Dictionary

All Word

88301 सपुच्छ ना. नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास वानरमा पुच्छर हुने बाँदर।
88302 सपुच्छ ना. वि. २. पुच्छर भएको।
88303 सपुत ना. राम्रो बानीबेहोर भएको छोरो; योग्य पुत्र; सुपुत्र।
88304 सपुत ना. २. वंश वा कुलको इज्जत चम्काउने सन्तान।
88305 सपुत ना. ( सपूत भए छोरो, कपूत भए मोरो- उखान )।
88306 सपुर्द ना. सुपुर्द।
88307 सपुर्दगी ना. सुपुर्दगी।
88308 सपूत ना. हे. सपु।
88309 सपेटो ना. पशुहरूको पातो वा तिघ्रोसहितको काटिएको खुट्टो; साँप्रो।
88310 सपेता ना. घर, कोठा पोल्ने चुनजस्तो माटो।
88311 सपेता ना. २. रङ्गको काममा लगाइने जस्ताको भस्म।
88312 सपेरो ना. सर्पलाई समात्ने र त्यसलाई सधाई नचाउने व्यक्ति।
88313 सपेरो ना. २. सर्पले टोकेको विष झार्ने व्यक्ति; विषवैद्य।
88314 सप्काइ ना. सप्काउने काम वा किसिम।
88315 सप्काइनु क.क्रि. सप्काउने काम गरिनु।
88316 सप्काउनु स.क्रि. गिलो रसदार खानेकुरो सासले तानेर गाँस हाल्नु; सप्य्राक्क पार्नु।
88317 सप्काउनु स.क्रि. २. नरम लट्ठी वा डोरी आदिले हिर्काउनु।
88318 सप्काउनु स.क्रि. ३. पछ्यौरा; मजेत्रो आदिको सप्को हाल्नु।
88319 सप्को ना. गिलो रसदार खानेकुराको गाँस; सप्य्राक्क खाइने गाँस।
88320 सप्को ना. दाहिनेपट्टिबाट छाती छोपी कुममा अड्याइने सारी, पछ्यौरा आदिको छेउ।
88321 सप्को ना. २. धोती, सारी, पछ्यौरा आदि लुगाफाटाको छेउले अरुको जिउमा भएको स्पर्श; लुगाका टुप्पाबाट भएको छुवाइ।
88322 सप्को ना. (उदा.- धोतीको सप्को लाग्ला है, अलि पर बस )।
88323 सप्त ना. सा।
88324 सप्तक ना. एकै जात वा किसिमका सात वस्तुको समूह (जस्तो- तारसप्तक)।
88325 सप्तक ना. २. सङ्गीतमा षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद- यी सात स्वरको समुदाय।
88326 सप्तकोसी ना. पूर्वी नेपालका विभिन्न स्थानबाट बगेर मिलेका इन्द्रावती, सुनकोसी, तामाकोसी, दुधकोसी, अरुण, वरुण (लिखु) र तमोर- यी सातवटा नदीको सामूहिक नाम।
88327 सप्तगण्डकी ना. मध्यपश्चिमी नेपालका विभिन्न भागमा बगेर मिल्ने तादी, मादी, मर्स्याङ्दी, काली, सेती, बुढीगण्डकी र त्रिशूली - यी सात नदीको सामूहिक नाम।
88328 सप्तधान्य ना. धान, गहुँ, जौ, मास, मुगी, कागुनु र सामा मिलाइएको अन्न।
88329 सप्तनदी ना. हिन्दुहरूका अति पवित्र मानिएका सातवटा नदी (गङ्गा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी )।
88330 सप्तपदी ना. विवाहमा वर र वधू मिलेर गरिने सप्तकुलपर्वतको पूजा।
88331 सप्तपदी ना. २. सातवटा चरण हुने (छन्द)।
88332 सप्तपर्ण ना. छतिवन।
88333 सप्तपाला ना. सातवटा खोबिल्टा भएको थाली; सातखण्डे थाली।
88334 सप्तम वि. सातौँ।
88335 सप्तम श्रेणी ना. सातौँ कक्षा वा वर्ग।
88336 सप्तमातृका ना. कुनै माङ्गलिक कार्यमा अग्रपूजा गरिने सातवटी मातृका वा देवीको नाम (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही )।
88337 सप्तमी ना. चान्द्रमासका शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको सातौँ तिथि।
88338 सप्तमी ना. ना. २. व्याकरणमा आधार अर्थ बुझाउने सातौँ विभक्ति (मा, विषे आदि)।
88339 सप्तमृत्तिका ना. कुनै माङ्गलिक कार्यमा प्रयोग गरिने तबेला, हात्तीसार, गोठ, तीर्थस्थल, राजद्वार, गुरुद्वार र नदी सात ठाउँको वा सात थरी माटो।
88340 सप्तरिखि ना. सात ऋषि; सप्तर्षि।
88341 सप्तरी ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने सगरमाथा अञ्चलको तराईभागमा स्थित एक जिल्ला।
88342 सप्तर्षि ना. प्रसिद्ध सात ऋषिहरूको समूह ( गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वसिष्ठ, कश्यप र अत्रि; अथवा मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलस्त्य र वसिष्ठ )।
88343 सप्तर्षि ना. २. आकाशमा उत्तरतिर देखिने ध्रुवतारालाई परिक्रमा गरिरहेका सातवटा ताराको समूह।
88344 सप्तशती ना. सात सय मन्त्रस्वरूप पद्यखण्डमा रचिएको भगवतीको स्तोत्र; चण्डी।
88345 सप्तशती ना. २. सात सय पद्यबाट बनेको कृति (जस्तो- विहारी सतसई आदि)।
88346 सप्तशती ना. ३. सात सय वस्तुको समूह।
88347 सप्तसिन्धु ना. पन्जाब क्षेत्रमा बग्ने प्रसिद्ध सात नदी (झेलम, चिनाव, राबी, व्यास, सतलज, दृषद्वती र सरस्वती )।
88348 सप्ताह ना. सात दिनको समूह; हप्ता; साता।
88349 सप्ताह ना. २. सात दिनमा बाचेर सम्पन्न गरिने भागवत आदि पुराणको पाठ वा धार्मिक अनुष्ठान।
88350 सप्ताहव्यापी वि. एक साता वा हप्तासम्म चल्ने वा हुने (कार्यक्रम, गोष्ठी आदि)।