Dictionary

All Word

85101 शब्द ना. अनुभूत विषयवस्तुलाई व्यक्त गरिने वर्णात्मक वा ध्वन्यात्मक ध्वनि, आवाज।
85102 शब्द ना. २. वर्ण वा वर्णसमूहबाट बनेको कुनै अर्थ बुझाउने ध्वनि, सार्थक पद, लबज।
85103 शब्दकोश ना. कुनै भाषाका शब्दहरूको वर्णक्रमअनुसार शब्द सङ्कलन गरी व्याकरणात्मक कोटि आदि खुलाएर उही वा अन्य भाषामा अर्थ, पर्याय, विशेषता आदि लेखिएको ग्रन्थ, अभिधान।
85104 शब्दकोष ना. शब्दकोश।
85105 शब्दचित्र ना. साहित्यमा कर्णमधुर वा चमत्कार उत्पन्न गर्ने शब्द प्रयोग हुने यमक, अनुप्रास आदि शब्दालङ्कार।
85106 शब्दचित्र ना. २. अक्षरहरूको रखाइद्वारा कुनै जीव वा वस्तुको वर्णनचित्र तयार पारिने साहित्यिक रचना (खड्ग, मुख आदि बन्ध)।
85107 शब्दचित्र ना. ३. प्रत्यक्ष देखे झैं गरी कुनै व्यक्ति, वस्तु वा घटनाको वर्णन गरिने साहित्यिक लेखन वा शैली।
85108 शब्दजाल ना. शब्दको थोपरथापर, शब्दाडम्बर।
85109 शब्दप्रमाण ना. कसैले भनेको वा लेखेको शब्दका आधारमा अडेको वा लिइएको प्रमाण।
85110 शब्दब्रह्म ना. शब्दमा निहित वा शब्दरूपमा विद्यमान ब्रह्म आत्मा वा परमात्मासम्बन्धी आध्यात्मिक ज्ञान।
85111 शब्दब्रह्म ना. (शब्द नै ब्रह्म हो, सृष्टि हो र त्यही नै ब्रह्मका रूपमा नित्य रहिरहन्छ भन्ने ब्रह्मवादीहरूको सिद्धान्त छ )।
85112 शब्दभेद ना. ध्वन्यात्मक, व्यक्तवर्णात्मक र अनुकरणात्मक रूपबाट हुने शब्दका तीन भेद।
85113 शब्दभेदी वि. नदेखिने वा अँध्यारो ठाउँबाट आएको शब्दका भरमा नै निसाना लगाउने (बाण वा व्यक्ति )।
85114 शब्दयोजना ना. कुनै वाक्य वा रचनामा उचित शब्द राख्ने वा प्रयोग गर्ने काम।
85115 शब्दयोजना ना. २. त्यसरी राखिएका शब्दहरूको क्रम।
85116 शब्दविद्या ना. शब्दको उत्पत्ति, रूप, संरचना, भेद आदिको ज्ञान गराउने विद्या,शब्दशास्त्र।
85117 शब्दवेधी वि. शब्दभेदी।
85118 शब्दश्लेष ना. दुई वा धेरै चमत्कारपूर्ण अर्थ दिने गरी कुनै ठाउँमा एउटै शब्द प्रयुक्त हुने काम।
85119 शब्दशास्त्र ना. शब्दविद्या, व्याकरण।
85120 शब्दशुद्धि ना. शब्दको शुद्धता।
85121 शब्दसाधन ना. शब्दहरूको व्युत्पत्ति, भेद, रूपान्तर आदि देखाइने व्याकरणको अङ्ग वा भाग।
85122 शब्दाक्षर ना. प्रणव, ॐ।
85123 शब्दाडम्बर ना. सामान्य कुरा प्रकट गर्दा पनि अप्रचलित तथा कठिन शब्द र लामालामा वाक्यहरू प्रयोग गरिने काम वा ढाँचा,शब्दजाल, एक प्रकारको उदात्तविरोधी तत्त्व।
85124 शब्दातीत वि. शब्दद्वारा भेट्न वा भन्न नसकिने,वर्णनाती।
85125 शब्दानुशासन ना. शब्दको शुद्धि, अर्थ, भेद आदिको ज्ञान गराउने शास्त्र, व्याकरण।
85126 शब्दान्वय ना. वाक्यमा प्रयुक्त शब्दका वचन, लिङ्ग, काल आदिको भेद छुट्ट्याउने र अन्य शब्दका साथ रहेको सम्बन्ध देखाउने काम।
85127 शब्दार्थ ना. शब्द र त्यसको अर्।
85128 शब्दार्थ ना. २. शब्दको प्रचलित तथा सामान्य अर्।
85129 शब्दार्थतत्त्व ना. शब्दार्थको मूल अभिप्राय वा लक्षण।
85130 शब्दार्थतात्त्विक वि. शब्दार्थतत्त्वसम्बन्धी।
85131 शब्दालङ्कार ना. साहित्यमा शब्दालङ्कार र अर्थालङ्कार दुई भेदमध्ये एक, शब्द वा वर्णनको चमत्कारको प्रधानता भएको र त्यसैबाट माधुर्य उत्पन्न हुने अलङ्कार (यमका, अनुप्रास आदि)।
85132 शब्दावली ना. कुनै भाषा वा बोलीमा प्रयुक्त हुने खासखास विषय वा कार्यसित सम्बन्धित शब्दहरूको सूची।
85133 शब्दावली ना. २. कुनै वाक्यरचना आदिमा प्रयोग भएका शब्दहरूको प्रकार तथा क्रम।
85134 शब्दाश्रित वि. शब्दमा आश्रित हुने वा अडने।
85135 शब्दाश्रित निपात ना. कुनै शब्दमा आश्रित भएर मात्र प्रयुक्त र अर्थवान् हुने निपात (त, न, नि, नै, पो आदि)।
85136 शम ना. मानसिक स्थिरता वा आनन्द, शान्ति।
85137 शम ना. २. मन शान्त पार्ने काम, इन्द्रिय तथा अन्तःकरणको संयम।
85138 शम ना. ३. शान्तरसको स्थायी भाव।
85139 शम ना. ४. माफ दिने काम, क्षमा।
85140 शमता ना. शम हुनाको भाव, गुण वा धर्म।
85141 शमन ना. कुनै बाधा, विकार, उपध्रो आदिलाई शान्त पार्ने काम, शान्ति।
85142 शमन ना. २. यमराज।
85143 शमन ना. ३. कुनै कुराको अन्त्य, समाप्ति।
85144 शमनी ना. रात, रात्रि।
85145 शमनीय वि. शमन गर्न सकिने, शमन हुने।
85146 शमशेर ना. हे. समसेर।
85147 शमित वि. शमन गरिएको वा भएको शान्।
85148 शमित वि. २. दबाइएको, दमि।
85149 शमी ना. टुप्पो तिखो नभएका चिल्ला हरिया पात हुने, विवाह आदि कार्यमा तथा यज्ञका निम्ति हाँगाबिंगा अरणी बनाएर आगो निकाल्न प्रयोग गरिने एक जातको रुख वा त्यसैको काठ।
85150 शम्पा ना. ओखलमा हिर्काउँदा आगो निकाल्ने भाँडो (यसो गर्दा राक्षसहरू भाग्छन् भन्ने किंवदन्ती छ)।