Dictionary

All Word

87001 सकल ना. ३. कलाले सहि।
87002 सकल वि. कुनै कागत वा लेखोटको मूल प्रति; गुरुकापी; मूल कागतपत्र; सक्कल।
87003 सकल वि. (उदा.- सकलबमोजिम नकल ठिक दुरुस्त छ भनी सही गर्ने )।
87004 सकली वि. नकली नभएको।
87005 सकली वि. २. मिलावट, बिटुल्याइँ आदि नभएको; चोखो; शुद्ध।
87006 सकली वि. ३. असल; उम्दा।
87007 सकली ढाका ना. पहिले ढाका सहरमा तयार गरिएको, मलमलमा रङ्गिन धागाले फूल काढिएको असल कपडा।
87008 सकस ना. कुनै कामकुरामा हुने वा पाइने हैरानी; सासना; सास्ती।
87009 सकस ना. २. अप्ठेरो स्थिति वा दुःखी अवस्था; कठिनाइ; तकलिफ।
87010 सकसक ना. शरीरमा मसिना किरा हिँड्नाले हुने असजिलोपन।
87011 सकसक ना. २. क्रि.वि. २. केटाकेटी आदि चञ्चल भएर चलिरहे झैँ; छुकछुक; तरबर।
87012 सकसक ना. ३. कुनै कामकुरो गर्न मन तुलबुलाउने छाँट; खसखस।
87013 सकसकाइ ना. सकसकाउने भाव, क्रिया वा प्रक्रिया।
87014 सकसकाइनु अ.क्रि. सकसक चलिनु; चञ्चल होइनु।
87015 सकसकाउनु अ.क्रि. शरीरमा जुम्रा, उपियाँ, भुसुना, कमिलाजस्ता मसिना किरा हिँड्दा असजिलो अनुभव हुनु; सकसक गर्नु।
87016 सकसकाउनु अ.क्रि. २. मसिना केटाकेटी आदि चलिरहनु; छुकछुकाउनु।
87017 सकसकाउनु अ.क्रि. ३. चञ्चल हुनु।
87018 सकसकी ना. सकसक लाग्ने काम; सगसगी।
87019 सकसके वि. सकसक गर्ने; चलिरहने।
87020 सकाइ ना. सक्ने भाव, क्रिया वा प्रक्रिया।
87021 सकाइनु क.क्रि. सक्न लाइनु।
87022 सकाउनु प्रे. क्रि. सक्न लाउनु; सक्ने पार्नु।
87023 सकाम वि. केही पाउने चाहना भएको; कामनायुक्।
87024 सकाम वि. २. फलको आशा गर्ने।
87025 सकाम वि. ३. इच्छापूर्ण भएको; तृप्।
87026 सकाम वि. ४. वासनायुक्त; विषयी; कामनायुक्।
87027 सकार्नु स.क्रि. कुनै कामकुरो गर्न स्वीकार वा मन्जुर गर्नु; प्रस्ताव, सर्त आदि मान्नु।
87028 सकार्नु स.क्रि. २. कुनै काम आफ्नो जिम्मामा लिनु; अङभर गर्नु; सँभाल्नु।
87029 सकार ना. स' अक्षर; ऊष्मवर्णको तेस्रो अक्षर।
87030 सकार ना. कुनै काम वा कुराप्रतिको समर्थन; स्वीकार; मन्जुरी।
87031 सकार ना. २. कुनै कुरा पूरा गर्ने वचन; कबुल; प्रतिज्ञा।
87032 सकारनामा ना. कुनै कुरा स्वीकार वा कबुल गर्दा नियममुताबिक लेखिने कागत; मन्जुरनामा।
87033 सकाराइ ना. सकार्ने क्रिया वा प्रक्रिया।
87034 सकाराइनु क.क्रि. सकार्न लाइनु; सकार गराइनु।
87035 सकाराउनु प्रे. क्रि. सकार्न लाउनु; सकार गराउनु।
87036 सकारात्मक वि. कुनै पक्ष वा विचारको समर्थन वा अनुमोदन गर्ने; मन्जुरी जनाउने; स्वीकृतिसूचक।
87037 सकारात्मक वि. २. रचनात्मक; हुँदो।
87038 सकारात्मक वि. विप. नकारात्मक।
87039 सकारात्मकता ना. सकारात्मक हुनाको भाव, क्रिया वा अवस्था।
87040 सकारिनु क.क्रि. सकार गरिनु।
87041 सकारी वि. सकारको 'स' अक्षरसँग सम्बन्धि।
87042 सकारीभवन ना. कुनै व्यञ्जनध्वनि सकारमा परिणत हुने प्रक्रिया (जस्तो- भान्छा > भान्सा, पन्छनु > पन्सन आदि)।
87043 सकाल क्रि.वि. एकाबिहानै; सखार; सबेरै।
87044 सकाल क्रि.वि. ना. २. प्रातःकाल; झिसमिस।
87045 सकिनु क.क्रि. कुनै काम पूरा गरिनु; काम गर्ने सामर्थ्य प्राप्त गरिनु।
87046 सकुल्य वि. तीन पुस्तामाथिदेखि छ पुस्तासम्म पुगेको वा एउटै ताउलाको भात खानुबाट फुटेर एउटै घाटको पानी खाने भई बसेको बन्धुबान्धव।
87047 सकुल्य वि. २. एउटै कुल वा वंशको; मूल हाँगो एउटै भएको।
87048 सके संयो. सम्भावना जनाउने वा होला कि भनी अनुमान गरिने शब्द; सम्भवतः; सायद; सकभर।
87049 सके संयो. (उदा.- सके यो काम उनैले गरेका हुन्। तिमी जाँदै गर, सके म पनि आउनेछु। )।
87050 सकौनी ना. रोपाइँ सिद्ध्याएपछि खुसियालीको उपलक्ष्यमा गरिने उत्सव।