Dictionary

All Word

88251 सन्नी ना. पुरुष वा स्त्रीजातिको मर्मस्थान।
88252 सन्नी ना. २. शरीरमा जोर्नी परेको ठाउँ; सन्धि।
88253 सन्न्यस्त वि. सन्न्यास लिएको; सन्न्यासी भएको।
88254 सन्न्यस्त वि. २. व्यावहारिक कुरा सबै बिसाएको; घरव्यवहार त्यागेको।
88255 सन्न्यस्त वि. (उदा.- अचेल उहाँ राजनीतिबाट सन्न्यस्त हुनुहुन्छ)।
88256 सन्न्यास ना. सांसारिक विषयबाट विरक्त भई निष्काम अवस्थामा रहने एक आश्रम ( हिन्दुका चार आश्रममध्ये एक)।
88257 सन्न्यास ना. २. सांसारिक विषयभोग वा प्रपञ्चबाट विरक्त भई लिइने एक धर्म; योगधर्म; वैराग्य।
88258 सन्न्यास ना. ३. स्वेच्छाले कुनै कुरा छोड्ने, त्याग्ने वा त्यसबाट बेग्लै रहने काम; परित्याग।
88259 सन्न्यासी वि. सन्न्यास लिएको; घरबार;परिवार त्यागेको ।
88260 सन्न्यासी वि. ना. २. सन्न्यास धर्म ग्रहण गरेको व्यक्ति; जोगी।
88261 सन्न्यासी वि. ३. सन्न्यास जीवनबाट गृहस्थ जीवनमा फर्केका व्यक्तिबाट जन्मेको पुरुष सन्तान।
88262 सन्न्यासी वि. स्त्री. सन्न्यासिनी।
88263 सन्मान ना. मानमर्यादा; आदरभाउ; सम्मान।
88264 सन्मार्ग ना. कर्तव्यका निम्ति हिँड्नु वा लाग्नुपर्ने असल, राम्रो बाटो।
88265 सन्मार्ग ना. (उदा.- छोरो सन्मार्गमा लागिदिए बाबुलाई आनन्द हुन्छ)।
88266 सन्सर ना. शनिश्चर; सनिसर (उदा.- सन्सरको छुट्टी, मङ्गलको भेट, कि आउला जरो कि दुख्ला पेट- उखान )।
88267 सन्सार ना. संसार; जगत्।
88268 सन्सारी वि. सन्सारको; संसारी।
88269 सपक्क क्रि.वि. गिलो खानेकुरो एकै खेपमा खाने किसिमले।
88270 सपक्क क्रि.वि. २. लाउँदा वा ओढ्दा आङमा सुहाउने किसिमले; लगाएको लुगा मिल्ने गरी।
88271 सपक्क क्रि.वि. ३. कुनै वस्तु टम्म मिलेर टाँसिने चालले।
88272 सपक्क क्रि.वि. ४. मिलाएर केश कोर्ने, बाट्ने, तलास्ने आदि किसिमसँग; राम्ररी कोरीबाटी गरेर।
88273 सपत्नी ना. सौता; सौती।
88274 सपत्नीक वि. पत्नीसहित; श्रीमतीसमे।
88275 सपना ना. निदाएका बेला मानसिक रूपमा देखिने दृश्य वा घटना र मनमनै खेल्ने कुरा; स्वप्न।
88276 सपना ना. २. रमाइलो भविष्यको आशा वा कल्पना।
88277 सपना ना. ३. उदेकलाग्दो कुरो वा मनको लहड।
88278 सपनी सपनाको लघु रूप; सपना ( गीत, कविता र लोकगीतमा प्रचलित, जस्तै- आज राति सपनीमा तिमीलाई देखेँ )।
88279 सपरिवार वि. आफ्ना जहान, केटाकेटीसमेत भएको; परिवारसहितको।
88280 सपरिवार वि. (उदा.- तपाईं यहाँ सपरिवार हुनुहुन्छ कि एक्लै?)।
88281 सपरिश्रम वि. परिश्रम भएको वा गरिएको; परिश्रमले युक्।
88282 सपरिश्रम कारावास ना. कैदीहरूलाई कडा परिश्रम गर्नुपर्ने कामसमेत गराइने जेलखाना।
88283 सपसप क्रि.वि. गिलो पदार्थ लगालग खाने किसिमले; सपासप।
88284 सपसपती / सपसपी क्रि.वि. लगालग छिटछिटो खाने गरेर।
88285 सपाटो ना. सानो नासपाती वा मयलका आकारको हुने, एक थरी तराईतिर पाइने स्वादिष्ठ फलविशेष।
88286 सपाद वि. पूरा चरणमा अर्को एक पाउसमेत भएको; एक चौथाइ बढेको; सवा।
88287 सपार्नु स.क्रि. टुटेफुटेका वस्तुलाई ठिक पारेर बनाउनु; सुधार्नु; मर्मत गर्नु।
88288 सपार्नु स.क्रि. २. बानीबेहोरा सुधारी तर लाउनु; उँभो लगाउनु।
88289 सपार्नु स.क्रि. ३. बिराम, त्रुटि आदिको सुधार गर्नु; सच्याउनु।
88290 सपार्नु स.क्रि. प्रे.क्रि. ४. सप्रने पार्नु।
88291 सपाराइ वि. सपार्ने काम वा किसिम।
88292 सपारिनु क.क्रि. सपार्ने काम गरिनु।
88293 सपासप क्रि.वि. गिलो खानेकुरो धमाधम खाने किसिमले; सपसपी।
88294 सपासप क्रि.वि. २. लचिलो लट्ठी वा डोरी आदिले लगालग हिर्काउने चालसँग।
88295 सपासपी क्रि.वि. अझै छिटो सपासप खाने किसिमले।
88296 सपिउँ वि. सुल्टो।
88297 सपिउँ वि. विप. बिपिउँ।
88298 सपिण्डी वि. एउटै पितृलाई बाबु, बाजे र बराजुका क्रममा पिण्डदान दिने छोरो, नाति र पनाति गरी तीन पुस्ताको।
88299 सपिण्डी वि. ना. २. बाह्रौँ दिनमा गरिने मृतकको श्राद्ध।
88300 सपिण्डीकरण वि. मरेको बाह्रौँ दिनमा मृतकलाई पिण्डदान दिँदा पिण्डलाई तीन पुस्ताका सपिण्डीसँग मिलाउने वा जोड्ने श्राद्धकर्म।