Dictionary

All Word

88401 सफेदी वि. सफेद हुने छाँट; सेतोपन।
88402 सब वि. भएभरको; सम्पूर्ण; तमाम; कुल; सारा।
88403 सब वि. (सब कठिन अल्छीले, सब सहज उद्योगले- उखान )।
88404 सब वि. मुख्यभन्दा एक श्रेणी तल्लो; नायब; सहायक; छोटो (जस्तो- सब- एकाउन्टेन्ट (नायब लेखापाल), सब- इन्सपेक्टर (सहायक निरीक्षक ), सब पोस्ट अफिस (छोटी हुलाक ) इ.)।
88405 सबन्ध वि. सर्तअनुसारको; प्रतिबन्धसहितको।
88406 सबन्ध मुक्ति ना. कुनै कैदीलाई तोकिएको समयमा पुनः झ्यालखानामा उपस्थित हुने गरी केही समय छोड्ने काम; प्रतिबन्ध तथा आवधिक मुक्ति।
88407 सबल वि. बलले युक्त; शक्तिशाली; बलियो।
88408 सबल वि. २. फौज वा सेनाले सज्जि।
88409 सबलीकरण ना. कुनै ध्यानाकर्षित विषय वा वस्तुमा अझै चाख जगाउन गरिने क्रियाकलाप।
88410 सबाई ना. कागत बनाउने काममा प्रयोग हुने एक प्रकारको घाँस।
88411 सबार ना. सवारी ( दिव्य.)।
88412 सबासुदो ना. लिम्बूको अमालमा मुद्दा फैसला भएपछि जित्नेले भलादमीलाई दिने दस्तुर।
88413 सबासुद्धो ना. साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर; साँवासुद।
88414 सबिता ना. हल्का रातो रङ हुने एक प्रकारको सेतो चम्किलो धातु।
88415 सबुत / सबुद ना. मुद्दामामिला, झैझगडा आदिमा दसीप्रमाण,साक्षीसरजमिन, लिखतकागत आदि सबै कुरा ऐनले निर्देशित गरेअनुसार बुझ्न सकिने अवस्था वा तिनको समष्टि रूप (उदा.- सबै सबुत बुझेर फैसला भएमा नै ठिक न्याय पाइन्छ)।
88416 सबुत / सबुद ना. २. कुनै कुराको यथार्थ प्रमाण वा निस्सा।
88417 सबेर ना. उज्यालो हुनेहुने बेला; एकाबिहान; सखार।
88418 सबेर ना. २. प्रातःकाल; बिहान।
88419 सबेर ना. ३. कुनै तोकिएको समयभन्दा पहिलेको समय।
88420 सबै वि. भएभरको जम्मै; सारा नै; सम्पूर्ण सबै कुरा चल; कीर्ति अचल- उखान।
88421 सब्जा ना. कालो भाव मिसिएको सफेद रङको घोडा।
88422 सब्जा ना. २. असल जातको बम्बई आँपको एक प्रकार।
88423 सब्जी ना. तरकारी; सागपात; सागसब्जी।
88424 सब्लेँटो / सब्ल्याँटो वि. लुगा, कागत आदिको सुल्टो (भाग); उल्टो वा बिब्ल्याँटो नभएको; सुल्टो (उदा.- गन्जी बिब्ल्याँटो भयो, सब्ल्याँटो पारेर लाऊ)।
88425 सभा ना. प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला।
88426 सभा ना. २. सभाभवन; बैठक।
88427 सभा ना. ३. कुनै उद्देश्यपूर्तिका निम्ति सङ्गठित सङ्घ वा संस्था।
88428 सभा ना. ४. सूर्य वा चन्द्रमाको वरिपरि देखिने बिम्ब अथवा मण्डल।
88429 सभा ना. ५. परिधि; वृत्।
88430 सभाकक्ष ना. प्रतिनिधि सदस्यहरू वा आमन्त्रित व्यक्तिहरू भेला भई कुराकानी, सरसल्लाह आदि गर्ने, पत्रकारहरूसित भेटघाट गर्ने, कुनै समारोह सम्पन्न गर्ने जस्ता विभिन्न काम गरिने ठुलो दलान वा बैठककोठो।
88431 सभागृह ना. सभा गर्नका निम्ति निर्मित घर; सभा हुने ठाउँ वा घर; सभाभवन।
88432 सभाग्रणी ना. सभाका अगुवा वा मुख्य; सभामुख।
88433 सभात्याग ना. सभामा भएगरिएका कुनै प्रस्ताव वा स्थितिप्रतिको विरोध दर्साउँदा थोरै वा धेरै सदस्य सभा छाडेर बाहिर निस्कने काम।
88434 सभापति ना. कुनै सङ्घसंस्था वा समितिको प्रमुख अधिकारी; अध्यक्ष।
88435 सभापति ना. २. कुनै सभाको सञ्चालनका निम्ति रोजिएको, नाम प्रस्तावित भएको वा वरण गरिएको विशिष्ट व्यक्ति।
88436 सभामण्डप ना. कुनै विशेष सभाको आयोजनाका निम्ति तयार गरिएको मञ्च।
88437 सभामण्डप ना. २. सभागृह।
88438 सभामुख ना. सभाका अग्रणी वा प्रमुख व्यक्ति; सभाको अध्यक्ष; सदननेता।
88439 सभासद् ना. सम्बन्धित कुनै सभा वा गोष्ठीको अङ्गका रूपमा रहेको अधिकृत व्यक्ति; सभाको सदस्य; पार्षद्।
88440 सभासद् ना. २. सभामा भाग लिने भलादमी; सभ्य।
88441 सभ्य वि. सभाका निम्ति योग्य वा सुहाउँदो; विनयी; शिष्ट; भद्र।
88442 सभ्य वि. २. विश्वास गर्न सकिने; विश्वस्।
88443 सभ्य वि. ना. ३. सभाको सदस्य; सभासद्।
88444 सभ्य वि. ४. कुलीन वा शिष्ट व्यक्ति; भलादमी।
88445 सभ्यता ना. सभ्य हुनाको भाव, गुण, विशेषता वा स्थिति; शिष्टता; भद्रता।
88446 सभ्यता ना. २. कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति-प्रगतिको सम्पूर्ण प्रतिबिम्ब।
88447 सम् उप. शब्दका अगाडि जोडिएर उत्कृष्टता, निरन्तरता, पूर्णता, समानता, सामीप्य आदिको अर्थ बोध गराउने, पञ्चम वर्ण रहने वा शिरबिन्दु पनि हुने शब्द।
88448 सम् उप. (जस्तो- सम्पूर्ण, सम्मान, सम्मोहन, संयत, संरक्षण, संसार इ.)।
88449 सम वि. घटीबढी, लामोछोटो, ठुलोसानो आदि नभएको; बराबर; समान; सदृश; तुल्य।
88450 सम वि. २. सम्म परेको; समथर।