Dictionary

All Word

89251 सरहदी वि. सरहदिया।
89252 सरहपा ना. इस्वीको आठौँ शताब्दीमा हुने वाममार्गी सिद्धसम्प्रदायका आदिपुरुष; लोकभाषामा 'दोहाकोश' नाउँको पुस्तक लेख्ने एक प्रसिद्ध व्यक्ति।
89253 सराइ ना. सर्ने भाव, क्रिया वा प्रक्रिया।
89254 सराइ ना. [सार + आइ] २. सार्ने भाव, क्रिया वा प्रक्रिया।
89255 सराइनी ना. सारङ्गी (जस्तो सराइनीका बोल)।
89256 सराइनु क.क्रि. सर्न लाइनु; सर्ने पारिनु।
89257 सराउ ना. कसैको मृत्यु भएमा जुठोभित्र सहयोगस्वरूप लगिने अन्न, द्रव्य आदि।
89258 सराउ ना. २. विचार।
89259 सराउ ना. ३. घो।
89260 सराउनु प्रे. क्रि. सर्न लाउनु; सर्ने पार्नु।
89261 सराघौँ ना. चालु वर्षसमेत गरेर आउने चौथो वर्ष; पराघौँको अर्को वर्ष; झन् पराघौँ।
89262 सराङ ना. दाउरा सुकाउनाका लागि चुलो, अगेनु आदिमाथि बनाइने टाँड।
89263 सराद्ध ना. श्राद्ध; सराद।
89264 सराप्नु स.क्रि. कसैले गरेको अपमान, अपकार आदिका बदलामा त्यस्तो गर्ने व्यक्तिको अनिष्ट होस् भन्नु; सराप दिनु; शाप दिनु।
89265 सराप्नु स.क्रि. २. गाली गर्नु; अपशब्द बोल्नु।
89266 सराप ना. कसैले गरेको अपकार, अपमान आदिका बदलामा आवेशमा आएर त्यस्तो व्यक्तिको अनिष्ट होस् भनी व्यक्त गरिने बोली; शाप; श्राप।
89267 सराप ना. २. सराप्ने काम वा सराप्ता गरिने गाली।
89268 सराप बगाइ ना. पैतृक श्रापबाट मुक्ति पाउनाका लागि नदीमा गरिने पूजा।
89269 सरापाइ ना. सराप्ने भाव, क्रिया वा प्रक्रिया।
89270 सरापिनु क.क्रि. सराप दिइनु।
89271 सराफ ना. सराफी।
89272 सराफखाना ना. एउटा देशको मुद्रासित अर्को देशको मुद्राको विनिमय वा साटफेर गर्ने अड्डा।
89273 सराफखाना ना. २. विभिन्न किसिमका मुद्राको विनिमयसम्बन्धी काम गर्ने ठाउँ वा घर।
89274 सराफी ना. रुपियाँ, पैसा साट्ने वा सुनचाँदीको खरिदबिक्री गर्ने व्यापारी।
89275 सराफी ना. २. सुन, चाँदी, सिक्का, नोट आदि जाँच्ने वा त्यससम्बन्धी काम गर्न अधिकारप्राप्त व्यक्ति।
89276 सराब ना. रक्सी आदि मादक पेय पदार्थ; मद्य; मदिरा।
89277 सराबखाना ना. सराब बनाउने वा बेच्ने ठाउँ; मधुशाला; भट्टी।
89278 सराबी वि. सराबको अम्मली; रक्सीबाज; जँड्याहा।
89279 सराबरी ना. दुई वा धेरै थोक वस्तुको एकै ठाउँको मिसाइ; छ्यासमिस; सरोबरी।
89280 सराय ना. यात्रीहरू बस्न वा विश्राम गर्न बनाइएको घर; सत्तल।
89281 सराय ना. २. विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तलवार, खुँडा, खड्ग र लट्ठी आदि हतियार हातमा लिएर नचाउँदै, लडाउँदै बाजाका तालमा नाच्दै देखाइने अर्घाखाँचीभेगका जिल्लाको एक प्रसिद्ध जात्रा।
89282 सरासर क्रि.वि. नअडिईकन; फटाफट।
89283 सरासर क्रि.वि. २. एकनाससित; धमाधम।
89284 सरासर क्रि.वि. ३. साक्षात्; प्रत्यक्षतः।
89285 सरासर क्रि.वि. ४. पूरापूर; बिलकुल।
89286 सरासरी क्रि.वि. नअडीकन; सरासर।
89287 सरासरी क्रि.वि. २. एकनासले; लगातार; निरन्तर।
89288 सराहना ना. प्रशंसा; सह्रनी।
89289 सराहनीय वि. प्रशंसनीय; सह्रनीलाग्दो।
89290 सरि ना. यो. बरोबर; समान; सदृश; तुल्य।
89291 सरिक वि. अरूले गर्न थालेको कुनै पनि काममा जुट्ने वा साथ दिने; सहयोगका निम्ति अघि सर्ने।
89292 सरिक वि. २. साथमा रहने; सम्मिलि।
89293 सरिक वि. ना. ३. त्यस्तो सहयोग गर्ने वा साथमा रहने व्यक्ति।
89294 सरित् / सरिता ना. नदी; खोलो।
89295 सरिनु अ.क्रि. एक ठाउँबाट अर्को ठाउँमा गइनु; हिँडिनु।
89296 सरिप / सरिफ वि. शिष्टता वा सज्जनता भएको; भलाद्मी; सज्जन।
89297 सरिफा ना. सलिफा।
89298 सरिबा ना. साना राता फूल फुल्ने लहरादार वनस्पतिविशेष।
89299 सरियान वि. साक्षात्; साक्खै; खास।
89300 सरी क्रि.वि. एउटा वस्तु जति छ अर्को पनि उत्तिकै; बराबरी।