Dictionary

All Word

85051 शतरन्जा ना. हे. सतरन्जा।
85052 शतरन्जी ना. सतरन्जी।
85053 शतरुद्री ना. सय ब्राह्मणद्वारा एघार आवृत्तिका दरले एक दिनमा गरिने रुद्राभिषेक अनुष्ठान।
85054 शतवार्षिक वि. सय वर्षमा हुने, गरिने वा सकिने, सय वर्षको अवधि पूरा भएको।
85055 शतवार्षिकी वि. शतवार्षिक।
85056 शतवार्षिकी वि. २. सय वर्षमा हुने वा मनाइने (उत्सव, जस्तो मोतीराम शतवार्षिकी, पहलमानसिंह स्वाँर शतवार्षिकी आदि)।
85057 शतश: क्रि.वि. सयकडौं, सयौं।
85058 शतश: क्रि.वि. २. सयौं किसिमले।
85059 शतांश ना. एक भागको सय खण्डको एक खण्ड, सयौं भाग।
85060 शतांश ना. २. परम्पराअनुसार अर्जित धनको सय भागको एक भाग दान गर्नुपर्ने परिमाण।
85061 शतांशक ना. पुनरावृत्तिको सम्पूर्ण योगलाई बराबरी सय भागमा खण्डित पार्ने मान।
85062 शताङ्क ना. सयका आधारमा को कुन स्थानमा पर्छ भनी गरिने हिसाब।
85063 शताब्द ना. शताब्दी।
85064 शताब्दी ना. सय वर्षको समय वा अवधि, शतक, सदी।
85065 शतायु वि. सय वर्षसम्मको आयु भएको, धेरै वर्ष बाँच्ने।
85066 शतावधान ना. सयौं वा धेरै कामकुरा एकै पटक वा छिटोछिटो सोच्नसुन्न सक्ने शक्ति।
85067 शतावधान ना. वि. २. त्यस्तो शक्ति भएको (व्यक्ति)।
85068 शतावधानी वि. शतावधान।
85069 शतावरी ना. सुपका जस्ता पात अनि सेता फूल र राता गोल फल हुने, ठुलो र सानो दुई प्रकारको भेद भएको, स्वास्थ्यका निम्ति हितकर मानिने तथा तरकारी खाइने एक जातको लता, कुरिलो।
85070 शती ना. सयवटा वस्तु वा श्लोकको समूह (जस्तो- सप्तशती)।
85071 शती ना. २. शतक,शताब्दी।
85072 शत्रु ना. सत्तुर चर्को वैमनस्य वा विरोध भएको व्यक्ति अथवा पक्ष, दुस्मन, वैरी, रिपु।
85073 शत्रुता ना. वैरभाव, दुस्मनी।
85074 शनि ना. फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने एक ग्रह, नवग्रहमध्ये सातौं ग्र,ह शनैश्चर।
85075 शनि ना. २. साताको आखिरी दिन सन्सरबार।
85076 शनिदृष्टि ना. शनिश्चरको जस्तो अमङ्गल गर्ने दृष्टि, कुदृष्टि।
85077 शनिप्रदोष ना. शुक्लपक्षको त्रयोदशीका दिन शनिवार पर्दा व्रत बसेर गरिने शिवको सायङ्कालीन पूजा।
85078 शनिवार ना. साताको अन्तिम दिन वा वार।
85079 शनिवासर ना. शनिवार।
85080 शनिश्चर ना. शनि ग्रह।
85081 शनिश्चर ना. २. शनिवार।
85082 शनिश्चरे वि. अमङ्गल गर्ने, बिच्छुकी।
85083 शनिश्चरे वि. २. शनिश्चरको।
85084 शनै: क्रि.वि. बिस्तारै, सुस्तरी।
85085 शनैश्चर ना. शनिश्चर।
85086 शनैश्चर ना. वि. २. मन्द गतिले वा बिस्तारै हिँड्ने।
85087 शनैश्चरवार ना. शनिवार, सन्सरबार।
85088 शन्तनु ना. चन्द्रवंशी एक राजा तथा महाभारतप्रसिद्ध भीष्मका पिता।
85089 शपथ ना. कुनै कामकुरो हो होइन वा गर्ने नगर्ने भन्ने विषयमा बोलिने वचन, धर्मभकाइ, किरिया, प्रतिज्ञा।
85090 शपथ ना. २. संविधानअनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा।
85091 शपथ ग्रहण ना. संवैधानिक रूपमा तथा नियमपूर्वक कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमान्दार रही सेवा गर्न वचनबद्ध हुने तथा प्रतिज्ञा गर्ने काम।
85092 शपथपत्र ना. सम्बन्धित स्थानमा आफ्नो कुरा साँचो हो भनी प्रस्तुत गर्नका निम्ति शपथ गरिएका कुरा लेखिएको पत्र, प्रतिज्ञापत्र।
85093 शपथिका ना. शपथपत्र।
85094 शप्त वि. सराप दिइएको, सरापेको, शापि।
85095 शप्त वि. ना. २. सराप दिइएको व्यक्ति।
85096 शफर / शफरी ना. एक प्रकारको सानो टल्कने माछो, असला माछो।
85097 शबर ना. एक प्राचीन जङ्गली जाति, भिल्ल।
85098 शबरी ना. रामकी अनन्य भक्त एक भिल्लिनीको नाम।
85099 शबरी ना. २. भिल्लिनी।
85100 शबल वि. मिश्रित रङ भएको, रङ्गीबिरङ्गी, छिरबिरे।