Dictionary

All Word

89051 सम्भ्रम ना. ४. भय; डर।
89052 सम्भ्रम ना. ५. चक्कर खाने क्रिया; घुम्ने क्रिया; चक्कर; भ्रमण।
89053 सम्भ्रम ना. ६. मान; प्रतिष्ठा।
89054 सम्भ्रान्त वि. व्याकुल भएको; विह्वल भएको; हडबडाएको; आत्तिएको।
89055 सम्भ्रान्त वि. २. भ्रममा परेको; बाटो बिराएको।
89056 सम्भ्रान्त वि. ३. चक्कर खाएको; घुमेको।
89057 सम्भ्रान्त वि. ४. सम्मानित; प्रतिष्ठित; कुलीन।
89058 सम्म वि. एकनाससित सतह मिलेको; होचोअग्लो नभएको; समथर।
89059 सम्म ना.यो. कुनै ठाउँको भौगोलिक सीमा वा कुनै कामकुराको समयावधिलाई बुझाउने शब्द; सम्मन्; तक; पर्यन्त (हिमालसम्म, कार्तिकसम्म इ. )।
89060 सम्मठ ना. आँट (उदा.- भन्ने सम्मठ कस्छु कालसँगको स्पर्धा बढाईकन)।
89061 सम्मत वि. एउटै राय वा मत भएको; सहम।
89062 सम्मत वि. २. स्वीकार गरिएको; मानिएको; स्वीकृ।
89063 सम्मत वि. ३. अधिकार वा सम्मति दिइएको; स्वीकृतिप्राप्।
89064 सम्मत वि. ४. मन परेको; रुचाइएको।
89065 सम्मति ना. सम्मत हुनाको भाव; एउटै मत हुने क्रिया; सहमति; ऐकमत्य।
89066 सम्मति ना. २. राय।
89067 सम्मति ना. ३. स्वीकृति।
89068 सम्मन् ना. यो. सम्म; पर्यन्।
89069 सम्मन्त्रणा ना. पछिसम्म राम्रो गर्ने राम्रो सल्लाह; राम्रो परिणाममा पुर्‍याउने असल सल्लाह।
89070 सम्मान ना. विशेष मान; ठुलो आदर वा सत्कार।
89071 सम्मान ना. २. प्रतिष्ठा; इज्ज।
89072 सम्मान गारद ना. राजा, राष्ट्राध्यक्ष वा त्यस्तै विशिष्ट व्यक्ति कुनै अर्को देशको औपचारिक भ्रमणमा जाँदा वा फर्कँर्दा वा अन्य कुनै समय, अवसर वा पर्वमा विशेष सम्मान प्रदर्शन गर्न उपस्थित सैनिक दल वा त्यसले दिएको सलामी (गार्ड अफ् अनर)।
89073 सम्माननीय वि. सम्मान गर्नुपर्ने; सम्मान गर्न योग्य; आदरणीय (प्रधान मन्त्री, प्रधान न्यायाधीश, राजसभाका सदस्य आदिलाई प्रयुक्त हुने )।
89074 सम्मान पत्र ना. अभिनन्दनपत्र।
89075 सम्मानित वि. सम्मान गरिएको; आदरसत्कार गरिएको; सबैले मानेको; प्रतिष्ठि।
89076 सम्मान्य वि. सम्मान गर्न योग्य; सम्माननीय।
89077 सम्मानार्थ क्रि.वि. सम्मानका लागि ( जस्तो- सम्मानार्थ सदस्य, सम्मानार्थ उपाधि आदि)।
89078 सम्मिनु अ.क्रि. एकनाससित सतह मिल्नु; अग्लोहोचो नहुनु; समतल हुनु; सम्म हुनु।
89079 सम्मिलन ना. गाभिने, मिल्ने वा जोरिने काम; संयुक्तता।
89080 सम्मिलन ना. २. मिश्रित हुने क्रिया; मिसाइ।
89081 सम्मिलन ना. ३. भेटघाट; सम्मेलन।
89082 सम्मिलन ना. ४. सूर्य वा चन्द्र ग्रहणको खग्रास हुँदा पूरा ढाकिएको अवस्था।
89083 सम्मिलन विलेख ना. कुनै देशका अञ्चल, जिल्ला आदिका भूखण्ड अर्को अञ्चल, जिल्ला आदिमा मिलाउँदा दुवै पक्षका अधिकारीहरूको सही भएको प्रामाणिक लिखतपत्र।
89084 सम्मिलित वि. अर्को वस्तु वा कुरामा मिलेको; मिसिएको।
89085 सम्मिलित वि. २. सरिक भएको; सामिल भएको।
89086 सम्मिश्रण ना. एक वस्तु अर्को वस्तु वा कुरामा मिसिने काम; मिश्रण; मिलावट।
89087 सम्मीलित वि. दुवै परेला जोडिएको; परेलाले ढाकिएको; चिम्लिएको (आँखा)।
89088 सम्मीलित वि. २. चन्द्र वा सूर्यलाई कालिमाले ढाकेको; खग्रास भएको।
89089 सम्मुख वि. अगाडिपट्टिको; अगिल्तिरको; सामुन्नेको।
89090 सम्मुख वि. ना. यो. २. मुखेन्जी; सामु।
89091 सम्मेलन ना. कुनै सङ्घसंस्थाका सदस्य वा कुनै वर्ग, व्यवसाय वा मतका व्यक्तिहरू कुनै निश्चित उद्देश्य तथा कार्यक्रमका साथ जम्मा हुने काम।
89092 सम्मेलन ना. २. दुई वा दुईभन्दा बढी वस्तुलाई मिलाउने वा मिसाउने काम; मिश्रण।
89093 सम्मोह ना. रोग, भय, शोक आदिबाट निश्चेष्ट भएको अवस्था; मूर्च्छा; बेहोसी।
89094 सम्मोह ना. २. के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था; अज्ञानावस्था।
89095 सम्मोह ना. ३. अज्ञान।
89096 सम्मोह ना. ४. आत्तिने क्रिया; अत्यास।
89097 सम्मोह ना. ५. वशीकरण।
89098 सम्मोहक वि. सम्मोहमा परेको; सम्मोहित गराउने।
89099 सम्मोहन ना. रूप, गुण वा अन्य कुनै आकर्षक कुराका आधारमा कसैलाई मोहित पार्ने काम; लोभ्याउने काम।
89100 सम्मोहन ना. २. कामदेवका पाँच बाणमध्ये एक।