Dictionary

All Word

86301 श्रीबन्दी ना. शिरबन्दी।
86302 श्रीबिन्दु ना. शिरबिन्दु।
86303 श्रीमती ना. श्रीमान्को स्त्रीलिङ्गी रूप, विवाहिता स्त्रीहरूका नामको अगाडि लगाइने आदरवाची शब्द (जस्तै- श्रीमती इन्दिरा, श्रीमती कल्पना, श्रीमती उषा शर्मा इ.)।
86304 श्रीमद्भागवत ना. मूल रूपमा श्रीकृष्णको चरित्र वर्णन गरिएको व्यासलिखित प्रसिद्ध पुराणग्रन्थ, अठार महापुराणमध्ये एक।
86305 श्रीमन्त ना. श्रीमान्‌को बहुवचन, सर्वश्री।
86306 श्रीमहारक ना. लिच्छविकालमा राजाको निश्चित उत्तराधिकारी।
86307 श्रीमान् वि. शोभा वा ऐश्वर्यले युक्त भएको, सौभाग्यशाली।
86308 श्रीमान् वि. ना. २. पुरुषका नामको अगाडि लेखिने आदरसूचक शब्द।
86309 श्रीमान् वि. ३. न्यायाधीश वा अन्य ठुलाबडालाई सम्बोधन गर्ने शब्द।
86310 श्रीमान् वि. ४. पति,लोग्ने।
86311 श्रीमुख ना. तेजिलो वा उज्यालो मुख, शोभायुक्त अनुहार।
86312 श्रीमुख ना. २. मान्यजनको मुख।
86313 श्रीयन्त्र ना. तान्त्रिक विषयमा शिवतन्त्रसम्बन्धी एक यन्त्र।
86314 श्रीयन्त्र ना. २. विन्दु र त्रिचालीसवटा त्रिकोण जोल्टिएर बन्ने, आठ र सोह्र कमलदल, तीन वृत्त र तीन भूपुर हुने लक्ष्मीको तान्त्रिक जन्तर।
86315 श्रीयुक्त / श्रीयुत वि. शोभा वा सौन्दर्यले पूर्ण, गौरवशाली, धनवान्।
86316 श्रीयुक्त / श्रीयुत वि. ना. २. पुरुषजातिका नामको अगाडि लगाइने एक आदरसूचक शब्द।
86317 श्रीवत्स ना. पुराणअनुसार विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पादचिह्न।
86318 श्रीवत्स ना. २. पुरुषका छातीमा कमै पाइने दाहिनेबाट घुमेको रौंको चक्राकार चिह्न।
86319 श्रीवत्स ना. ३. पहिले काठमाडौं उपत्यकाका राजाहरूमा चलेको र बाकुपौमा लाग्दा पछिसम्म कानुनी मान्यता पाएको देखिने छाप।
86320 श्रीवत्स ना. हे. 'बाकुपौ' पनि।
86321 श्रीवल्ली ना. पानका जस्ता ठुलठुला, हरिया पात हुने र क्रमशः फैलिंदै जाने प्रसिद्ध लहरो ( मनीप्लान्ट )।
86322 श्रीवल्ली ना. ( यसको फेदमा पानी हाल्दा सरेर टुप्पाबाट झर्ने गर्छ। अचेल यो सुन्दरताका निम्ति र पैसा फलाउँछ भन्ने विश्वास वा लच्छिनका रूपमा कौंचा र गमलाहरूमा लगाई घरका वरिपरि, बरन्डा तथा ढोका र कोठामा समेत सजाइएको देखिन्छ)।
86323 श्रीवल्ली ना. २. पनेरको बोट।
86324 श्रीवृक्ष ना. पीपलको वृक्ष।
86325 श्रीवृक्ष ना. २. बेलको रुख।
86326 श्रीवृक्ष ना. ३. नरिवल।
86327 श्रीशैल ना. दक्षिण भारतमा पर्ने कृष्णा नदीको तटमा अवस्थित तथा मल्लिकार्जुनको ज्योतिर्लिङ्ग भएको पर्वत शिखर।
86328 श्रीसम्पत्ति ना. कसैको आफ्नो अधिकारभित्र रहेको सिरीखुरी सम्पत्ति, जायजेथा सर्वस्व लट्टीपट्टी।
86329 श्रीहर्ष ना. इ. बाह्रौं शताब्दीका संस्कृत साहित्यका प्रसिद्ध कवि तथा 'नैषध' महाकाव्यका रचयिता।
86330 श्रुत वि. ध्यान दिएर श्रवण गरिएको, सुनिएको।
86331 श्रुत वि. २. परापूर्वदेखि सुन्दै आएको, कहलिएको विख्या।
86332 श्रुत वि. ना. ३. सुन्ने विषय वा शास्त्र (वेद आदि)।
86333 श्रुतानुश्रुत वि. धेरै जनाबाट सुनिएको, बहुचर्चि।
86334 श्रुतानुश्रुत वि. ना. २. धेरैबाट सुनिएको कुरा, किंवदन्ती।
86335 श्रुति ना. सुन्ने इन्द्रिय, कान।
86336 श्रुति ना. २ सुन्ने काम वा कुरो, श्रवण।
86337 श्रुति ना. ३. वेद।
86338 श्रुति ना. ४. सङ्गीतमा स्वरभेद वा स्वरको अन्तराल।
86339 श्रुति ना. (सात मूल स्वरका प्राचीन आचार्यका मतानुसार बाइस र आधुनिक पद्धतिअनुसार अठार श्रुतिभेद मानिएका छन्)।
86340 श्रुतिकटु वि. सुन्दा नमिठो लाग्ने वा खट्कने, कर्णकटु (वचन, ध्वनि उच्चारण आदि)।
86341 श्रुतिकटु वि. ना. २. काव्य-रचनाको दोष मानिने यस्तै मधुरता नभएको ध्वनि वा नमिठो कुरो।
86342 श्रुतिगम्य / गोचर वि. कानले ग्रहण गर्न सकिने, सुन्न सकिने।
86343 श्रुतिगम्य / गोचर वि. २. सुनेको, श्रु।
86344 श्रुतिधर वि. सुनेका कुरा सम्झिरहने, सुनेको कुरो हेक्का गरिरहने शक्ति भएको।
86345 श्रुतिपरम्परा ना. सुनेका भरमा अर्थात् एक कान दुई कान हुँदै चल्दै आएको पुरानो कुरा, कर्णपरम्परा।
86346 श्रुतिप्रमाण ना. वेदविहित प्रमाण, वेदका विधिले स्वीकृति दिएको कुरो।
86347 श्रुतिमण्डल ना. कानको बाहिरपट्टिको अवयव।
86348 श्रुतिमधुर वि. सुनिरहूँ जस्तो वा कानलाई मिठो र प्यारो लाग्ने कर्णमधुर।
86349 श्रुतिलेख ना. अरूले बोलेका कुरा सुन्दै जस्ताको तस्तै लेखिने लेख।
86350 श्रुतिलेखन ना. सुनेर लेख्ने काम वा विधि।