Dictionary

All Word

84751 व्यवहारी वि. ४. मुद्दामामिला आदि गर्न सिपालु अड्डाअदालत बुझेको।
84752 व्यवहार्य वि. व्यवहारमा ल्याउन सकिने, व्यवहार गर्न योग्य।
84753 व्यवहृत वि. व्यवहारमा प्रयोग गरिएको, काममा ल्याइएको, प्रयोगमा आएको।
84754 व्यष्टि ना. आफूमा पूर्ण समष्टिको एक अंश।
84755 व्यष्टिमूलक वि. व्यष्टिका उद्देश्यले तयार गरिएको, व्यष्टिका उद्देश्यले बनेको ,व्यष्टिप्रधान।
84756 व्यसन ना. धूमपान, मादक पदार्थको सेवनजस्ता कुरामा लागेको ल।
84757 व्यसन ना. २. कुनै विषयप्रतिको अत्यधिक आसक्ति।
84758 व्यसन ना. ३. नराम्रो किसिमसित अस्तव्यस्त हुने क्रिया।
84759 व्यसन ना. ४. विपत्ति।
84760 व्यसन ना. ५. वियोग।
84761 व्यसनी वि. धूमपान, मादक पदार्थको सेवनजस्ता कुराको लतमा लागेको, अम्मली।
84762 व्यसनी वि. २. कुनै कामकुराप्रति बढी आसक्त भएको।
84763 व्यसनी वि. ३. कुनै काममा एकाग्रताका साथ लागेको, तल्लीन।
84764 व्यस्त वि. कुनै काममा एकाग्रतासाथ संलग्न रहेको,कामकाजले गर्दा बेफुर्सद रहेको।
84765 व्यस्तता ना. व्यस्त रहनाको भाव वा स्थिति, पूर्ण रूपको संलग्नता।
84766 व्यस्तता ना. २. कुनै कामले गर्दा हुने बेफुर्सदी।
84767 व्याकरण ना. कुनै भाषाका शब्द, शब्दका विभिन्न रूप, तिनको संरचनाविधि, वाक्य र त्यसका विभिन्न अङ्ग तथा तिनीहरूको पारस्परिक सम्बन्ध खुट्ट्याउनुका साथै शब्द, वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको निरूपण गर्ने शास्त्र शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र।
84768 व्याकरण ना. २. वेदका छ अङ्गमध्ये एक।
84769 व्याकरण ना. ३. व्याख्या।
84770 व्याकरणकार ना. व्याकरण बनाउने, व्याकरणका रचयिता, वैयाकरण।
84771 व्याकरणशास्त्र ना. व्याकरण।
84772 व्याकरणात्मक वि. व्याकरणका नियमानुसार हुने, व्याकरणमा आधारित (लिङ्गव्यवस्था, वाक्यगठन आदि)।
84773 व्याकरणी वि. व्याकरणशास्त्रको ज्ञाता, वैयाकरणी।
84774 व्याकुल वि. कुनै दुःख वा पिरले गर्दा मनमा शान्ति नभएको, विकल।
84775 व्याकुल वि. २. आत्तिएको, हडबडाएको।
84776 व्याकुलता ना. व्याकुल हुनाको भाव वा स्थिति, अत्यास, विकलता।
84777 व्याकुलित वि. व्याकुल भएको।
84778 व्याकुलित वि. २. आत्तिएको, हडबडाएको, मन अस्थिर भएको, व्यग्र।
84779 व्याख्या ना. अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण, टीका।
84780 व्याख्या ना. २. कुनै कुरा, घटना, दृश्य आदिको खुलस्त वर्णन, व्याख्यान।
84781 व्याख्याकार वि. अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट गरी टीका लेख्ने, टीकाकार।
84782 व्याख्याक्रम ना. कुनै जटिल पद, वाक्य, कविता आदिको व्याख्या गर्ने क्रम।
84783 व्याख्याता वि. व्याख्याकार।
84784 व्याख्यात्मक वि. व्याख्याले युक्त,व्याख्यासहितको।
84785 व्याख्यात्मक वि. २. व्याख्याको उद्देश्यले भएको वा तयार पारिएको।
84786 व्याख्यान ना. व्याख्या वा वर्णन गर्ने काम, भाषण, वक्तृता।
84787 व्याख्यान ना. २. व्याख्या।
84788 व्याख्यान पीठ ना. भाषण वा प्रवचन दिन बनाइएको अग्लो मञ्च, व्याख्यान दिन तयार पारिएको मञ्च।
84789 व्याख्यानमाला ना. लगातार एकपछि अर्को गरेर दिइने व्याख्यानको क्रम।
84790 व्याख्यान विधि ना. प्रवचन वा व्याख्यान दिने पद्धति।
84791 व्याख्यान शिरोमणि ना. व्याख्यान गर्नमा निपुण, श्रेष्ठ व्याख्याता।
84792 व्याख्येय वि. व्याख्या गर्नुपर्ने वा व्याख्या गर्न लायक।
84793 व्याख्येय वि. २. भाषण गर्न हुने वा गर्न योग्य।
84794 व्याख्येयता ना. व्याख्येय हुनाको भाव वा अवस्था, व्याख्या गर्न लायक स्थिति।
84795 व्याघात ना. ठुलो चोट, आघा।
84796 व्याघात ना. २. बाधा, विघ्न।
84797 व्याघात ना. ३. दुइटा कुरो वा भनाइमा रहेको पारस्परिक विरोध, कुरा बाझिएको स्थिति।
84798 व्याघात ना. ४. ज्योतिषका आयुष्मान् आदि योगमध्ये एक अशुभ योग।
84799 व्याघात ना. ५. कुनै उपायद्वारा सिद्ध गरिएको वस्तुलाई त्यसै उपायले विपरीत सिद्ध गर्दा हुने एक अर्थालङ्कार।
84800 व्याघात ना. ६. बिग्रने वा नासिने काम।