Dictionary

All Word

85251 शशिधर ना. चन्द्रमा २. शिव।
85252 शशिप्रभा ना. चन्द्रको किरण,ज्योत्स्ना।
85253 शशिमण्डल ना. चन्द्रमाको मण्डल वा घेरा, चन्द्रमण्डल।
85254 शशिमुख ना. चन्द्रमाजस्तो सुन्दर अनुहार भएको वा साह्रै राम्रो व्यक्ति।
85255 शशिमुखी ना. त्यस्तो अनुहार भएकी राम्री स्त्री।
85256 शशिवदना वि. चन्द्रमाजस्तो उज्यालो मुख भएकी, शशिमुखी।
85257 शशिवदना वि. ना. २. हरेक चरणमा नगण र यगण हुने एक वार्णिक छन्द।
85258 शशिशेखर ना. शिव, महादेव।
85259 शशी ना. चन्द्रमा, इन्दु।
85260 शष्प ना. भर्खरै उम्रेको घाँस, कलिलो तृण।
85261 शष्प ना. २. गुप्तेन्द्रियमा उम्रिएका रौं।
85262 शस्त्र ना. हातमा लिएर नै काट्ने मार्ने आदिकाम गरिने हतियार (खुकुरी, तरबार, खुँडा आदि)।
85263 शस्त्रगृह ना. शस्त्रागार, सिलखाना।
85264 शस्त्रचिकित्सा ना. शल्यचिकित्सा।
85265 शस्त्रजीवी ना. हातहतियार चलाउने काम गरेर जीविका गर्ने व्यक्ति, सैनिक।
85266 शस्त्रजीवी ना. वि. २. शस्त्र चलाएर जीविका गर्ने।
85267 शस्त्रधारी वि. हतियार लिएर वा भिरेर हिँड्ने, शस्त्र लिएको।
85268 शस्त्रधारी वि. ना. २. सैनिक, योद्धा।
85269 शस्त्रन्यास ना. कुनै हतियार हातमा नलिने प्रतिज्ञा वा व्रत, शस्त्रको त्याग।
85270 शस्त्रविद्या ना. शस्त्र वा हातहतियार चलाउने विद्या, धनुर्विधा।
85271 शस्त्रागार ना. हातहतियार राख्ने ठाउँ वा घर, शस्त्रगृह, सिलखाना।
85272 शस्त्रास्त्र ना. हातैमा लिएर हिकाईने खुकुरी, तरबार आदि र फ्याँकेर प्रहार गरिने बाण, भाला, बन्दुक आदि हतियार, शस्त्र र अस्त्र।
85273 शस्त्री वि. शस्त्रले सुसज्जित हतियार भिरेको, शस्त्रधारी।
85274 शस्त्रीकरण ना. कुनै राष्ट्र वा राष्ट्रका गुटहरूले सम्पूर्ण शक्ति शस्त्रास्त्रमा निर्भर गराउने काम।
85275 शस्य ना. भर्खर उम्रेको वा कलिलो घाँस।
85276 शस्य ना. २. खेतीपातीको उपज, बाली, अन्न. धान्य।
85277 शस्य ना. वि. ३. सह्राउनुपर्ने, प्रशंसनीय।
85278 शहर ना. हे. सहर।
85279 शहीद ना. हे. सहिद।
85280 शाक ना. तरकारी खाइने हरियो पात, डाँठ आदि साग।
85281 शाक ना. २. राम्रो काठ हुने एक जातको रुख।
85282 शाकद्वीप ना. पुराणमा वर्णित प्रसिद्ध सात द्वीपमध्ये एक।
85283 शाकाहार ना. सागपात, फलफूल, दुधदही, अन्न आदि मात्रको खवाइ, माछामासु आदि नभएको भोजन।
85284 शाकाहारी वि. सागपात, फलफूल, दुधदही आदि सात्त्विक भोजन मात्र गर्ने, माछामासु आदि नखाने।
85285 शाकिनी ना. शाक वा सागपातको खेती वा सो खेती गर्ने जमिन।
85286 शाकिनी ना. २. पिशाचिनी वा देवी ठानिने, दुर्गाकी एक सेविका।
85287 शाकिनी ना. ३. डाइनी, बोक्सी।
85288 शाकुनिक वि. चराचुरुङ्गी मार्ने वा समातेर बेच्ने पेसा भएको (व्यक्ति)।
85289 शाकुनिक वि. २. शकुन वा ग्रहगतिको शुभाशुभ फल बताउने (व्यक्ति)।
85290 शाकुन्तल वि. शकुन्तलासम्बन्धी, शकुन्तलाको।
85291 शाकुन्तल वि. ना. २. शकुन्तलाका गर्भबाट उत्पन्न भएका राजा भर।
85292 शाकुन्तल वि. ३. शकुन्तला र दुष्यन्तसम्बन्धी कथा भएको यसै नाउँको काव्यकृति (संस्कृतमा कालिदासद्वारा रचित 'अभिज्ञानशाकुन्तल' नाटक, नेपालीमा देवकोटाद्वारा रचित 'शाकुन्तल महाकाव्य आदि )।
85293 शाके वि. शकसम्बन्धी शकको, शालिवाहनको।
85294 शाके वि. ना. २. शकसंवत्।
85295 शाक्त वि. तान्त्रिक विधिअनुसार प्रायः दिव्य शक्तिका स्त्रीमूर्ति काली, दुर्गा आदिको शक्तिको उपासना गर्ने, शक्तिपूजक, (शक्तिहरूका पवित्र अर्थात् दक्षिणाचार र अपवित्र अर्थात् वामाचार दुई किसिमका अनुष्ठानविधि हुन्छन्)।
85296 शाक्त वि. २. शक्तिसम्बन्धी, दैवी शक्तिको।
85297 शाक्त वि. ना. ३. काली, दुर्गा आदि दैवी शक्तिको उपासना गर्ने व्यक्ति शक्तिको उपासक, वाममार्गी।
85298 शाक्तागम ना. दैवी शक्तिसम्बन्धी कुरा लेखिएको शास्त्र तन्त्रशास्त्र।
85299 शाक्य ना. शक्तिशाली तथा सभ्य रूपमा रहेको र पश्चिम नेपाल, पहाड, मदेस सबैतिर फिँजारिएको एक प्राचीन क्षत्रिय जाति, गौतम बुद्धको कुल वा वंश २. गौतम बुद्ध।
85300 शाक्य ना. ३. बौद्ध धर्मावलम्बी नेवार जातिको एक वर्ग, बाँडा।