Dictionary

All Word

89101 सम्मोहन ना. ३. दुस्मनलाई लट्ठ्याउने पौराणिक समयको एक अस्त्र।
89102 सम्मोहन ना. ४. तन्त्रविद्या वा टुनामुना आदिद्वारा मोहित पार्ने काम; मोहनी लाउने काम।
89103 सम्मोहित वि. निश्चेष्ट तुल्याइएको; लट्ठ्याइएको।
89104 सम्मोहित वि. २. मोहमा पारिएको; मोहनी लगाइएको; वशीकृ।
89105 सम्म्याइ ना. सम्मिने भाव, क्रिया वा प्रक्रिया [सम्म्याउ + आइ]।
89106 सम्म्याइ ना. २. सम्म्याउने भाव, क्रिया वा प्रक्रिया।
89107 सम्म्याइनु क.क्रि. सम्म पारिनु।
89108 सम्म्याउनु स.क्रि. अग्लो होचोलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु २. खजमजिएका वस्तु तह लाउनु।
89109 सम्म्याउनु स.क्रि. ३. एकनास तुल्याउनु।
89110 सम्यक् वि. सुहाउँदो बुझिँदो; मुनासिब; ठिक; उचित; उपयुक्।
89111 सम्यक् वि. २. सबै; सम्पूर्ण; सारा; समस्।
89112 सम्यक् वि. क्रि.वि. ३. मिलाएर; राम्ररी।
89113 सम्यक् वि. ना. ३. महायानी बौद्धधर्मानुसार हरेक बाह्र, पाँच वा तीन वर्षमा समर्थ व्यक्तिले काठमाडौँमा मनाउने, राजालाई समेत उपस्थित गराई बुद्धको र राजाको पनि पूजा गरी त्यसपछि भोजसमेत गराई सम्पन्न गरिने एक प्रकारको धार्मिक उत्सव।
89114 सम्राज्ञी ना. सम्राट्की पत्नी।
89115 सम्राज्ञी ना. २. साम्राज्यको शासन गर्ने स्त्री।
89116 सम्राज्ञी ना. ३. महारानी।
89117 सम्राट् ना. ठुलो राजा; महाराजाधिराज; बादशाह।
89118 सम्ल्हनु अ.क्रि. कुनै नराम्रो वा हानिकारक कुराबाट बच्नु; सावधान हुनु; सँभालिनु।
89119 सम्ल्हाइ ना. सँभलाइ।
89120 सम्ल्हाइनु क.क्रि. सँभालाइनु।
89121 सम्ल्हिनु सँभलिनु; सम्ल्हनु।
89122 सम्सम ना. तिलस्मी ढोका उघार्ने अर्थमा आख्यान वा कथामा प्रयुक्त साङ्केतिक शब्द ( उदा.- खोली सम्सम सानन्द। लक्ष्मीप्रसाद देवकोटा, सुलोचना )।
89123 सम्हाल्नु स.क्रि. कुनै वस्तु वा कुरा जोगाएर राख्नु; बचावट गर्नु; सम्भार गर्नु।
89124 सम्हाल ना. सम्हाल्ने काम; बचावट; सम्भार।
89125 सम्हालाइ ना. सम्हाल्ने भाव, क्रिया वा प्रक्रिया; सँभालाइ।
89126 सम्हालिनु क.क्रि. सँभालिनु।
89127 सय ना. नब्बे र दशको योगबाट बन्ने सङ्ख्या; तीन अङ्कबाट बन्ने सबभन्दा सानो सङ्ख्या।
89128 सय ना. वि. २. नब्बे र दशका योगसङ्ख्याको; शय।
89129 सयकडा ना. प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या।
89130 सयकडा ना. २. त्यसरी हिसाब गर्दा सयभित्रबाट काटिने संख्या।
89131 सयकडा ना. क्रि.वि. ३. एक सयका हिसाबमा; सयपिच्छे; प्रतिश।
89132 सयकडी ना. सयकडाका हिसाबले लिइनेदिइने अङ्क, दस्तुर वा मेहनताना।
89133 सयकडौँ वि. अनगिन्ती सङ्ख्याको; धेरै सय; सयौँ; अति धेरै।
89134 सयताल ना. वास्तु तथा मूर्तिमा अङ्गुलको दश गुना बराबरको नापका लागि प्रयुक्त हुने शब्द; दश अमल बराबरको नाप।
89135 सयपत्री ना. छेउमा करौँतीजस्ता धार परेका नरम लामा पात र धेरै पत्र हुने पहेँला वा सुनौला रङको फूल फुल्ने एक जातको बोट।
89136 सयपत्री ना. २. त्यसैको फूल।
89137 सयल ना. मन बहलाउनका निम्ति रमणीय वा मन लागेको ठाउँमा घुम्ने वा टहल्ने काम; सैर; विहार।
89138 सयौँ वि. गणनाका क्रमले सयसय सङ्ख्यामा परेको; सय सङ्ख्याको।
89139 सयौँ वि. २. सयकडौँ।
89140 सर्नु अ.क्रि. कुनै व्यक्ति, वस्तु वा कुरा एक ठाउँबाट अर्को ठाउँतिर हट्नु; अर्को ठाउँमा जानु।
89141 सर्नु अ.क्रि. २. घस्रनु; हिँड्नु।
89142 सर्नु अ.क्रि. ३. बसेको ठाउँ, थलो आदि बदल्नु; बस्ती फेर्नु; बसाइँ जानु।
89143 सर्नु अ.क्रि. ४. सङ्क्रामक रोग आदि एउटाबाट अर्कामा फैलँदै जानु।
89144 सर ना. ठुलो प्राकृतिक पोखरी; तलाउ; जलाशय।
89145 सर ना. २. जलप्रपात; झरना।
89146 सर ना. ३. दुध वा दहीको तर।
89147 सर ना. ४. हार; माला।
89148 सर वि. जितिएको; विजि।
89149 सर वि. ना २. जितबाजी; विजय (उदा.- नेपाली फौजले किल्ला सर गऱ्यो )।
89150 सर वि. ३. असर; प्रभाव।