Dictionary

All Word

87151 सग्लो वि. (उदा.- घर मात्र अग्लो भएर के गर्नु; भाँडाकुँडा चाहिँ एउटै सग्लो छैन)।
87152 सग्लो वि. स्त्री. सग्ली।
87153 सघन वि. बाक्लो वा घना ( वनजङ्गल आदि)।
87154 सघन वि. २. खँदिलो; ठोस।
87155 सघन वि. ३. साथै चलाउन वा चल्न सक्ने कुराले युक्।
87156 सघनखेती ना. धेरै परिश्रम र आवश्यक मलजल गरी सानो खेतमा पनि क्रम नटुटाई वा एक बाली फाँडिनासाथ अर्को बाली लाग्ने, तयार हुने किसिमले खेती गर्ने र प्रशस्त बाली उब्जाउने काम।
87157 सघाइ ना. सघाउने भाव, क्रिया वा प्रक्रिया; सहायता; सघाउ।
87158 सघाइनु क.क्रि. सघाउने काम गरिनु।
87159 सघाउ ना. सघाउने काम; सहयोग; मदत; गुहार।
87160 सघाउनी ना. सघाएको काम।
87161 सघाउनी ना. २. सघाएका निम्ति दिइने इनाम वा पुरस्कार।
87162 सघाउनु स.क्रि. अरूको कामकुराका सहायता गर्नु; सक्तो मदत गर्नु।
87163 सघाउनु स.क्रि. २. साथ दिनु; गुहार दिनु।
87164 सघाउपघाउ ना. हारगुहार; आडभरोस; सहायता।
87165 सघावट ना. सघाउने काम; सघाओट; सघाउ।
87166 सघो ना. सघाउ।
87167 सघोट ना. सघावट; सघाउ; सघो।
87168 सघोपघो ना. सघाउपघाउ।
87169 सङ ना. यो. साथमा; सँग; सि।
87170 सङलगुवा सँगै जाने व्यक्ति; साथ लागेको मानिस।
87171 सङलगुवी ना. सँगै जाने स्त्री; साथ लाग्ने सँगिनी।
87172 सङाल्नु स.क्रि. सङ्ग्रह गर्नु; बटुल्नु; सँगाल्नु।
87173 सङालाइ ना. सङाल्ने भाव, क्रिया वा प्रक्रिया; सँगालाइ।
87174 सङालिनु क.क्रि. सङाल्ने काम गरिनु; सँगालिनु।
87175 सङालो ना. सँगालो।
87176 सङ्कट ना. कुनै आपत्विपत्को स्थिति; साह्रै अप्ठ्यारो अवस्था; कष्ट; कठिनाइ।
87177 सङ्कट ना. २. जोखिम; डर।
87178 सङ्कट ना. ३. दुई ठुलठुला जल वा स्थल भागलाई जोर्ने घाँटी।
87179 सङ्कट ना. वि. ४. सङ्कीर्ण; साँघुरो।
87180 सङ्कट काल ना. कुनै आपद्विपद्,आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने समयावधि।
87181 सङ्कट काल ना. २. आपद्विपद्ले घेरिएको अवस्था; खराब परिस्थिति।
87182 सङ्कटकालीन वि. सङ्कट परेको अवस्थाको; सङ्कटकालको।
87183 सङ्कटकालीन वि. २. सङ्कटकालमा सङ्कटको स्थितिबाट बच्नका निम्ति प्रयोग हुने, पाइने वा गरिने (जस्तै- सङ्कटकालीन अधिकार, सङ्कटकालीन घोषणा; सङ्कटकालीन बैठक इ.)।
87184 सङ्कटग्रस्त वि. सङ्कटले गाँजेको वा घेरेको।
87185 सङ्कटमय वि. सङ्कटले भरिएको; आतङ्कयुक्।
87186 सङ्कटा ना. सङ्कटबाट जोगाउने, सङ्कट हटाउने भनी कहलिएकी एक देवी।
87187 सङ्कटा ना. २. काठमाडौँको नयाँ सडकनजिक टेबहाल भन्ने ठाउँमा अवस्थित त्यसै नामकी प्रसिद्ध देवी।
87188 सङ्कटा ना. ३. ज्योतिषशास्त्रका अनुसार मानवजीवनमा सङ्कट गराउने एक योगिनी।
87189 सङ्कटापन्न वि. सङ्कटको अवस्थामा परेको; सङ्कटपूर्ण ठाउँ वा स्थितिको; जोखिमी।
87190 सङ्कटा माई ना. सङ्कटा।
87191 सङ्कटास्पद वि. हे. सङ्कटापन्न।
87192 सङ्कर ना. अन्तर्मिश्रण; मिलावट।
87193 सङ्कर ना. २. भिन्न जातिका आमाबाबुबाट पैदा भएको सन्तान; ठिमाहा।
87194 सङ्कर ना. ३. एउटै वाक्य वा सन्दर्भमा छुट्ट्याउन नसकिने गरी हुने दुई वा दुईभन्दा बढी अलङ्कारको मिश्रण।
87195 सङ्कर भाषा ना. विभिन्न भाषापरिवारका शब्दको योगबाट बनाइएको भाषा; खिचडी भाषा।
87196 सङ्कर्षण ना. मिलेर तान्ने वा घिच्च्याउने काम; खुम्च्याइ।
87197 सङ्कर्षण ना. २. आकर्षण।
87198 सङ्कर्षण ना. ३. हलोजोताइ।
87199 सङ्कर्षण ना. ४. बलरामको एक नाम।
87200 सङ्कलक ना. सङ्कलन गर्ने व्यक्ति; सङाल्ने मानिस; सङ्ग्रहकर्ता।