस्थापित वि. व्यवस्था मिलाइएको, प्रबन्ध गरिएको, नियम र विधिपूर्वक राखिएको वा राख्न लगाइएको।
84726 व्यवस्थाप्य वि. व्यवस्था मिलाउनुपर्ने, व्यवस्था मिलाउन सकिने, व्यवस्था मिलाउन योग्य।
84727 व्यवस्थामुखी वि. व्यवस्थातर्फ झुकेको।
84728 व्यवस्थामुखी वि. २. व्यवस्थालाई सहयोग पुर्‍याउने।
84729 व्यवस्थावादी वि. व्यवस्थाका पक्षमा बोल्ने, व्यवस्थालाई मन पराउने।
84730 व्यवस्थित वि. व्यवस्था मिलेको, यथास्थान र यथाक्रममा रहेको, सुव्यवस्थि।
84731 व्यवस्थितता ना. व्यवस्थित हुनाको भाव वा स्थिति, व्यवस्थिति।
84732 व्यवस्थिति ना. व्यवस्थितता।
84733 व्यवहार ना. पारिवारिक वा सामाजिक जीवनमा एउटा व्यक्तिले अरूसित गर्ने आचरण।
84734 व्यवहार ना. २. चालचलन।
84735 व्यवहार ना. 3. लेनदेन।
84736 व्यवहार ना. ४. रीतिस्थिति।
84737 व्यवहार ना. ५. चलनचाँजो।
84738 व्यवहार ना. ५. कामकाज।
84739 व्यवहार ना. ७. मुद्दामामिला।
84740 व्यवहारक वि. व्यवहार गर्ने, व्यवहारी।
84741 व्यवहारक वि. २. लेनदेन आदि गर्ने, व्यापारी।
84742 व्यवहारत: क्रि.वि. व्यवहार मिल्ने गरी, व्यवहारसित फाटो नहुने पारेर।
84743 व्यवहारवाद ना. व्यावहारिक पक्षमा बढी जोड दिने एक दार्शनिक विचारधारा २ नागरिकहरूको व्यवहारसित सम्बन्धित मुद्दामामिला।
84744 व्यवहार विधि ना. विशेष कामका लागि स्थापित सङ्घसंस्था र तिनको सञ्चालन आदिका विषयसित सम्बन्धित नियमकानुन आदिको स्पष्ट र सिलसिला मिलाई गरिएको सङ्ग्रह।
84745 व्यवहार विधि ना. २. कामको वा काममा उपयोग गर्ने तरिका वा काइदा।
84746 व्यवहार विधि ना. ३. विभिन्न कामकुराको व्यवहार मिलाउन उल्लेख गरिएको शास्त्र, धर्मशास्त्र, विधिशास्त्र।
84747 व्यवहारिक वि. हे. व्यावहारिक।
84748 व्यवहारी वि. व्यवहारमा लागेको व्यवहारमा भिजेको।
84749 व्यवहारी वि. २. व्यवहार गर्न जान्ने, व्यवहारमा निपुण।
84750 व्यवहारी वि. ३. व्यवहारमा आउने, काम लाग्ने।