Dictionary

All Word

87301 सङ्खेत्रो ना. भोगटेका छाँटका लाम्चा पात र सेता फूल हुने एक जातको बोट; आयुर्वेदमा चखेत्रोको जस्तो गुण बताइएको, शङ्खलाई गाल्ने कीपजस्तो त्यसैको फल।
87302 सङ्ख्य वि. गणना वा गन्ती गर्न सकिने; गन्न हुने; सङ्ख्या निकाल्न सकिने।
87303 सङ्ख्य वि. ना. २. लडाइँ; युद्ध।
87304 सङ्ख्यक वि. सङ्ख्याले युक्त; सङ्ख्या भएको; शब्दका पछाडि गाँसिएर सङ्ख्या वा परिमाणको बोध गराउने (जस्तै- अल्पसङ्ख्यक, बहुसङ्ख्यक आदि)।
87305 सङ्ख्या ना. गणनाक्रमबाट कुनै वस्तुको मात्रा बुझाउने शब्द वा अङ्क।
87306 सङ्ख्या ना. २. गणनाबाट निस्कने परिमाण; थान; गोटा।
87307 सङ्ख्या ना. ३. कुनै दैनिक, मासिक पत्रपत्रिकाको अङ्क।
87308 सङ्ख्याङ्क ना. सङ्ख्याका सङ्केत वा चिह्न।
87309 सङ्ख्याङ्क ना. २ सङ्ख्या, अङ्क वा चिह्न; न्यूमेरल।
87310 सङ्ख्याङ्कन ना. पुस्तकपुस्तिका, बिल-भरपाई आदिमा हातले वा यन्त्रद्वारा नम्बर चढाउने वा सङ्ख्या हाल्ने काम; सङ्ख्यालाई व्यक्त गर्ने वा लेख्ने काइदा वा तरिका।
87311 सङ्ख्यातीत वि. सङ्ख्याभन्दा परको; असङ्ख्य; अनगन्ती।
87312 सङ्ख्येय वि. सङ्ख्या भएको; गन्न सकिने; सङ्ख्या जनिने वा सङ्ख्याले जनाउन सकिने ( मूर्त वस्तु)।
87313 सङ्ख्येय वि. विप. असङ्ख्येय।
87314 सङ्ग ना. साथमा रहने वा सँगै हुने काम; सहवास; बसउठ।
87315 सङ्ग ना. २. भेट्ने काम; मिलन; संयोग; संसर्ग।
87316 सङ्ग ना. ३. संसारी विषयभोगप्रतिको अनुराग; स्त्रीसम्पर्क; आसक्ति।
87317 सङ्ग ना. ४. नदीहरूको सङ्गम; दोभान।
87318 सङ्ग ना. ना. यो. ५. सँग; सा।
87319 सङ्गठन ना. आवश्यक व्यक्तिहरू वा विभिन्न तत्त्वलाई एकत्रित गरी समान उद्देश्य, हकहित आदिमा प्रवृत्त र संलग्न गराउने काम।
87320 सङ्गठन ना. २. त्यस्तो कार्य वा उद्देश्यको परिपूर्तिका निम्ति मिलेर बनाइने सङ्घ वा संस्था।
87321 सङ्गठन ना. ३. परस्परको मेल; जमात; टोली।
87322 सङ्गठनकर्ता वि. सङ्गठन गर्ने; भेला पार्ने।
87323 सङ्गठनात्मक वि. मूल रूपमा सङ्गठन गरिने; मेल गराइने; जुटाइने (कुनै काम वा कार्यक्रम), (जस्तै- सङ्गठनात्मक उत्तर, सङ्गठनात्मक योजना, सङ्गठनात्मक विस्तार इ.)।
87324 सङ्गठित वि. सुदृढ किसिमले एकत्रित पारिएको; सङ्गठन गरिएको।
87325 सङ्गठित वि. २. कुनै कामविशेषका निम्ति पारस्परिक रूपमा सम्बद्ध; व्यवस्थि।
87326 सङ्गत वि. साथसाथै आएको; जोरिएको; मिलेको।
87327 सङ्गत वि. २. एकत्र भएको; संयोजित; सञ्चि।
87328 सङ्गत वि. ३. मिल्ने पाराको; सुहाउँदो; उचि।
87329 सङ्गत वि. ना. ४. परस्परको मेल वा मैत्री; बसाउठी; हेलमेल; सहवास।
87330 सङ्गत वि. ५. ज्ञानगुनका लागि भेला हुने वा मेलमिलाप गरिने ठाउँ।
87331 सङ्गति ना. मिल्ने वा जोरिने काम; मेलमिलाप; सम्बन्ध।
87332 सङ्गति ना. २. ठिक्क मेल खाने प्रक्रिया (लिङ्ग, वचन, पुरुष आदिको )।
87333 सङ्गति ना. ३. कुनै क्रमबद्ध कुरा; सिलसिला; प्रसङ्ग।
87334 सङ्गति ना. ४. सहवास; समागम।
87335 सङ्गति ना. ५. उपयुक्तताका दृष्टिले हुने भेला; सभा; सङ्घ।
87336 सङ्गतिपूर्ण वि. सङ्गति भएको; सुहाउँदो; मिल्दो।
87337 सङ्गम ना. परस्परमा मिल्ने वा जुट्ने काम; भेटघाट।
87338 सङ्गम ना. २. साहचर्य; सङ्गति।
87339 सङ्गम ना. ३. दुई नदी मिलेको ठाउँ; दोभान।
87340 सङ्गम ना. ४. रतिक्रिया; समागम।
87341 सङ्गम ना. ५. अनुकूलन; संयोग।
87342 सङ्गमरमर / सङ्गमर्मर ना. खानीमा पाइने र सजावटका निम्ति भुइँ आदिमा छापिने, चिप्लो टल्कने, रातो, सेतो रङ हुने, बलियो र असल जातको पत्थरविशेष।
87343 सङ्गाती ना. सँगसँगै हुर्केबढेको वा धेरै दिन सहवास गरेको साथी; पुरानो साथी; सँगाती।
87344 सङ्गिन ना. बन्दुकका टुप्पामा जोडिएको घोच्ने भालाजस्तो हतियार।
87345 सङ्गिन ना. वि. २. भारी वा मोटो; डरलाग्दो; कडा; गम्भीर वा कठोर।
87346 सङ्गिन चोरी ना. सरकारी ढुकुटीको चोरी।
87347 सङ्गिनी ना. सँगिनी।
87348 सङ्गी वि. साथमा रहने वा सम्पर्कमा आउने।
87349 सङ्गी वि. ना. २. सँगी।
87350 सङ्गीत ना. विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वरतालयुक्त मधुर गायन।