Dictionary

All Word

85151 शम्पा ना. २. बिजुली।
85152 शम्बल ना. बाटोखर्च, सामल।
85153 शम्बल ना. २. समुद्री किनार, तट।
85154 शम्बल ना. ३. जल्ने काम, डाह, ईर्ष्या।
85155 शम्बूक ना. घुँगी किरो।
85156 शम्बूक ना. २. शङ्ख।
85157 शम्बूक ना. ३. आफ्ना जातिका निम्ति वर्जित साधना गरेको कारणमा रामद्वारा मारिएको, रामायणको एक शूद्र तपस्वी।
85158 शम्बूक ना. ३. हात्तीको सुँडको अगिल्लो भाग।
85159 शम्भु ना. शिवजी, महादेव।
85160 शम्भु ना. २. सिद्ध पुरुष।
85161 शयन ना. सुत्ने काम, पल्टाइ, लेटाइ।
85162 शयन ना. २. सुत्ने साधन (खाट, पलड, ओछ्यान, गुन्टा आदि)।
85163 शयनकक्ष ना. सुत्ने ठाउँ वा कोठा, शयनागार।
85164 शयनगृह ना. सुत्ने घर, शयनागार।
85165 शयनथैलो ना. भित्रपट्टि शरीर घुसाई सुत्ने खोलका आकारको बिछ्यौना ( स्लिपिङ ब्याग )।
85166 शयनागार ना. शयनगृह, शयनकक्ष।
85167 शय्या ना. सुत्ने तथा ओछ्‌याउने साधन ( ओछ्यान, खाट, पलङ आदि)।
85168 शय्यादान ना. मरेका एघारौं दिनमा वा पुराण आदि मङ्गलकार्यको साङ्गे हुने दिनमा ब्राह्मण वा पुरोहितलाई दिइने वस्त्र, भाँडाकुँडा, बिछ्यौना र खाद्य वस्तुसहितको दान।
85169 शर ना. बाण, कलम आदि बनाउन उपयोग हुने निगालो, मालिङ्गो आदिको डाँठ।
85170 शर ना. २. बाण, काँड, तीर आदि।
85171 शर ना. ३. ती बेरिने पोरा लाइएको मधानीको सोठो।
85172 शर ना. ४. निगालाका टुप्पामा तिखो सुइरो वा लिसो हालेर चरा समाउने वा मार्ने अङ्कुसे।
85173 शरच्चन्द्र ना. शरत्कालमा देखिने स्वच्छ चन्द्रमा।
85174 शरच्चन्द्र ना. (उदा.- शरच्चन्द्रको रमणीय रातमा झरना अझ सुन्दर देखिन्छ )।
85175 शरच्चन्द्रिका ना. शरत्कालमा लाग्ने सफा जून, शरद ऋतुमा देखिने चन्द्रमाको स्वच्छ किरण।
85176 शरण ना. कठिन वा दुःखद अवस्थामा कसैबाट रक्षित हुने तथा कसैको आधार लिन पाउने काम, आड लिएर गरिने रक्षा, आश्रय (उदा.- मेरो आज शरण् पच्यो भनि दया आयो उ काग्मा पनि। भानुभक्तीय रामायण। शरणको मरण गर्नुहुँदैन। - उखान )।
85177 शरण ना. २. कसैको पछाडि लाग्ने काम, पिछा, आत्मसमर्पण।
85178 शरणागत वि. शरणमा आएको, शरणमा परेको (उदा.- शरणागतको रक्षा गर, प्रभु!)।
85179 शरणागति ना. शरण पर्ने काम।
85180 शरणार्थी वि. शरण चाहने वा माग्ने, आश्रयको इच्छा गर्ने।
85181 शरणार्थी वि. ना. २. परिस्थितिवश आफ्नो जन्मभूमि वा देश छाडेर अर्को ठाउँ वा देशमा गई आश्रय लिने अथवा बसोबास गर्न चाहने व्यक्ति।
85182 शरणार्थी बस्ती ना. शरणार्थीहरू आएर नयाँ आवादी वा घरजम गरी बसेको ठाउँ।
85183 शरणार्थी शिविर ना. शरणार्थीहरूको अस्थायी बसोबास भएको स्थान।
85184 शरण्य वि. आश्रय दिनुपर्ने, शरण दिन योग्य।
85185 शरण्य वि. २. शरणमा लिने, रक्षक।
85186 शरत् ना. शरद्।
85187 शरत्काल ना. शरद ऋतुको समय।
85188 शरद् ना. छ ऋतुमध्ये चौथो ऋतु ,वर्षापछिको ऋतु ,असोज र कात्तिक महिनामा पर्ने ऋतु।
85189 शरपुङ्खा ना. टुप्पातर्फ मसिना फराक पात हुने, प्याजी रङका फूल फुल्ने एक जातको बोट र त्यसैको लामोलामो कोसो वा फल।
85190 शरभ ना. हिमालमा हुने सिंहभन्दा पनि बलियो मानिएको, धेरै माथि उफ्रन सक्ने, पुराणप्रसिद्ध आठखुट्टे पशु।
85191 शरम ना. हे. सरम।
85192 शराव ना. प्रायः कुनै पदार्थ खान वा पिउन प्रयोग गरिने माटाको भाँडो, माटाको पाला।
85193 शरासन ना. धनु, कमान।
85194 शरासन ना. २. बाण राख्ने ठोक्रो।
85195 शरीर ना. हाड, मासु, रगत आदिले युक्त प्राणीका सम्पूर्ण अङ्गको समूह, देह, तन, जिउ, काय।
85196 शरीर ना. २. कुनै पनि वस्तुका सबै अङ्गले युक्त पार्थिव रूप।
85197 शरीरधारी वि. शरीर धारण गर्ने, देहधारी।
85198 शरीररक्षक ना. हे. अङ्गरक्षक, बडीगार्ड।
85199 शरीरविज्ञान ना. शरीरका अङ्गहरूको बनोट तथा तिनका कार्यकलापको विवेचना गरिएको विज्ञान, शरीरशास्त्र।
85200 शरीरशास्त्र ना. शरीरविज्ञान।