Dictionary

All Word

86351 श्रुतिबिम्ब ना. सुनेका ध्वनिबारे श्रोताको धारणा बन्नुभन्दा पहिलेको बिम्ब वा चित्र।
86352 श्रुत्यनुप्रास ना. एउटै स्थानबाट उच्चारण हुने वर्णको बारबार प्रयोग हुँदा पर्ने एक शब्दालङ्कार (उदा.- मर्‍यो ताल्चा लाल्चा उपर पर निन्दा पर सर्‍यो / निराशाले आशा उपर अति खासा घर गर्‍यो।-लेखनाथ पौडेल)।
86353 श्रुव ना. यज्ञमा घिउ होमिने लामो चम्चाका छाँटको काठको साधन, सुरो।
86354 श्रुव ना. २. यज्ञ, होम।
86355 श्रेणि ना. हे. श्रेणी।
86356 श्रेणी ना. कुनै वस्तुको शृङ्खला वा क्रम पङ्क्ति, लहर, ताँती (जस्तो पर्वतश्रेणी, हिमश्रेणी आदि)।
86357 श्रेणी ना. २. गुण, तह आदिका दृष्टिले गरिएको विभाजन, वर्ग, कक्षा (जस्तो- मध्यम श्रेणी, सातौं श्रेणी आदि।)।
86358 श्रेणीकरण ना. श्रेणी वा क्रम मिलाउने काम, वर्गीकरण।
86359 श्रेणीकृत वि. श्रेणी वा क्रम मिलाएर राखिएको वर्गीकृ।
86360 श्रेणीबद्ध ना. श्रेणी वा पङ्क्ति मिलेको ताँती लागेको।
86361 श्रेणीमूलक वि. श्रेणी वा पेसा मूल रूपमा रहेको।
86362 श्रेणीमूलक समाजवाद ना. क्रान्तिमा विश्वास नगरी शान्तिपूर्ण उपाय अँगालेर उद्योगको प्रबन्ध र सञ्चालनमा बढी अधिकार गर्ने, सामूहिक ठेक्का लिने र मजदुरहरूबाट स्वयं उद्योगको स्थापना गर्दै पुँजी र उत्पादनका साधन साझा पार्न प्रयास गर्ने विचार वा सिद्धान्।
86363 श्रेय वि. अपेक्षाकृत असल, बढी बेस।
86364 श्रेय वि. २ मङ्गल गर्ने, हितकारक।
86365 श्रेय वि. ना. ३. कुनै पनि उपयुक्त वा अनुकूल स्थिति, कल्याण, मङ्गल, भलो।
86366 श्रेय वि. ४. कुनै कामको शुभ परिणाम, सुखद कीर्ति।
86367 श्रेयस्कर वि. श्रेय वा कल्याण गर्ने हितकारी, मङ्गलमय।
86368 श्रेष्ठ वि. सबैभन्दा असल, उत्तम, बढिया मुख्य।
86369 श्रेष्ठ वि. २. उमेरमा जेठो, वयोवृद्ध, गण्यमान्य।
86370 श्रेष्ठ वि. ना. ३. नेवार जातिको एउटा वर्ग वा थर।
86371 श्रेष्ठतर वि. अझ श्रेष्ठ, बढी उत्तम।
86372 श्रेष्ठतम वि. सबैभन्दा श्रेष्ठ, सबैभन्दा उत्तम।
86373 श्रेष्ठता ना. श्रेष्ठ हुने गुण वा स्थिति, श्रेष्ठत्व, उम्दापन।
86374 श्रेष्ठताभास ना. आफैँलाई श्रेष्ठ वा उत्तम ठान्ने मनोभाव, अहम्मन्यता।
86375 श्रेष्ठी ना. धनाढ्य व्यक्ति, महाजन, सेठ।
86376 श्रोत ना. कर्ण, कान।
86377 श्रोत ना. २. शरीरबाट मल बाहिर जाने इन्द्रिय।
86378 श्रोत ना. ३. पानीको वेग, स्रो।
86379 श्रोत ना. ४. हात्तीको सुँड।
86380 श्रोतव्य वि. सुन्न लायक, सुन्नुपर्ने।
86381 श्रोता वि. कथा, उपदेश, व्याख्यान आदि श्रवण गर्ने वा सुन्ने, अरूले बोलेको कुरा सुन्ने ना. २. श्रवण गर्ने वा सुन्ने व्यक्ति।
86382 श्रोतागण ना. कथा, पुराण, उपदेश, भाषण, व्याख्यान आदि सुन्नेहरूको समूह, श्रोतृगण।
86383 श्रोतामुखी वि. श्रोतापट्टि वा श्रोताको रुचिमा ध्यान दिने।
86384 श्रोतृ ना. श्रोता।
86385 श्रोतृगण ना. श्रोतागण।
86386 श्रोत्र ना. सुन्ने इन्द्रिय, कान।
86387 श्रोत्र ना. २. वेद।
86388 श्रोत्रिय वि. वेदको ज्ञाता, वेदमा प्रवीण।
86389 श्रोत्रिय वि. ना. २. वेद पढ्ने व्यक्ति, वेद जान्ने ब्राह्मण।
86390 श्रौत वि. कानसम्बन्धी ,कानको।
86391 श्रौत वि. २. श्रुतिसम्बन्धी, वेदअनुसारको।
86392 श्रौत वि. ३. वेदसम्मत, वेदोक्।
86393 श्रौतकर्म ना. वेदले बताएअनुसारको काम वैदिक कार्य।
86394 श्रौतसूत्र ना. आश्वलायन, साङ्ख्यायन, कात्यायन आदि नामले अभिहित तथा वेदमा आधारित सूत्रग्रन्थहरूको सङ्ग्रह।
86395 श्लाघनीय वि. सह्राउन लायक, प्रशंसनीय।
86396 श्लाघा ना. सह्राउने काम, गुणगान, प्रशंसा।
86397 श्लाघ्य वि. सह्रनी गर्न लायक, प्रशंसनीय।
86398 श्लिष्ट वि. टाँसिएको, जोडिएको वा मिलेको, आलिङ्गि।
86399 श्लिष्ट वि. २. श्लेषयुक्त, दुई वा अनेक अर्थ लाग्ने (शब्द)।
86400 श्लिष्टोक्ति ना. दुई वा अनेक अर्थ लाग्ने भनाइ।