Dictionary

All Word

87201 सङ्कलन ना. कुनै वस्तु, सरसामान आदि जम्मा गर्ने वा थुप्य्राउने काम; सङ्ग्रह; बटुलाइ।
87202 सङ्कलन ना. २ कुनै रचना आदिका उपयोगिताको दृष्टिले समेत छनोट गरी एक ठाउँमा भेला पार्ने काम; सँगालो।
87203 सङ्कलन ना. ३. गणितमा अङ्कहरू जम्मा गर्ने प्रक्रिया; योग; जोड।
87204 सङ्कलन ना. ४. मिल्ने काम; सङ्गम।
87205 सङ्कलित वि. सङ्कलन गरिएको; सँगालिएको वा बटुलिएको।
87206 सङ्कलित वि. २. सञ्चित गरिएको; जगेर्ना गरिएको।
87207 सङ्कलित वि. ३. जोडिएको।
87208 सङ्कल्प ना. कुनै इच्छा साकार पार्ने अठोट वा कुनै काम गर्ने दृढ निश्चय; मनको आँट; मनसुबा।
87209 सङ्कल्प ना. २. देव कार्य तथा पितृकार्य गर्दा जजमानले जौ, तिल, कुश र पानी हातमा लिएपछि पुरोहितद्वारा पढिने प्रतिज्ञावाक्य वा दानवाक्य।
87210 सङ्कल्प ना. ३. फलको आशाले कुनै धार्मिक वा पुण्यकार्य गर्ने दृढता।
87211 सङ्कल्प ना. ४. तत्काल उपस्थित कुनै समस्याका बारेमा निर्णय गरी परिणाम निकालिने आकस्मिक प्रस्ताव।
87212 सङ्कल्प ना. ५. उद्देश्य; लक्ष्य; विचार; आकाङ्क्षा।
87213 सङ्कल्प बिर्ता ना. कुशबिर्ता।
87214 सङ्कल्पित वि. मानसिक दृढतासाथ कुनै कार्य पूर्ण गर्न निश्चय गरिएको; मनले सङ्कल्प गरिएको।
87215 सङ्कष्ट ना. ठुलो आपत्विपत्को अवस्था; सङ्कट।
87216 सङ्काय ना. उच्चकोटिको अध्ययनका निम्ति रहेको कुनै विशिष्ट विभाग वा शाखा ( फ्याकल्टी)।
87217 सङ्कीर्ण वि. खुला वा फुक्का हृदय नभएको; साँघुरिएको; साँघुरो।
87218 सङ्कीर्ण वि. २. चित्त सानो भएको; छोटो चित्तको; अनुदार; सङ्कुचि।
87219 सङ्कीर्ण वि. ३. क्षुद्र; नीच।
87220 सङ्कीर्णता ना. सङ्कीर्ण हुने चाल वा स्थिति; छोटो विचार; अनुदारदाता।
87221 सङ्कीर्णता ना. २. अनेक वाक्यका पद छ्यासमिस हुँदा हुने वाक्यदोष।
87222 सङ्कीर्ण नास ना. नृतत्त्वशास्त्रका अनुसार सानो नाक हुने एक जातको वानर; वानरको एक भेद।
87223 सङ्कीर्तन ना. भजनका रूपमा गरिने देवता आदिको नाम, महिमा, गुण आदिको वर्णन; देवताको स्तुति वा यशोगान।
87224 सङ्कुचित वि. खुम्चिएको; साँगुरिएको।
87225 सङ्कुचित वि. २. सानो चित्तको; तुच्छ।
87226 सङ्कुचित वि. ३. सङ्कीर्ण; अनुदार।
87227 सङ्कुल ना. भरिभराउ; घना।
87228 सङ्कुल ना. २.परस्परमा मिलेको; संयुक्।
87229 सङ्कुल ना. ना. ३. परस्परविरोधी असङ्गत कुराहरूको जमघट।
87230 सङ्कुल ना. ४. अव्यवस्थित लडाइँ; मिचामिच; घन्चमन्च।
87231 सङ्कुलता ना. सङ्कुल हुनाको भाव, स्थिति वा छाँट।
87232 सङ्कुलित वि. सङ्कुल भएको वा बनाइएको।
87233 सङ्केत ना. हात, आँखा, ओठ आदि अङ्ग-उपाङ्गका माध्यमले वा अन्य कुनै उपायद्वारा मनोभाव व्यक्त गरिने चेष्टा; इसारा; इङ्गित; सान।
87234 सङ्केत ना. २. कुनै कुरा निर्देशित गरिने चिह्न; चिनु; प्रतीक।
87235 सङ्केत ना. ३. सूक्ष्म रूपले जनाइएको कुरा; सूचना; सूत्र।
87236 सङ्केतक वि. सङ्केत गर्ने; इसारा दिने।
87237 सङ्केतक वि. २. प्रेमी र प्रेमिकाको पूर्वसूचित मिलनस्थल।
87238 सङ्केतचिह्न ना. कुनै नाम, पद आदिको सङ्क्षिप्त रूप दिँदा लेखिने साङ्केतिक चिह्न ( .); छोटकरी नाम (जस्तै- प्रा. प्राध्यापक, सम्पा.- सम्पादक, भू. पू.- भूतपूर्व, का. म. न. पा.- काठमाडौँ महानगरपालिका, रा. स. स.- राष्ट्रिय समाचार समिति इ.)।
87239 सङ्केतपाटी ना. कुनै कुराको सङ्केत दिनका निम्ति सम्बन्धित ठाउँमा राखिएको वा टाँगिएको अक्षर अङ्कित फल्याक वा पातो; सूचनापाटी।
87240 सङ्केतलिपि ना. चाँडोचाँडो भाषण, प्रवचन आदि टिप्नका लागि आविष्कार गरिएको सङ्क्षिप्त रूपमा शब्द, वाक्य आदि लेखिने चिह्नयुक्त लिपि (सर्टह्यान्ड)।
87241 सङ्केतशब्द ना. लामो वाक्य वा कुरोलाई छोटकरीमा बुझाउन प्रयोग गरिने शब्द (उदा.- कृपया उता पल्टाउनुहोस्- कृ. उ. प.), जवाफ आकाशवाणीबाट तुरुन्त पाऊँ- ज. आ. वा. तु. आदि)।
87242 सङ्केतस्थल ना. सङ्केत वा इसारा गरिएको ठाउँ।
87243 सङ्केतस्थल ना. २. उत्खनन आदि कार्यका निम्ति चिनु लगाइएको ठाउँ।
87244 सङ्केतिका ना. लेखतालिका; सङ्केतसूची।
87245 सङ्केतित वि. सङ्केत गरिएको; औँल्याइएको।
87246 सङ्केन्द्रण ना. सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम; एकैतर्फको ध्यानजमाइ।
87247 सङ्केन्द्रण ना. २. सैन्य शक्ति आदिको भेला।
87248 सङ्केत सिद्धान्त ना. मार्क्सवादका अनुसार ठुलठुला पुँजीपतिले ससाना पुँजीपतिलाई आखिरमा कि निकालेर बाहिर पार्छन् कि आफूमा मिलाउँछन् र सारा पुँजी न्यास (ट्रस्ट) ब्याङ्कमा जम्मा हुन्छ भन्ने सिद्धान्त वा विचार।
87249 सङ्कोच ना. कसैका सामु केही कुरा भन्न वा गर्न अनकनाउने बानी; असजिलोपनाको अनुभव; हलुका लाज; धक।
87250 सङ्कोच ना. २. चाउरी पर्ने काम; खुम्च्याइ।