Dictionary

All Word

89301 सरी क्रि.वि. (उदा.- चामल र मकै सरी साट्न कहाँ पाइन्छ र)।
89302 सरीबरी क्रि.वि. दुई वा धेरै वस्तु एकै ठाउँ मिसिएर; छ्यासमिसे चालमा।
89303 सरीसृप ना. घस्रेर हिँड्ने जन्तु, किरा आदि ( सर्प, गँड्यौलो, चिप्लेकिरा आदि)।
89304 सरीसृप युग ना. सरीसृपजीवको सृष्टि भएको युग; आजभन्दा उन्नाइस करोड वर्ष पहिले प्रारम्भ भएको युग।
89305 सरुन ना. ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये श्रवणदेखि रेवतीसम्मका, घर छाउने, काठ काट्ने आदि काम गर्न निषेध गरिएका छ नक्षत्र।
89306 सरुने वि. सरुनमा परेको; सरुनको।
89307 सरुने वि. ना २. खुकुरी, तरबार, धनुर्वाण आदि लिएर युद्धको नक्कल गरिने काम।
89308 सरुवा वि. धान सरोबरी भएको (चामल); नफलेको (चामल)।
89309 सरुवा वि. २. ना. धेरै धान भएको चामल।
89310 सरुवा वि. सर्ने किसिमको; सरौटे; सङ्क्रामक।
89311 सरुवा वि. २. एक ठाउँबाट अर्को ठाउँमा सरेर आएको।
89312 सरुवा वि. ३. सरकारी अड्डाखाना वा अन्य संस्थान आदिका कर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम।
89313 सरुवा वि. ४. बिखालु तेल आउने कदम।
89314 सरुवा पुर्जी ना. उक्त किसिमले सरुवा हुँदा कर्मचारीलाई दिइने पुर्जी।
89315 सरुवा रोग ना. रोग लागेका व्यक्तिसँग छातछुत गर्दा सर्ने रोग; सङ्क्रामक रोग।
89316 सरुहम ना. तराईतिर हुने एक प्रकारको धान।
89317 सरूप वि. समान रूप भएको; उस्तै रूप वा वर्णको।
89318 सरूप वि. २. रूप भएको; साकार।
89319 सरूप वि. ३. सुन्दर; राम्रो।
89320 सरूपता ना. सरूप हुनाको भाव वा स्थिति; समरूपता; एकरूपता।
89321 सरेक ना. पाहिक; पाइक।
89322 सरेस ना. राँगो, उँट आदि पशुको छाला, माछाको कत्ला आदि पकाएर बनाइने, पुस्तक, बही आदि सिएर जिल्द हाल्दा टाँसिने र छापाखानामा मसी लगाउने रुलर आदि बनाइने लस्सादार पदार्।
89323 सरो ना. कपडा, पात आदि कुराको तह वा पत्र।
89324 सरो ना. २. दैनिक व्यवहारका निम्ति वा अरू कामकाजका लागि आवश्यक हुने एक थान सबै वस्तु।
89325 सरो ना. वि. ३. एक, दुई आदि सङ्ख्यावाची शब्दमा जोडिई विशेषण बनेर प्रयुक्त हुने शब्द (जस्तो- एकसरो लुगा, दुईसरो खास्टो इ.)।
89326 सरोकार ना. प्रयोजन; वास्ता; चासो।
89327 सरोकार ना. (उदा.- अरूको कामको तिमीलाई के सरोकार ? ) २. सम्बन्ध; सम्पर्क।
89328 सरोकार ना. (उदा.- उहाँसँग तपाईंको केही सरोकार पनि होला )।
89329 सरोकारवाला वि. सरोकार वा सम्बन्ध भएको; सम्बन्धि।
89330 सरोकारी वि. सरोकार भएको; सरोकार राख्ने; सरोकारवाला।
89331 सरोज ना. कमल; पद्म।
89332 सरोजिनी ना. कमल फुल्ने वा फुलेको तलाउ; कमलपोखरी।
89333 सरोजिनी ना. २. कमलिनी।
89334 सरोद ना. अठार वा बाइस तार लागेको, जवाले बजाइने, सारङ्गीजस्तो, छालाले मढेको एक किसिमको तारबाजा।
89335 सरोबर वि. दुई वा धेरै वस्तु समान रूपले मिलेको, छ्यासमिस भएको; सरोबरी भएको।
89336 सरोबरी ना. दुई वा धेरै वस्तु समान रूपले मिल्ने काम; सराबरी।
89337 सरोवर ना. तलाउ; पोखरी; दह (जस्तो- मानसरोवर )।
89338 सरौटे वि. छुवाछूत हुँदा एउटाबाट अर्कोमा सर्ने खालको; सरुवा।
89339 सरौटे वि. ना. २. सरुवा रोग; सरौटो।
89340 सरौटो ना. सारेर, निछोटेर काममा ल्याउन लायक बनाइएको अन्नपा।
89341 सरौटो ना. २. सरुवा रोग; सङ्क्रामक रोग।
89342 सरौतो ना. सुपारी आदि काट्ने कैँचीका ढबको फलामे हतियार।
89343 सरौलो ना. गाईबस्तुलाई खुवाइने पिठो, नुन आदि हाली मलेको भुस्सा।
89344 सर्कनु अ.क्रि. खाएपिएको वस्तु श्वासका वेगले नाकको भित्री प्वालबाट माथितिर लाग्नु।
89345 सर्कनु अ.क्रि. २. पदोन्नति आदि भएर छिटै माथितिर उक्लनु; उँभो लाग्नु।
89346 सर्कनु अ.क्रि. ३. उन्नति वा बढिबढाउ हुनु; अभ्युदय हुनु।
89347 सर्कनु अ.क्रि. ४. झस्को पस्नु; हूप पस्नु; सड्कनु।
89348 सर्कनु अ.क्रि. ५. देखासिकी गर्दै वा अभिमानले फुल्नु; मात्तिनु।
89349 सर्कस ना. लामो समयसम्मको व्यायामसम्बन्धी अभ्यास र तालिमद्वारा अभ्यस्त र सिपालु मानिस तथा पशुहरूद्वारा समेत प्रदर्शन गरिने कौतूहलपूर्ण र आश्चर्यजनक खेल-तमासा।
89350 सर्कस ना. २. त्यस्तो काम गर्ने जमा।