Dictionary

All Word

85301 शाक्य भिक्षु / भिक्षुक ना. बौद्ध सन्न्यासी।
85302 शाक्य भिक्षु / भिक्षुक ना. २. बौद्ध धर्म मान्ने एक वर्ग बाँडा।
85303 शाखा ना. मूल फेदबाट माथि गएर फाटेको रुखको सानो अङ्ग, हाँगो।
85304 शाखा ना. २. कुनै पनि मूल भाग वा वस्तुबाट निस्केको अङ्ग वा अवयव विभाग ३ कुनै सं, कार्यालय आदिअन्तर्गतको सुबिस्ताका निम्ति टाढा रहेको सङ्गठन वा अङ्ग।
85305 शाखा ना. ४. वेदका संहिताको पाठ तथा क्रमभेद।
85306 शाखा ना. ५. कुनै दर्शनशास्त्र आदिको अर्को भेद, सम्प्रदाय।
85307 शाखा ना. ६. कुनै विषय वा सिद्धान्तसित सम्बद्ध एकै विचार वा मूलका मानिसहरूको वर्ग वा समूह।
85308 शाखा ना. ७. छोरापट्टिको वंशावली तथा छोरापट्टिका सन्तानको लहरो।
85309 शाखा अधिकृत ना. राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारी, शाखाको प्रमुख।
85310 शाखा प्रशाखा ना. ठुलो शाखा र सानो शाखा, शाखाको पनि शाखा।
85311 शाखा प्रशाखा ना. २. पहिले निस्केका अङ्गको पनि सानोतिनो अङ्ग वा उपाङ्ग, हाँगाबिंगा।
85312 शाखामार्ग ना. मूल मार्गबाट छुट्टिएर गएको वा मूल मार्ग आई जोडिने अर्को मार्ग सानो वा छड्के बाटो।
85313 शाखामृग ना. शाखावानर।
85314 शाखावानर ना. रुखका हाँगामा झुन्डिएर निर्वाह गर्ने, पुच्छर नभएको वानर, शाखावानरानुगणभित्र पर्ने वानर।
85315 शाखावानरानुगण ना. रुखका हाँगामा झुन्डिएर बस्ने एक प्रकारको वानरको सामूहिक नाम शाखावानर र त्यससित मिल्ने जातको वानरको समूह।
85316 शाखा व्यवसाय ना. मूल व्यवसायबाहेकको अर्को सानो व्यवसाय वा काम।
85317 शाखी वि. शाखा भएको, हाँगा भएको।
85318 शाखी वि. २. शाखासित सम्बन्ध राख्ने (वेदको )।
85319 शाखी वि. ना. ३. रुख।
85320 शाखोच्चार / शाखोच्चारण ना. विवाहका समयमा सम्बन्धित पुरोहितहरूले वरवधूका वंशको नाम, गोत्र, प्रवर आदि भन्ने काम।
85321 शाङ्कर वि. शङ्करसम्बन्धी, शङ्करको।
85322 शाङ्कर वि. २. शङ्कराचार्यले बनाएको, शङ्कराचार्यसम्बन्धी।
85323 शाट ना. कपडाको टुक्रो।
85324 शाट ना. २. कमरमा बाँधेर पहिरिने वस्त्र (धोती आदि)।
85325 शाटी ना. सारी फरिया, गुनिउँ।
85326 शाठ्य ना. शठ हुनाको भाव वा अवस्था, शठता, स्वाँठ चाल,छट्टेलपन।
85327 शाण ना. हतियार उध्याउने ढुङ्गाको चक्का, सान।
85328 शाणित वि. साँध लगाइएको, धार निकालिएको।
85329 शाण्डिल्य ना. भक्तिशास्त्रका निर्माता तथा गोत्रप्रवर्तक, एक ऋषि।
85330 शाण्डिल्य गोत्र ना. शाण्डिल्य ऋषिको नामले चलेको उनको कुल वा वंशवृक्ष, काफ्ले, महत आदि थर हुनेहरूको गोत्र।
85331 शान ना. हतियार उध्याउने ढुङ्गो, शाण, सान, साँध।
85332 शान ना. हे. सान।
85333 शान्त वि. कुनै प्रकारको रिसराग, द्वेष, दुःख आदि मनोविकार नभएको, शिष्ट र सौम्य प्रकृतिको शान्तियुक्त, सुशील र विनम्र २ गति वा वेग नभएको, निश्चल।
85334 शान्त वि. ३. कुनै उपध्रो , विघ्नबाधा, हल्ला आदि नभएको निःशब्द मौन।
85335 शान्त वि. ४. मानिस आदि नभएको, सुनसान, निर्जन।
85336 शान्त वि. ५. शमन भएको निभेको।
85337 शान्त वि. ६. प्राणपखेरु उडेको, मरेको, मृ।
85338 शान्त वि. ७ प्रसन्न वा सन्तुष्ट पारिएको, धैर्य भएको।
85339 शान्तमना वि. शान्त मन भएको, नतात्ने वा नआत्तिने स्वभावको।
85340 शान्तरस ना. काव्यका नवरसमध्ये सांसारिक दुःख, निस्सारता आदिको ज्ञान वा परमात्माको स्वरूप आलम्बन र वैराग्य स्थायी भाव भएको एक रस।
85341 शान्ता ना. ऋष्यशृङ्ग मुनिसँग विवाह भएकी, राजा दशरथकी पुत्री तथा लोमपाद ऋषिकी धर्मपुत्री।
85342 शान्ति ना. सुखदुःख, हर्षविस्मात् रिसद्वेष आदि मनोभावनाले नबिथोलिएको मानसिक स्थिति शान्त वा स्थिर अवस्था।
85343 शान्ति ना. २. विद्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था।
85344 शान्ति ना. ३. भोकतिर्खा, श्रमताप, घामपानी आदिको शमन।
85345 शान्ति ना. ४. ग्रहहरूको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति गर्ने कुनै माङ्गलिक कार्य।
85346 शान्ति ना. ५. मनमा कुनै दुःखपिर आदि नहुने बाधारहित अवस्था, आराम, चैन ६ सांसारिक विषयभोगप्रतिको विरक्ति वा उदासीनता।
85347 शान्ति ना. ७. सहने काम, धैर्य, सान्त्वना।
85348 शान्तिक वि. शान्ति गर्ने वा शान्ति दिने, शान्तिकर।
85349 शान्तिक वि. २. शान्तिसम्बन्धी।
85350 शान्तिक वि. ना ३. शान्तिकर्म, शान्तिस्वस्ति।