Dictionary

All Word

89401 सर्पट कटान ना. साँधसिमाना छुट्ट्याउने वा कित्ताफोड गर्ने काम।
89402 सर्पट नापी ना. जन्जिरद्वारा गरिने जग्गाको नापी।
89403 सर्पयज्ञ/सर्पयाग ना. सर्पहरूको नाश गर्नाका निम्ति परीक्षित्का छोरा जनमेजयले गरेको महाभारत पुराणप्रसिद्ध एक यज्ञ; नागयज्ञ।
89404 सर्पविद्या ना. सर्पलाई लट्ठ्याउने, समात्ने वा वशमा पार्ने विद्या।
89405 सर्पविद्या ना. २. सर्पका विषयमा सबै कुरा लेखिएको शास्त्र; सर्पसम्बन्धी विद्या; गारुडी विद्या।
89406 सर्बत ना. सक्खर वा चिनी र मरिच, सुकुमेल आदि मिलाई तयार पारिएको पानी।
89407 सर्बत ना. २. फलफूलका रसमा चिनी आदि हाली पकाइएको पेय पदार्।
89408 सर्भे ना. जग्गाजमिनको नापी तथा भौगोलिक वा भौगर्भिक विशेषताको निरूपण गर्ने काम; कुनै जमिनको टुक्राको परिमाण आदि पत्ता लगाउन गरिने नापजाँच।
89409 सर्भे ना. २. कुनै स्थान वा विषयमाथि सामान्य दृष्टि दिने, विचारविमर्श गर्ने वा त्यसको व्याख्या गर्ने काम।
89410 सर्म ना. सरम; लाज।
89411 सर्माइ ना. सर्माउने भाव, क्रिया वा प्रक्रिया।
89412 सर्माइनु अ.क्रि. सर्माउने काम हुनु; सरम मानिनु।
89413 सर्माउनु अ.क्रि. सरममा पर्नु; लाज मान्नु; सङ्कोच मान्नु; लजाउनु।
89414 सर्माहट ना. सर्माउने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
89415 सर्मालु वि. सरम मान्ने; लज्जाशील; लजालु।
89416 सऱ्याइ ना. सऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
89417 सऱ्याइनु क.क्रि. सऱ्याउने काम गरिनु।
89418 सऱ्याउनु स.क्रि. तह, खात वा सर झिक्नु।
89419 सऱ्याउनु स.क्रि. २. मकैका घोगाको बाहिरी खोस्टो निकाल्नु।
89420 सर्र क्रि.वि. एकाएक शीतल तथा आनन्ददायक हावा चलेर।
89421 सर्र क्रि.वि. २. राम्ररी पिङ मच्चिने किसिमले।
89422 सर्र क्रि.वि. ३. कुनै पनि काम विनारोकटोक सजिलैसित हुने गरी।
89423 सर्र सर्र क्रि.वि. लगातार सर्र हुने गरी।
89424 सर्लाही ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने जनकपुर अञ्चलको तराई भागमा रहेको एक जिल्ला।
89425 सर्व वि. सबै; सम्पूर्ण; समस्त; जम्मै।
89426 सर्वजनीन वि. सबैको; सबैसित; सार्वजनिक।
89427 सर्वजा ना. हलेदाका जस्ता लामा र ठुला पात हुने, रातापहेँला, छिरबिरे रङका फूल फुल्ने कोसामित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट; त्यसैको फूल।
89428 सर्वजात ना. सबै जात; विभिन्न जाति।
89429 सर्वजित् वि. सबैलाई जित्ने वा जित्न सक्ने; सबैमाथि विजय हासिल गर्ने।
89430 सर्वज्ञ वि. सबै कुरा जान्ने ना. २. ईश्वर।
89431 सर्वज्ञ वि. ३. बुद्ध।
89432 सर्वज्ञता ना. सर्वज्ञ हुनाको भाव वा स्थिति।
89433 सर्वतः क्रि.वि. सबैतिर; जताततै; वरिपरि।
89434 सर्वतः क्रि.वि. २. अनेक प्रकारले; धेरै किसिमले।
89435 सर्वतः क्रि.वि. ३. पूर्णत; पूर्ण रूपले।
89436 सर्वतन्त्र ना. सबै किसिमका तन्त्र; सबै तन्त्रविद्या।
89437 सर्वतन्त्र ना. २. सम्पूर्ण शास्त्र वा तन्त्रको अध्ययन गर्ने व्यक्ति।
89438 सर्वतन्त्र ना. वि. ३. सबै जनता वा शास्त्रले मानेको।
89439 सर्वतोभद्र वि. सबैको सबै प्रकारले कल्याण गर्ने।
89440 सर्वतोभद्र वि. २. जुँगा, दाह्री , कपाल सबै खौरेको ।
89441 सर्वतोभद्र वि. ना ३. देवतालाई राखिने वा पूजा गरिने ठाउँमा कपडामा वा जमिनमा विभिन्न रङ भएका वस्तुद्वारा कोठाकोठा पारी लेखिने र पूजा गरिने एक यन्त्र।
89442 सर्वतोभावेन क्रि.वि. हरप्रकारले; सबै तरहले।
89443 सर्वतोभावेन क्रि.वि. २. उचित तवरले; ठिकसि।
89444 सर्वतोमुख वि. सबैतिर मुख भएको; चारैतिर मुख फर्केको।
89445 सर्वतोमुख वि. २. सबै किसिमका विषय वा समस्यामा विचार व्यक्त गर्न सक्ने; सबै विषयको ज्ञान वा प्रतिभा भएको।
89446 सर्वतोमुखी वि. सबैतिर गति भएको; कुनै कुरामा पनि पछि नपर्ने; सर्वतोमुख।
89447 सर्वत्र क्रि.वि. सबै ठाउँमा; सबैतिर; जहाँतहीँ।
89448 सर्वथा क्रि.वि. सबै प्रकारले; सबै किसिमबाट।
89449 सर्वथा क्रि.वि. २. जसरी भए पनि।
89450 सर्वदल ना. राजनीति वा अन्य विषयसँग सम्बद्ध विभिन्न किसिमका विचारधारा राख्ने व्यक्तिहरूको जमात वा दल।