Dictionary

All Word

89151 सर वि. ४. सफलता।
89152 सर वि. ५. उपयुक्तता; अनुकूलता।
89153 सर सम्बो. सम्मानित व्यक्तिलाई सम्बोधन गर्ने शब्द; महोदय।
89154 सर सम्बो. २. ब्रिटिस राज्यद्वारा प्रदान गर्ने गरिएको एक उपाधि ( जस्तो सर विलियम, सर अशोक ब्यानर्जी आदि)।
89155 सरकार ना. देश वा राज्यको शासकमण्डल; राज्यसंस्था; शासनसत्ता; शासन व्यवस्था।
89156 सरकार ना. २. प्रभु; स्वामी; राजा।
89157 सरकारवादी वि. सरकार नै वादी भएर चलाइने; ऐनले सरकारबाट चलाए हुने गरी तोकेअनुसार सरकारले नै उजुर गरेको वा सरकार नै उजुरवाला हुने; सरकार वादी हुने (मुद्दा )।
89158 सरकारवादी मुद्दा ना. उक्त किसिमले सरकारवादी भनेर तोकिएको वा सरकार नै वादी भई चलाइने मुद्दामामिला ( राजकाजसम्बन्धी, कन्याचोरी, जूवा, अर्काको घरमा आगो लगाउने, गोवध आदि)।
89159 सरकारिया वि. सरकारसम्बन्धी; सरकारी; राजकीय।
89160 सरकारी वि. सरकारको; सरकारसम्बन्धी; सरकारिया।
89161 सरकारी वि. २. मालिकको।
89162 सरकारी वि. ३. सरकारका तर्फबाट वा सरकारवादी मुद्दाहरूमा वकालत वा बहस गर्ने (जस्तो- सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि )।
89163 सरकारी आदेश ना. सरकारद्वारा निकालिने आदेश, अधिकारपत्र आदि; सरकारले जारी गरेको आदेश।
89164 सरकारी कर्मचारी ना. सरकारी सेवामा रही नियमित रूपमा काम गर्ने कर्मचारी; निजामती, प्रहरी र सैनिक सेवाका कर्मचारी; जागिरे।
89165 सरकारी कारोबार ना. सरकारका तर्फबाट गरिने कामकाज; सरकारसम्बन्धी कामकाज।
89166 सरकारी जग्गा ना. कुनै व्यक्ति वा गैरसरकारी संस्थाको नाममा दर्ता नरही सरकारको अधीनमा रहेको जग्गा।
89167 सरकारी मुद्दा ना. सरकारवादी मुद्दा।
89168 सरकारी मुद्दा ना. २. सरकारसम्बन्धी मुद्दा।
89169 सरकारी यन्त्र ना. सरकारको कामकाज चलाउने अड्डाअदालत र तिनीहरूमा काम गर्ने कर्मचारी।
89170 सरकारी रकम ना. सरकारी कोषमा रहेको र जनताले सरकारलाई तिर्नुपर्ने वा तिर्न बाँकी रहेको नगद।
89171 सरकारी वकिल ना. सरकारी मुद्दामामिलामा सरकारका तर्फबाट बहस गर्ने वकिल ( महान्यायाधिवक्ता, वरिष्ठ सरकारी अधिवक्ता, सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि )।
89172 सरकारी वन ना. सरकारको अधीनमा रहेको वन।
89173 सरक्क क्रि.वि. कुनै व्यक्ति वा वस्तु बिस्तारै सर्ने वा पन्छिने किसिमले; परतिर सर्ने गरी।
89174 सरगम ना. सङ्गीतका सात स्वर (सा, रे, ग, म, प, ध, नि )।
89175 सरचार्ज ना. एकपल्ट एक किसिमबाट कर तिरिसकेको वस्तुमा अर्कोपल्ट अर्को रूपबाट लगाइने कर; अतिरिक्त कर।
89176 सरजमिन ना. सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ।
89177 सरजमिन ना. २. छरछिमेकका मानिस; साँधसँधियार।
89178 सरजमिन ना. ३. सम्बन्धित स्थान वा छरछिमेकका मानिस बुझ्नुपर्ने मुद्दामामिलामा सबुत-प्रमाणका निम्ति रीत पुर्‍याई बुझ्ने कामकारबाई।
89179 सरजिमी ना. वरिपरिको वा छरछिमेकको देश (दिव्य.)।
89180 सरण ना. सर्ने भाव, क्रिया वा प्रक्रिया।
89181 सरणि / सरणी ना. मार्ग; बाटो।
89182 सरणि / सरणी ना. २ पद्धति; प्रणाली।
89183 सरणि / सरणी ना. ३. रेखा; डोरो।
89184 सरणि / सरणी ना. ४. चलेर आएको परिपाटी वा प्रथा; रीति।
89185 सरताप्रे ना. बाण, भाला आदिका टुप्पाका आकारका पात हुने र खैरो फूल फुल्ने एक जातको बुटी; मुसाकाने; कानपाते।
89186 सरदर वि. ठुलोसानो वा असल, खराब नछुट्ट्याई सबैको एकनाससित मोल राख्दा पर्न आउने, ठुलोसानोको आधारमा मूल्याङ्कन नगरी गोटाको आधारमा मोल राख्दा पर्न आउने; (सङ्ख्या)।
89187 सरदर वि. २. विभिन्न आय भएका विभिन्न तहका व्यक्तिहरूका सम्पूर्ण आयलाई व्यक्ति वा वस्तुका निम्ति हुने विभिन्न तहको सबै आम्दानीखर्च समानुपातिक रूपमा ल्याउँदा प्रतिव्यक्ति वा प्रतिवस्तु पर्न आउने।
89188 सरदार ना. कुनै मण्डलीको नेता; अगुवा; नायक।
89189 सरदार ना. २. पुरानो चलनअनुसार मीर सुब्बाभन्दा माथि र काजीभन्दा तलको एक निजामती दर्जा; भारदारमध्ये एक।
89190 सरदार ना. ३. पन्जाबी पुरुष जातिलाई प्रयोग गरिने आदरार्थी शब्द।
89191 सरदारी ना. सरदारको पद, काम वा स्थिति; सरदारको पन।
89192 सरनाम वि. नाम भएको; प्रसिद्ध; विख्या।
89193 सरनाम वि. ना. २. राम्रो काम गरेर वा असल कुरामा चलेको नाम; सुनाम।
89194 सरपञ्च ना. पञ्चहरूमा मुख्य पञ्च; प्रधान पञ्च।
89195 सरपोस ना. बिर्को; ढकनी (कसौँडीको काने)।
89196 सरम ना. लाज; लज्जा; शरम।
89197 सरम ना. २. इज्जत; आबरु।
89198 सरम ना. ३. अनकनाउने काम; सङ्कोच।
89199 सरमछाडा वि. सरम नभएको; बेसर्मी; गतिछाडा।
89200 सरयू ना. मानसरोवरबाट निक्लिएर कर्णाली क्षेत्रबाट बग्दै बर्दिया पुगेर कैलाली हुँदै भारत प्रवेश गरेपछि अयोध्यामा पुगेर सरयू नामबाट प्रसिद्ध भएको नदी; कर्णाली; घाघरा।