Dictionary

All Word

86401 श्लील वि. लाजभाँड नभएको, शिष्ट।
86402 श्लील वि. २. समाजको कल्याण गर्ने।
86403 श्लेष ना. मिल्ने वा जोरिने काम, संयोग।
86404 श्लेषोक्ति ना. श्लेषयुक्त कथन, रिलष्टोक्ति।
86405 श्लेष्मान्तक ना. लप्सीको रुख।
86406 श्लेष्मान्तक ना. २. पशुपतिका वनको वरिपरिको जङ्गल।
86407 श्लोक ना. पद्यमा रचित वा कथित वाक्य, सिलोक, पद्य।
86408 श्लोक ना. २. प्रशंसा, स्तुति।
86409 श्लोकबद्ध वि. श्लोक वा पद्यमा लेखिएको, छन्दोबद्ध।
86410 श्ववृत्ति ना. मालिकको इसारामा नाच्ने र उसको दयामा बाँच्ने कुकुरको जस्तो वृत्ति, आत्मगौरवलाई तिलाञ्जलि दिई अरूको निगाह वा अधीनमा रहने काम।
86411 श्वान ना. कुकुर।
86412 श्वास ना. नाक वा मुखद्वारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु सास।
86413 श्वास ना. २. लामो वा छिटो रूपमा फेरिने सास, सुस्केरा।
86414 श्वास ना. 3. दमको रोगी, धम्की।
86415 श्वास ना. ४. ज्यान, प्राण।
86416 श्वासकाश ना. दम र खोकीको रोग।
86417 श्वासनली ना. बाहिरबाट शुद्ध सास लिने र मित्रबाट दूषित सास फ्याँक्ने गरी फोक्सोतिर सास ओहोरदोहोर गर्ने नली।
86418 श्वासप्रश्वास ना. नाकबाट भित्र तानिने तथा बाहिर छोडिने सास, श्वास र निश्वास।
86419 श्वेत वि. सेतो।
86420 श्वेत वि. ना. २. सेतो रङ्ग।
86421 श्वेतकुष्ठ ना. पाण्डुरोग।
86422 श्वेतनीति ना. गोरा जातिको प्रधानता भएको कुनै देशको सरकारले अँगालेको अन्य देशका काला जातिका मानिसलाई नागरिक भएररहन नदिने नीति वा सिद्धान्।
86423 श्वेतपत्र ना. आधुनिक राजनीतिका अनुसार कुनै महत्त्वपूर्ण चर्चा, वार्ता आदि प्रायः सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्ति।
86424 श्वेतपत्र ना. २. सरकारले जनतालाई राष्ट्रिय सरोकारका विषयमा अवगत गराउन जारी गरिने विज्ञप्ति।
86425 श्वेतप्रदर ना. जननेन्द्रियबाट पानी बग्ने, स्त्रीहरूको एक प्रकारको रोग।
86426 श्वेतवाराह ना. ब्रह्माका आयुको पहिलो दिन मानिएको एक कल्प।
86427 श्वेतवाराह ना. २. सेतो बनेल।
86428 श्वेताङ्ग ना. सेतो शरीर हुने प्राणी, गोरा जाति।
86429 श्वेताङ्ग ना. २. हाँस।
86430 श्वेताम्बर ना. जैन धर्ममा सेतो वस्त्र पहिरिने एक सम्प्रदाय।
86431 श्वेताम्बर ना. २. सेतो वस्त्र लाउने सन्न्यासी।
86432 देवनागरी वर्णमालाको एकतिसौँ व्यञ्जन; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; मूर्धन्य ष; पेट फाऱ्यो ष।
86433 षट् ना. १. 'छ' को सङ्ख्या वा अङ्क।
86434 षट् ना. वि. २. छवटा।
86435 षट्कर्ण वि. भन्ने र सुन्नेबाहेक तेस्रो व्यक्तिले पनि सुनेको; छवटा कानमा परेको (कुरो)।
86436 षट्कर्म ना. १. स्वधर्ममा रहनेका निम्ति ब्राह्मणले गर्नुपर्ने छवटा काम (पढ्नु, पढाउनु, दान दिनु, दान लिनु, यज्ञ गर्नु र यज्ञ गराउनु)।
86437 षट्कर्म ना. २. मानिसले गर्नुपर्ने छवटा कर्म (स्नान, पूजा, तर्पण, होम, जप र सन्ध्या)।
86438 षट्कर्म ना. ३. योगीहरूका छवटा कर्म (धौती, वस्ती, नेती, त्राटक, नौली र कपालभाती )।
86439 षट्कर्म ना. ४. तान्त्रिकहरूका छ वटा कर्म (मारण, उच्चाटन, स्तम्भन, वशीकरण, विद्वेष र शान्ति)।
86440 षट्कर्मा वि. षट्कर्म गर्ने (ब्राह्मण, तान्त्रिक, योगी वा गृहस्थ )।
86441 षट्कोण वि. १. छ कुना परेको; छ कुने।
86442 षट्कोण वि. ना. २. सरस्वतीको प्रतीक छ कुने यन्त्रविशेष।
86443 षट्चक्र ना. हठयोगका अनुसार मानिसका शरीरमा रहने छवटा चक्र (मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्ध र आज्ञा)।
86444 षट्दर्शन ना. हिन्दुका तत्त्वज्ञानसम्बन्धी छ दर्शन वा शास्त्र (साङ्ख्य, योग, न्याय, वैशेषिक, पूर्वमीमांसा र उत्तरमीमांसा)।
86445 षट्पद वि. १. छ खुट्टे (प्राणी)।
86446 षट्पद वि. ना. २. भ्रमर।
86447 षट्पदी ना. छवटा चरण वा पाउ हुने छन्द।
86448 षट्शास्त्र ना. वेदका छवटा अङ्ग; षडङ्ग।
86449 षडङ्ग ना. १. वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष- यी छवटा प्रमुख अङ्ग वा शाखा।
86450 षडङ्ग ना. २. राजनीतिका सन्धि, विग्रह, ढुकाइ, आक्रमण, तटस्थता र शरण - यी छवटा मुख्य चाल।