Dictionary

All Word

86251 श्रान्ति ना. थकाइ मेट्नका लागि गरिने विश्राम, बिसाइ।
86252 श्रान्ति ना. २. परिश्रम, मेहन।
86253 श्रान्ति ना. ३. थकाइ, थकान, ग्लानि।
86254 श्राप ना. शाप, सराप।
86255 श्रावक ना. बौद्ध भिक्षु वा सन्।
86256 श्रावक ना. २. जैन मतका अनुयायी सन्न्यासी।
86257 श्रावक ना. वि. ३. श्रवण गर्ने सुन्ने, श्रोता।
86258 श्रावण ना. नेपाली वर्षको चौथो महिनाको नाम, असार र भदौका बिचमा पर्ने महिना।
86259 श्रावण ना. २. श्रवणेन्द्रियसम्बन्धी ज्ञान।
86260 श्रावणी ना. श्रावण महिनाको पूर्णिमा।
86261 श्रावणी ना. २. यज्ञोपवीत धारण गरिने वार्षिक पर्वदिन, जनैपूर्णिमा, रक्षाबन्धन।
86262 श्रावणेर वि. भिक्षु हुनुभन्दा पूर्वको नयाँ बौद्ध सन्न्यासी।
86263 श्राव्य वि. श्रवण गराउन उचित, सुन्न वा सुनाउन लायक।
86264 श्राव्य वि. २. प्रस्ट सुनिने।
86265 श्राव्य वि. ३. सूचनीय।
86266 श्री ना. विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिका शक्ति वा पूर्णताद्वारा झल्कने शोभा, कान्ति, दीप्ति।
86267 श्री ना. २. छेलोखेलो धनसम्पत्ति, ऐश्वर्य।
86268 श्री ना. ३. धनकी प्रतीक लक्ष्मी ४. विद्या तथा गुणकी प्रतीक सरस्वती।
86269 श्री ना. ५. कुनै महिमा वा गौरवको चिह्न, यश।
86270 श्री ना. ६. सजावट, सिंगार।
86271 श्री ना. ७. औडव जातिअन्तर्गत पर्ने, शास्त्रानुसार सूर्यास्तपछि र विशेषतः हेमन्त ऋतुमा गाइने एक रागको नाम।
86272 श्री ना. ८. एउटा गुरुवर्णबाट एक पाउ बन्ने उक्ता जातका छन्दको एक भेद (जस्तो आ। खा। जा )।
86273 श्री ना. ९. पुरुषका नाम अगाडि लगाइने शुभ तथा आदरसूचक शब्द ( जस्तो- श्री कोमलप्रसाद, श्री वसन्तविक्रम इ.)।
86274 श्रीकान्त ना. विष्णु।
86275 श्रीकृष्ण ना. वासुदेव।
86276 श्रीखण्ड ना. बेलका जस्ता पात हुने, नीला गुच्छादार फूल फुल्ने र चुरो अति सुगन्धी हुने चन्दनको रुख वा काठ।
86277 श्रीखण्ड ना. (यसका सेतो, पहेँलो, रातो आदि भेद छन्। सेतो श्रीखण्ड औधी उत्तम मानिन्छ)।
86278 श्रीखण्ड ना. २. त्यसैको काठ घोटेको चन्दन।
86279 श्रीगणेश ना. कामको थालनी, आरम्भ।
86280 श्रीगणेश ना. २. अम्बिकापुत्र विनायक, गणेश।
86281 श्रीगदित ना. अठार उपरूपकमध्ये एक तथा उदात्त नायकनायिकाको वर्णन गरिने, गर्भ र विमर्शसन्धि भएको दृश्यकाव्य ( एकाङ्की)।
86282 श्रीगाई ना. घरपाला गाईसँग जड्गली साँढे लागेर जन्मेको गाई।
86283 श्रीचन्दन ना. श्रीखण्ड।
86284 श्रीताड ना. प्राचीन समयमा पुस्तक लेख्न पात उपयोग गरिने एक जातको ताड, त्यही नामको ताडपत्र।
86285 श्रीतिलक ना. रामफटाका।
86286 श्रीधर ना. विष्णु।
86287 श्रीनिवास ना. विष्णु।
86288 श्रीपति ना. लक्ष्मीका पति।
86289 श्रीपति ना. २. राजा नृपति।
86290 श्रीपद ना. देवता वा पूज्य व्यक्तिको चरणचिह्न, पादुका।
86291 श्रीपद ना. २. वन्दनीय पाउ।
86292 श्रीपञ्चमी ना. माघ शुक्ल पञ्चमी, वसन्तपञ्चमी।
86293 श्रीपाँच (५) ना. नेपालका राजा वा उनको परिवारका नामअगाडि जोड्ने गरिएको सम्मानसूचक उपाधि।
86294 श्रीपाँच (५) ना. २. राजा।
86295 श्रीपाँच (५) ना. ३. २०६३ सालभन्दा पहिले नेपालका।
86296 श्रीपाँच (५) को सरकार ना. वि.सं. २०६३ भन्दा पहिले राजाका नामबाट चलेका कार्यकारी शक्तिको प्रयोग गर्ने, नेपालको शासन- व्यवस्था वा सरकार।
86297 श्रीपाद ना. लिच्छविकालमा राजाको पर्यायका रूपमा 'सरकार' अर्थ बुझाउने शब्द।
86298 श्रीपेच ना. राजमुकुट, शिरपेच।
86299 श्रीफल ना. बेल, बिल्व।
86300 श्रीफल ना. २. नरिवल।