Dictionary

All Word

87101 सगबग ना. सर्प, गँड्यौला, जुकाजस्ता घस्रेर हिँड्ने प्राणी चलमलाउने चाल; हिँड्नेचल्ने काम; सगसग।
87102 सगबगाइ ना. सगबगाउने भाव, क्रिया वा प्रक्रिया; सगबगगराइ।
87103 सगबगाइनु अ.क्रि. सगबगाउने काम होइनु।
87104 सगबगाउनु अ.क्रि. सगबग गर्नु; चलमलाउनु।
87105 सगबगाउनु अ.क्रि. २. कुनै कामका निम्ति तम्सनु।
87106 सगबगाउँदो वि. सगबग गर्ने; चलमलाउँदो।
87107 सगबगाहट ना. सगबगाउने भाव, अवस्था वा प्रक्रिया।
87108 सगबगिनु अ.क्रि. सगबग होइनु।
87109 सगबगी ना. सगबग गर्ने काम; सगबग।
87110 सगर ना. पुराणकालीन प्रसिद्ध एक सूर्यवंशी राजाको नाम।
87111 सगर ना. वि. २. विष मिलेको; विषयुक्।
87112 सगर ना. आकाश; आस्मान।
87113 सगर ना. २. स्वर्ग (उदा.- सगरका तारा को गन्न सक्छ र !)।
87114 सगरबिट ना. क्षितिज।
87115 सगरमाथा ना. नेपालको सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लामा नाम्चेबजारको उत्तरमा पर्ने, ८,८४८ मिटर अग्लो, विश्वको प्रसिद्ध तथा सर्वोच्च हिमशिखर; झ्यामोलोङ्मा; एभरेस्ट।
87116 सगसग ना. सकसक।
87117 सगसगाइ ना. सगसगाउने भाव, क्रिया वा प्रक्रिया।
87118 सगसगाइनु अ.क्रि. सकसकाइनु।
87119 सगसगाउनु अ.क्रि. सकसकाउनु।
87120 सगसगी ना. सकसकी।
87121 सगसगे वि. सकसके।
87122 सगाइ ना. सगाउने भाव, क्रिया वा प्रक्रिया।
87123 सगाइनु क.क्रि. सघाउ गरिनु; सघाइनु।
87124 सगाउनु स.क्रि. सघाउ गर्नु; सघाउनु।
87125 सगुण वि. राम्रा वा असल गुणहरूले युक्त; सद्गुणी; गुणवान्।
87126 सगुण वि. २. साहित्यिक गुणले भरिएको।
87127 सगुण वि. (लेख, रचना आदि)।
87128 सगुण वि. ३. परिन्जो लागेको।
87129 सगुण वि. ना. ४. सत्त्व, रज र तमोगुणले युक्त ब्रह्म; साकार ब्रह्म।
87130 सगुन ना. कुनै काम थालिँदा झुल्किने वा देखिने शुभ वा अशुभसूचक लक्षण।
87131 सगुन ना. २. कुनै माङ्गलिक कार्यमा अपशकुन हटाउन र शुभ शकुन जनाउनका निम्ति दमाईं आदिलाई दिइने माङ्गलिक वस्तु।
87132 सगुनी वि. सगुनसम्बन्धी; सगुनको, सगुनयुक्।
87133 सगुने ना. धामीका शब्दमा घाउखटिराका देवता।
87134 सगोत्र वि. कुनै कुलमा वा एउटै पूर्वजबाट जन्मेको; एउटै वंश वा गोत्रको।
87135 सगोत्र वि. ना. २. एउटै गोत्र; समान गोत्र।
87136 सगोत्र वि. ३. आफ्नै कुल वा वंश; फुकी; स्वाँगेभाइ।
87137 सगोत्र व्यभिचार ना. आफ्नै वा एउटै गोत्रका केटा र केटीमा हुने अनैतिक यौन सम्बन्ध।
87138 सगोत्र विवाह ना. एउटै गोत्रकी कन्यासँग हुने बिहावारी।
87139 सगोत्री वि. एउटै गोत्रको; आफ्नै वंशको; सगोत्र।
87140 सगोत्रीय वि. सगोत्री।
87141 सगोल वि. नछुट्टिई एक खलक वा परिवारमा मिलेर बसेको; भिन्न नभएको; बन्डाफन्डा नभएको।
87142 सगोल वि. २. एउटै समूहमा रहेको वा धेरै जनाको हक लाग्ने; गोस्वारा; साझा।
87143 सग्राँती ना. महिनाको पहिलो दिन; एक गते; सङ्क्रान्ति।
87144 सग्राँती मसान्त ना. लाग्ने महिनाको पहिलो दिन र बित्ने महिनाको आखिरी दिन।
87145 सग्राँती मसान्त ना. (नेपाली समाजमा यी दुवै दिन घर छोड्न वा कसैलाई केही दिनु हुँदैन भनी बार्ने चलन छ)।
87146 सग्लाइ अ.क्रि. सग्लाउने क्रिया वा प्रक्रिया।
87147 सग्लाइनु अ.क्रि. सग्लाउने होइनु।
87148 सग्लाउनु अ.क्रि. हृष्टपुष्ट वा गतिलो हुनु; सप्रनु।
87149 सग्लिनु अ.क्रि. कुनै वस्तु सग्लो हुनु; सिङ्गो रहनु।
87150 सग्लो वि. सबै कला, भाग वा अवयवले पूर्ण भएको; टुटफुट नभएको; सिङ्गो।