Dictionary

All Word

87051 सक्कल वि. हे. सकल।
87052 सक्कली वि. सकली।
87053 सक्के क्रि.वि. सम्भावना भए; सम्भव हुँदा; भरिको पूरक (जस्तो- भरिसक्के)।
87054 सक्खर ना. सखर।
87055 सक्खरखण्ड ना. सखरखण्ड।
87056 सक्खरसाला ना. सखरसाला।
87057 सक्खे वि. हुन सक्ने; सकले भ्याएसम्म; सम्भव।
87058 सक्खे वि. ना. २. सक्नेसम्मको क्षमता; सामर्थ्य; शक्ति।
87059 सक्तु ना. सातु; सतुवा।
87060 सक्तो वि. शक्तिले खामेजति; बलबुद्धिले पुगेजति।
87061 सक्तो वि. (उदा.- तपाईं नआत्तिनुहोस्, म सक्तो प्रयास गर्छु )।
87062 सक्नुको वि. छुन, सहन वा सँभाल्न सकिने; कम्तीको; (उदा.- त्यो मान्छे देख्न मात्रै सुधो हो, सक्नुको छ र !)।
87063 सक्रिय वि. लगनका साथ काम गर्ने वा काममा दत्तचित्त भएको; क्रियात्मक रूपमा लागिरहने; गतिशील।
87064 सक्रियता ना. सक्रिय हुनाको भाव वा स्थिति; गतिशीलता; फुर्तिलोपन।
87065 सक्रिय नेतृत्व ना. कुशल, गतिशील तथा प्रभावकारी रूपमा दिइने नेतृत्व।
87066 सक्रिय भूमिका ना. अभीष्ट कुरो सिद्ध गर्न वा कुनै कुरा पूर्ण गर्न विशेष रूपमा लागिपर्ने तथा सूत्रधार बन्ने कामको पृष्ठभूमि वा आधार।
87067 सक्रिय सदस्य ना. क्रियाशील सदस्य।
87068 सक्रिय सहायता ना. कुनै कामका निम्ति मुखले मात्र नभई तन-मन- धनले र विशेषतः शारीरिक परिश्रमले समेत गरिने सहायता।
87069 सक्रिय सेवा ना. सरकारी पद, सेना आदिमा रहेर वा राष्ट्रिय तथा सामाजिक क्षेत्रमा विशेष खटेर गरिने सेवा वा काम।
87070 सक्षम वि. काम गर्ने क्षमता भएको वा गर्नुपर्ने काम पार लाउन सक्ने; समर्थवान्।
87071 सक्षमता ना. सक्षम हुनाको भाव वा स्थिति।
87072 सक्षमता ना. २. कुनै प्रज्वलित वस्तुको प्रज्वलन शक्ति वा कुनै बलिया वस्तुका बलको क्षमता वा दृढता।
87073 सख ना. सहायता; सहयोग (दिव्य.)।
87074 सखर ना. उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदार्थ; गुड।
87075 सखरखण्ड ना. झन्डै पानका आकारका पात हुने, सेतो वा रातो फूल फुल्ने एक जातको लहरो र त्यसैको खैरो वा रातो गुलियो कन्द।
87076 सखरपाला / साला ना. सखर पकाएर पातलो पारी जमाइएको चारपाटे आकारको खानेकुरो।
87077 सखल्ल वि. खुलस्ते भएको कुरा मनमा नराखी बोल्ने; खुलस्त; स्पष्ट।
87078 सखल्ल वि. (उदा.- तिनको सखल्ल हुने बानी सबैलाई मन पर्छ )।
87079 सखा ना. साथी; मित्र; सँगी; सहचर।
87080 सखाप ना. जो भएका सबै वस्तुको बेमाख; केही अंश पनि बाँकी नराख्ने काम।
87081 सखार क्रि.वि. बिहान सबेरै; झिसमिसेमा।
87082 सखार क्रि.वि. ना. २. प्रातःकाल; झिसमिसे।
87083 सखार ना. सकार।
87084 सखारै क्रि.वि. बिहान छिटै; सखारमा; सबेरै।
87085 सखिया ना. सखी; सँगिनी।
87086 सखिया नाच ना. थारू जातिमा प्रचलित एक लोकनृत्य।
87087 सखी ना. स्त्रीसाथी; सँगिनी।
87088 सखी ना. २. सहगामिनी; सहेली।
87089 सखी ना. ३. मारुनी नाचमा गाइने दुई थरी गीतको अंश वा टुक्रा।
87090 सखीभाव ना. वैष्णव सम्प्रदायमा आफूलाई इष्टदेवताकी सखी वा प्रेमिका मानेर उपासना गर्ने भक्तिको एक प्रकार।
87091 सखीसम्प्रदाय ना. आफूलाई अर्को रूपमा नलिई प्रभुको सखी वा प्रेमिकाका रूपमा लिएर उपासना तथा सेवा गर्ने वैष्णव भक्तहरूको एक सम्प्रदाय।
87092 सखुवा ना. राम्रो काठ हुने सालको रुखविशेष।
87093 सख्त वि. सिकिस्त; साह्रै (बिरामी )।
87094 सख्त वि. २. कठोर; कडा।
87095 सख्त वि. ३. मजबुत; दृढ।
87096 सख्ती ना. सख्त हुने भाव वा अवस्था; कडापन; कडाइ; कठोरता।
87097 सख्य ना. सखाको भाव; मित्रता।
87098 सख्यभाव ना. उपास्य देवलाई आफ्ना साथी वा प्रेमी मान्ने र सम्झने भक्तिको एक भाव।
87099 सख्यभाव ना. २. आफूभन्दा ठुलो वा सानो व्यक्तिलाई त्यस रूपमा नलिई साथीका रूपमा लिने वा हेर्ने काम।
87100 सगण ना. छन्दशास्त्रका अनुसार क्रमशः दुई लघु र एक गुरुबाट बन्ने गण (IIs)।