Dictionary

All Word

88351 सप्रनु अ.क्रि. बालीनाली खुब बढ्नु वा राम्रो हुनु; सप्लाउनु।
88352 सप्रनु अ.क्रि. २. असल वा उन्नतिको बाटामा लाग्नु; उँभो लाग्नु; सुध्रनु।
88353 सप्रनु अ.क्रि. ३. कुनै व्यापारव्यवसायबाट मनग्य फाइदा हुनु; धनी बन्नु।
88354 सप्रनु अ.क्रि. ४. राम्रो हुनु; सग्लाउनु।
88355 सप्रक्क क्रि.वि. रसिलो खानेकुरो सासले तानेर मुखमा गाँस हाल्ने गरी; त्यसरी गाँस हाल्दा शब्द आउने चालले।
88356 सप्रमाण वि. प्रमाणसहितको; प्रमाण भएको।
88357 सप्राइ ना. सप्रने काम वा किसिम।
88358 सप्रिनु अ.क्रि. सप्रने काममा लागिनु।
88359 सप्य्राक ना. मुछेर खाइने चालले।
88360 सप्य्राकसुप्रुक क्रि.वि. मुछेर खाइने र रसयुक्त गिलो खानेकुरो चाँडचाँडै खाएजस्तो गरेर।
88361 सप्य्राक्क क्रि.वि. एक्कासि रसिलो खानेकुरो स्वादसित गाँस हाली खाने चालसँग।
88362 सप्लाइ ना. सप्लाउने भाव, क्रिया वा प्रक्रिया।
88363 सप्लाइनु अ.क्रि. सप्लाउने काम होइनु।
88364 सप्लाउनु अ.क्रि. बालीनाली, बोटबिरुवाहरू हलक्क र राम्ररी बढ्नु; कलकलाउँदो हुनु; मौलाउनु; झाँगिनु।
88365 सप्लाउनु अ.क्रि. २. शरीर मोटोघाटो र रातोपिरो हुनु।
88366 सप्लाउनु अ.क्रि. ३. गरेका कामकुराको उन्नति हुनु; बढिबढाउ हुनु।
88367 सप्लेँटो / सप्ल्याँटो वि. सब्लेँटो/ सब्ल्याँटो।
88368 सफर ना. मनोविनोदका निम्ति गरिने टाढाको यात्रा; घुमफिर।
88369 सफर ना. २. यात्रा; भ्रमण।
88370 सफरमैना ना. सैनिक अभियानमा वा ठुलाबडाको सवारी चलाउँदा अघिअघि गएर बाटो, बास, रसदपानी आदिको बन्दोबस्त गर्ने सैनिक टोली; पेस्की फौज।
88371 सफरी वि. भ्रमणसित सम्बन्ध राख्ने; सफरसम्बन्धी।
88372 सफरी वि. २. बोकेर हिँडाउनडुलाउन मिल्ने खाट; क्याम्पखाट।
88373 सफरी वि. ३. सफर गर्दा लगाउन छरितो मानिएको अत्याधुनिक शैलीको, कोटसमेतको काम दिने कमिज।
88374 सफल वि. गरेको प्रयास सार्थक वा सिद्ध भएको; कुनै कामकुरो फत्ते भएको।
88375 सफल वि. २. फलसहितको; फलयुक्।
88376 सफलता सफल हुने काम वा अवस्था।
88377 सफलीभूत वि. गरेको काम वा कुरो सफल भएको; कार्यसिद्धि भइसकेको।
88378 सफा वि. धुलोमैलो वा कसर, फोहोर आदि नभएको; स्वच्छ; चम्किलो; साफ; सुग्घर।
88379 सफा वि. २. बिटुलो नभएको; शुद्ध; चोखो।
88380 सफा वि. ३. दोष, दाग वा छलकपट नभएको; निर्दोष; बेदाग; निष्कपट।
88381 सफा वि. ४. बुट्टा, धर्सो आदि नभएको; सादा।
88382 सफाइ ना. सफा हुने छाँट; शुद्धता।
88383 सफाइ ना. २. सफा, सुग्घर गर्ने काम।
88384 सफाइ ना. ३. कुनै अपराधीलाई लागेको खतबात, मुद्दा आदिको निर्णय भई दोष वा अभियोग मेटिएर हुने छुटकारा; दोष वा अभियोगबाट हुने मुक्ति; पार पाउने वा निर्दोष साबित हुने काम।
88385 सफाइ ना. ४. हातको चतुर्‍याइँ; हातसाफ।
88386 सफाइ पत्र ना. लागेको दोष, अभियोग आदिबाट सफाइ पाएको कुरा लेखिएको काग।
88387 सफाचट ना. भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख।
88388 सफाचट ना. २. बिलकुल साफ; एकदम सफा।
88389 सफाट्याम्पो ना. ब्याट्री वा ग्याँसबाट चल्ने भएकाले धुवाँ नफाल्ने ट्याम्पो।
88390 सफारी ना. जङ्गली जनावरको सिकार गर्ने वा अवलोकन गर्ने अभियान।
88391 सफारी ना. २. हल्का खालको सुट।
88392 सफारी पार्क ना. सिंह, बाघ, हात्ती, गैँडा आदि जङ्गली जनावरहरू स्वतन्त्र रूपमा विचरण गर्न पाउने गरी छुट्ट्याइएको जमिनको ठुलो भाग; वन्यजन्तु आरक्षण केन्द्र।
88393 सफासफ क्रि.वि. एकदम सफासँग; खुलस्तसा।
88394 सफासफ क्रि.वि. (उदा.- तिमी सफासफ भन न, कुरो के हो ?)।
88395 सफासफी क्रि.वि. सफासफ चालासित; खुल्लमखुल्ला; सफासफ।
88396 सफासफी क्रि.वि. (उदा.- भेट त भयो, सफासफी कुरो हुन पाएन )।
88397 सफासुग्घर वि. सफा र सुग्घर रहेको; फोहोरमैला हुन नपाएको; स्वच्छ; निर्मल।
88398 सफेद वि. सफा र सेतो; श्वे।
88399 सफेद वि. २. बुट्टा वा रङ्गीचङ्गी नभएको; सादा।
88400 सफेद वि. ३. चम्कने; उज्ज्वल; सुकिलो।