Dictionary

All Word

87251 सङ्कोच ना. ३. छोट्ट्याउने काम; सङ्क्षेपण।
87252 सङ्कोचन ना. विस्तार भएको कुरो आफ्नो पूर्वरूपमा फर्कन खोज्ने स्थिति; खुम्च्याइ।
87253 सङ्कोचन ना. २. सङ्कोच हुने वा लाज मान्ने काम।
87254 सङ्कोची वि. सङ्कोच मान्ने; लाज मान्ने; धकाउने।
87255 सङ्कोची वि. २. चाउरी पर्ने; खुम्चिने।
87256 सङ्क्रमण ना. कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा हुने गमन; फिँजिने काम; फैलावट।
87257 सङ्क्रमण ना. २. ग्रह आदि एक राशिबाट अर्को राशिमा जाने काम; ठाउँसराइ।
87258 सङ्क्रमण ना. ३. शरीरको एक भागबाट अर्को भागमा रोग सर्ने प्रक्रिया।
87259 सङ्क्रमण ना. ४. सङ्गीतमा गायन तथा वाद्यवादन रहने ध्वनि।
87260 सङ्क्रमणकारी वि. सङ्क्रमण गर्ने; कुनै सङ्क्रामक रोग वा महामारी फैलाउने।
87261 सङ्क्रमणकाल ना. कुनै शासन, स्थिति, नियम आदि दिगो भइनसकेको अव्यवस्थित समय; सङ्क्रमणको याम वा अवधि।
87262 सङ्क्रमणकालीन वि. सङ्क्रमणकालसम्बन्धी।
87263 सङ्क्रमणनाशक वि. रोगका कीटाणुहरू नाश गर्ने र रोग फैलिन नदिने (औषधी)।
87264 सङ्क्रमित वि. सङ्क्रमणका अवस्थाको; सङ्क्रमण भएको।
87265 सङ्क्रमण माल ना. तोकिएको ठाउँमा नपुगी बिच बाटैमा रहेको माल वा सामान।
87266 सङ्क्रान्ति ना. सूर्य वा अरू कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा जाने काम वा त्यसरी प्रवेश गर्ने समय।
87267 सङ्क्रान्ति ना. २. कुनै एक अवस्था वा बिन्दु पार गरी अर्को अवस्था वा बिन्दुमा पुग्ने मार्ग।
87268 सङ्क्रान्ति ना. ३. स्थानान्तरण।
87269 सङ्क्रान्ति ना. ४. सौर महिनाको पहिलो दिन; एक गते; सग्राँती।
87270 सङ्क्रान्तिकाल कुनै एक स्थिति वा युगबाट अर्को स्थिति वा युगमा प्रविष्टि हुँदाको बिचको समय; सङ्क्रमणकाल।
87271 सङ्क्रामक वि. एक ठाउँबाट अर्को ठाउँमा सर्दे वा फैलँदै जाने; सङ्क्रमण गर्ने।
87272 सङ्क्रामक वि. २. संसर्ग वा छुवाछुतद्वारा सर्ने; सरुवा (रोग, व्यथा आदि)।
87273 सङ्क्षिप्त वि. छोटकरीमा भनिएको वा लेखिएको।
87274 सङ्क्षिप्त वि. २. सारांश मात्र राखिएको; छोट्ट्याइएको; कम पारिएको।
87275 सङ्क्षिप्त वि. ३. छोटकरी; छोटो।
87276 सङ्क्षिप्त उत्तरात्मक वि. परीक्षाहरूका प्रश्नको उत्तर लेख्ने क्रममा छोटो उत्तरको अपेक्षा गर्ने; सङ्क्षिप्त उत्तर दिनुपर्ने (प्रश्न)।
87277 सङ्क्षिप्तता ना. सङ्क्षिप्त हुनाको भाव, गुण वा स्थिति।
87278 सङ्क्षिप्तात्मक वि. संक्षिप्त रूप दिइएको; छोटकरीमा भनिने वा लेखिने ( प्रश्न, उत्तर आदि)।
87279 सङ्क्षिप्तीकरण ना. सङ्क्षिप्त गर्ने काम; छोट्ट्याउने काम।
87280 सङ्क्षिप्तीकृत वि. सङ्क्षिप्त गरिएको; सङ्क्षेपमा भनिएको।
87281 सङ्क्षेप ना. सार कुरो मात्र लिएर बनाइएको, मूल सन्दर्भको छोटो रूप; सारांश; मजबुन।
87282 सङ्क्षेप ना. २. कम गर्ने काम; छोटकरी पार्ने प्रक्रिया।
87283 सङ्क्षेप ना. ३. सङ्क्षिप्त रूपमा दिइने सूचना; सङ्केत; इसारा।
87284 सङ्क्षेपक वि. सङ्क्षिप्त गर्ने; सारांश दिने; छोट्ट्याउने।
87285 सङ्क्षेपक वि. २. सूक्ष्म रूपमा थाहा दिने।
87286 सङ्क्षेप चिह्न ना. सङ्क्षिप्त प्रयोग वा छोटकरी उच्चारणमा लगाइने चिह्न (जस्तो- ले. -लेखक; अनु. -अनुवादक।
87287 सङ्क्षेप चिह्न ना. आ.वा.- आकाशवाणी।
87288 सङ्क्षेप चिह्न ना. रे'छ- रहेछ।
87289 सङ्क्षेप चिह्न ना. आ'छ- आएको छ।
87290 सङ्क्षेप चिह्न ना. लेख्या' थियो- लेखेको थियो।
87291 सङ्क्षेपण ना. सङ्क्षेप गर्ने काम; सङ्क्षिप्तीकरण।
87292 सङ्क्षेपीकरण ना. कुनै अनुच्छेद वा अभिव्यक्तिलाई सङ्क्षेपमा लेख्ने प्रक्रिया; मूल अंशलाई सामान्यतः एकतृतीयांशमा सङ्क्षिप्त बनाउने सिप।
87293 सङ्क्षेपीकरण ना. २. सङ्क्षेप गर्ने काम; सार खिचाइ; सङ्क्षेप; सारांश।
87294 सङ्क्षेपीकृत वि. सङ्क्षेपीकरण गरिएको; सङ्क्षेपमा ल्याइएको।
87295 सङ्खत्रो ना. सङ्खेत्रो।
87296 सङ्खिया ना. एक कडा विष।
87297 सङ्खुवासभा ना. नेपालको कोसी अञ्चलको सुदूर उत्तरी हिमाली भेकमा पर्ने सभा र सङ्खुवा खोलाको आधारमा नाम रहेको एक जिल्ला।
87298 सङ्खे वि. सङ्खजस्तो; सङ्खका ढाँचाको।
87299 सङ्खे किरो ना. खबटाभित्र हुने र जताततै हिँड्ने एक प्रकारको चिप्लेकिरो।
87300 सङ्खे घाँटी ना. तल फुकेको र माथि साँघुरिँदै चुच्चो परेको घाँटी।