Dictionary

All Word

89201 सरर्र क्रि.वि. बिचमा नरोकिईकन कुनै कामकुरा हुने गरी; कत्ति बाधा वा बल नगरीकन; सजिलैसित वा छिटोछिटोसँग।
89202 सरल वि. सिधा रूपमा रहेको; बाङ्गोटिङ्गो नभएको; सोझो।
89203 सरल वि. २. छलकपट नभएको; सिधा।
89204 सरल वि. ३. धेरै परिश्रम नगरीकन पूरा गर्न सकिने; सजिलो; सुगम।
89205 सरल वि. ना. ४. सल्लो।
89206 सरल वि. ५. विभिन्न राशिलाई चिह्नअनुसार भाग, गुणन, जोड र घटाउ गरेर सकभर सानो रूपमा परिणत गरिने वा उत्तर निकालिने गणितको एक प्रक्रिया।
89207 सरल कारक ना. विभक्तिको चिह्न वा विभक्तिप्रत्यय नलागेको र शब्दको मूल रूप विकृत नभएको कारक (जस्तो- गोपाल आँप खान्छन्, म वन जान्छु इ.)।
89208 सरलता ना. सरल हुनाको भाव, गुण वा अवस्था; सजिलोपन।
89209 सरलता ना. २. सोझो हुनाको भाव; सोझोपना; सिधापन; निष्कपटता।
89210 सरलता ना. ३. सजिलैसँग बुझ्न वा काम गर्न सकिने स्थिति; सुगमता; सुबोधता।
89211 सरलीकरण ना. कुनै अप्ठ्यारो कुरालाई सजिलो पार्ने काम वा क्रिया (जस्तो- भाषामा सरलीकरण, भावमा सरलीकरण आदि )।
89212 सरलीकृत वि. सरल गरिएको, सरल बनाइएको।
89213 सरस वि. रसले युक्त; रससहितको; रसिलो।
89214 सरस वि. २. स्वादिष्ठ; मिठो।
89215 सरस वि. ३. भिजेको; आर्द्र।
89216 सरस वि. ४. रस वा भावले युक्त; रसपूर्ण (साहित्यिक रचना)।
89217 सरस वि. ५. रसिक; सहृदय।
89218 सरसता ना. सरस हुनाको भाव वा स्थिति; रसिलोपन; मिठास।
89219 सरसफाइ ना. सफासुग्घर गरिने वा हुने काम; राम्रो सफाइ।
89220 सरसफाइ ना. २. चोखीनिती; शुद्धि।
89221 सरसफाइ अड्डा ना. सहरको सरसफाइको काम हेर्ने, नगरपालिकाजस्तो एक अड्डा।
89222 सरसर क्रि.वि. बिस्तारै हावा चल्ने वा पात हल्लने गरी।
89223 सरसर क्रि.वि. २. घस्रने वा सर्ने किसिमले।
89224 सरसर क्रि.वि. ३. नअलमलिईकन (लेख्ने वा पढ्ने किसिम )।
89225 सरसरती क्रि.वि. अझै सरसर हुने गरी; सरसरी।
89226 सरसराइ ना. सरसराउने भाव, क्रिया वा प्रक्रिया।
89227 सरसराइनु अ.क्रि. सरसर शब्द निस्किनु।
89228 सरसराउनु अ.क्रि. सरसर शब्द आउनु; सरसराहट हुनु।
89229 सरसरी क्रि.वि. सरसरती।
89230 सरसहयोग ना. परस्पर गरिने सहयोग; सघाउपघाउ; मरमद्द।
89231 सरसल्लाह ना. कुनै कामकुरा गर्नाका निम्ति गरिने पारस्परिक सल्लाह; विचारको आदानप्रदान; परामर्श।
89232 सरसाइनु ना. दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता।
89233 सरसापट ना. परस्पर सापट लिने वा दिने काम; ऐँचोपैँचो।
89234 सरसापटी ना. सरसापट।
89235 सरसामान ना. सामानहरूको समूह; मालमत्ता।
89236 सरसिज ना. कमल; सरोज; पद्म।
89237 सरसी ना. सानो पोखरी; तलाउ।
89238 सरसी रुह ना. कमल; पद्म।
89239 सरस्वती ना. विद्या वा वाणीकी अधिष्ठात्रीका रूपमा मानिएकी देवी; शारदा।
89240 सरस्वती ना. २. विद्या।
89241 सरस्वती ना. ३. भाषा; वाणी।
89242 सरस्वती ना. ४. प्रयागमा आई गङ्गा र यमुनाको सङ्गममा मिल्ने पुराणप्रसिद्ध एक नदी; सप्तसिन्धुमध्ये एक।
89243 सरस्वती पूजा ना. श्रीपञ्चमी वा वसन्तपञ्चमीका दिन उत्साह तथा आराधनासाथ गरिने सरस्वतीको पूजा।
89244 सरस्वती पूजा ना. २. सरस्वती वा विद्याकी देवीको पूजा।
89245 सरह वि. आकार, गुण, श्रेणी, मूल्य र महत्त्वका दृष्टिले बराबर भएको; समान; तुल्य; बराबर।
89246 सरहद ना. कुनै जमिनका टुक्राको चार किल्ला छुट्ट्याउने चिनु; सीमा; साँध।
89247 सरहद ना. २. सीमाभित्रको प्रदेश।
89248 सरहद ना. ३. आफ्नो देश; स्वदेश।
89249 सरहदिया वि. आफू बसेको देश वा सरहदभित्र रहने; सीमाभित्रको प्रदेशमा बस्ने।
89250 सरहदिया वि. २. सरहदसम्बन्धी; सरहदको।