Dictionary

All Word

84801 व्याघात ना. ७. खण्डन।
84802 व्याघातक वि. बिगार्ने वा नास्ने काम, चौपट पार्ने, व्यघात गर्ने।
84803 व्याघाती वि. व्याघात गर्ने, व्याघातक।
84804 व्याघाती वि. २. बाधकी।
84805 व्याघ्र ना. बाघ।
84806 व्याघ्रचर्म ना. बाघको छाला, बघम्बर।
84807 व्याघ्रनख ना. बाघको नङ ,नङ्ग्रा।
84808 व्याघ्रनख ना. २. बाघको नङ्ग्राको आकारको हातमा लगाएर शत्रु वा रिस उठेको मानिसलाई चिथोर्ने एक हतियार।
84809 व्याघ्री ना. बघिनी।
84810 व्याज ना. झुक्याउने काम, छल, कपट, धोका।
84811 व्याज ना. २. वास्तविक नभएर देखावटी कारण, निहुँ, बहाना।
84812 व्याजनिन्दा ना. सरसरती हेर्दा प्रशंसा गरेजस्तो देखिने तर वास्तवमा निन्दा गरिएको हुँदा हुने एक अर्थालङ्कार, वाच्यार्थ स्तुति, व्यङ्ग्यार्थ निन्दा हुँदा हुने एक अर्थालङ्कार।
84813 व्याजस्तुति ना. सरसरती हेर्दा निन्दा गरिएको जस्तो देखिने तर वास्तवमा प्रशंसा गरिएको हुँदा हुने एक अर्थालङ्कार, वाच्यार्थ निन्दा व्यङ्ग्यार्थ स्तुति हुँदा हुने एक अर्थालङ्कार।
84814 व्याजोक्ति ना. वास्तविक आशय त्यस्तो नभएर देखावटी रूपमा मात्र भनिएको भनाइ।
84815 व्याजोक्ति ना. २. एकपल्ट मुखबाट फुस्किसकेको वा प्रकट भइसकेको कुरालाई ढाकछोप गर्ने अर्थ जनाउँदा हुने एक अर्थालङ्कार।
84816 व्यादान ना. मुख बाउने काम, मुख फट्टाउने काम।
84817 व्याधा ना. मासु खान वा मनोविनोद गर्न जङ्गली पशुपक्षीलाई मार्ने व्यक्ति, जङ्गली पशुपक्षीलाई मारेर जीविका चलाउने व्यक्ति, सिकारी।
84818 व्याधि ना. शारीरिक रोग, व्यथा।
84819 व्याधि ना. २. सङ्कट।
84820 व्याधि ना. ३. वेदना ४. साहित्यमा एक सञ्चारी भाव।
84821 व्याधि ना. ५. साहित्यमा पूर्वरागका दश दशामध्ये एक।
84822 व्याधित वि. रोगग्रस्त, व्याधिग्रस्।
84823 व्यान ना. पाँच वायुमध्ये शरीरभरि व्याप्त भएर रहने वायु।
84824 व्यापक वि. आफ्नो चारैतिर फैलिएको, सर्वत्र फिंजिएको।
84825 व्यापक वि. २. चारैतिर ढाकेर रहेको अत्यन्त ठुलो, विस्तृ।
84826 व्यापक वि. ३ चारैतिर प्रभाव पार्ने।
84827 व्यापकता ना. व्यापक हुनाको भाव, आफ्नो चारैतिर फैलने क्रिया, विस्तृति फैलावट।
84828 व्यापार ना. लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम, किन्नेबेच्ने काम, वाणिज्य, बेपार।
84829 व्यापार ना. २. व्यवसाय।
84830 व्यापार ना. ३. फलको इच्छाले वा त्यसै पनि कर्ताले गर्ने कुनै काम।
84831 व्यापार कर ना. व्यापार गर्दा बिक्री भएका वस्तुमाथि लाग्ने कर।
84832 व्यापार कर ना. २. व्यापारमा लाग्ने निर्धारित कर।
84833 व्यापार चिह्न ना. व्यापारीले अरूका मालदेखि भिन्न देखाउन आफ्ना मालमा लगाउने विशेष चिह्न, व्यापारचिह्न।
84834 व्यापार प्रवर्धन समिति ना. नेपालमा उत्पादित विभिन्न प्रकारका उपयोगी मालसामानहरूको विदेशीहरूसँग हुने व्यापारमा विविधीकरणका साथै उत्तरोत्तर वृद्धि गर्नगराउन गठन गरिएको समिति।
84835 व्यापार मण्डल / सङ्घ ना. आफ्नो हक, हितको संरक्षण र संवर्धन गर्न व्यापारीहरू मिलेर गठन गरिएको संस्था,व्यापारीहरूको प्रतिनिधि संस्था।
84836 व्यापार मण्डल / सङ्घ ना. २. व्यापार गर्नका निम्ति केही व्यक्तिहरू मिली संयुक्त रूपमा पुँजी लगाई बनाइएको सामूहिक रूप, व्यापार कम्पनी।
84837 व्यापारिक वि. व्यापारसम्बन्धी।
84838 व्यापारिक वि. २. व्यापार विषयको।
84839 व्यापारिक ऋण ना. व्यापार गर्ने उद्देश्यले लिइएको ऋण।
84840 व्यापारिक संस्था ना. व्यापारसंस्था।
84841 व्यापारी ना. व्यापार गर्ने व्यक्ति, बेपारी।
84842 व्यापी वि. व्याप्त हुने, सबैतिर फैलिने।
84843 व्यापी वि. ना. २. स्थान र कालबोधक नामवाची शब्दका पछिल्तिर जोडिएर त्यो स्थान र काललाई व्याप्त गरेर रहेको' भन्ने अर्थ बुझाई पूरै पद विशेषण बन्ने शब्द (जस्तै- विश्वव्यापी, युगव्यापी, सर्वव्यापी आदि)।
84844 व्याप्त वि. चारैतिर फैलिएको, जतासुकै फिंजिएको, ढाकिएको।
84845 व्याप्त वि. २. राम्ररी भरिएको, परिपूर्ण।
84846 व्याप्त वि. 3. चारैतिरबाट घेरिएको, बेरिएको।
84847 व्याप्त वि. ४. विशेष किसिमबाट प्राप्।
84848 व्याप्ति ना. व्याप्त हुनाको भाव वा अवस्था, व्याप्त भएर रहने काम, व्यापकता।
84849 व्याप्ति ना. २. न्यायशास्त्रअनुसार एक पदार्थ अर्को पदार्थमा पूर्ण रूपले मिल्ने काम।
84850 व्याप्ति ना. ३. परिपूर्णता।