Dictionary

All Word

89451 सर्वदल ना. २. कुनै विषयमा विचार, विमर्श गर्न भेला भएका सबै दल वा जमा।
89452 सर्वदलीय वि. सबै दल वा संस्थाको; सबै दल वा संस्थासँग सम्बन्धि।
89453 सर्वदलीय वि. २. सबै दल मिलेर बनेको वा गरेको (सरकार, शासन आदि)।
89454 सर्वदर्शिता ना. सर्वदर्शी हुनाको भाव वा स्थिति।
89455 सर्वदर्शी वि. सबै कुरा देख्ने वा देखेको; सर्वत्र दृष्टि पुर्‍याउने।
89456 सर्वदर्शी वि. २. सबै विषय वा वस्तुको ज्ञान भएको।
89457 सर्वदर्शी वि. ३. ईश्वर; परमात्मा।
89458 सर्वदा क्रि.वि. हरबखत; सधैँ।
89459 सर्वदा क्रि.वि. ना. २. अदुवाको जस्तो बोट हुने, रातो वा पहेँलो रङको फूल फुल्ने एक जातको रुख वा त्यसैको फूल।
89460 सर्वनाम ना. व्याकरणका अनुसार नाम प्रयुक्त हुने पदका सट्टामा आउने शब्द (त्यो, तिनी, उहाँ आदि)।
89461 सर्वनाम ना. २. सबै नाम वा सबैको नाम।
89462 सर्वनाश ना. भएभरका व्यक्ति वा वस्तुको नाश; सखाप हुने काम वा स्थिति; बरबादी; सत्यानाश।
89463 सर्वनाशक वि. सर्वनाश गर्ने; बरबाद गर्ने; सत्यानाशी।
89464 सर्वप्रथम क्रि.वि. सबैभन्दा पहिले; सबभन्दा अगाडि।
89465 सर्वप्रथम क्रि.वि. वि. २. सबैभन्दा पहिले भएको; सबैमा पहिलो।
89466 सर्वप्रिय वि. सबैलाई प्यारो लागेको; सबैको प्यारो; लोकप्रिय।
89467 सर्वप्रियता ना. सर्वप्रिय हुनाको भाव वा स्थिति; लोकप्रियता।
89468 सर्वभक्षी वि. भोज्य र अभोज्य विचार नगरीकन सबै कुरा खाने; भोज्याभोज्यको विचार नभएको ना. २. अग्नि; आगो।
89469 सर्वभोगी वि. असल खराब सबै वस्तुको उपभोग गर्ने।
89470 सर्वभोगी वि. २. खान हुने, खान नहुने सबै कुरा खाने; सर्वभक्षी।
89471 सर्वमङ्गला वि. सबैको कल्याण गर्ने (स्त्री)); मङ्गलकारिणी।
89472 सर्वमङ्गला वि. ना. २. दुर्गा।
89473 सर्वमङ्गला वि. ३. लक्ष्मी।
89474 सर्वमान्य वि. सबैले मानेको' सबैद्वारा सम्मानि।
89475 सर्वमान्य वि. २. सबैले मान्नुपर्ने; सबैलाई मान्य हुने; सबैले मान्न योग्य।
89476 सर्वरकम ना. सबै किसिमको धन-सम्पत्ति; सबै रकम।
89477 सर्वव्यापक / सर्वव्यापी वि. सबै ठाउँमा फैलिएको; सबै ठाउँमा व्याप्त भएर रहेको।
89478 सर्वव्यापक / सर्वव्यापी वि. २. सबैलाई ढाकेर रहेको।
89479 सर्वव्यापक / सर्वव्यापी वि. ना. ३. ईश्वर; परमात्मा।
89480 सर्वशक्तिमान् वि. सबै कामकुरा गर्ने शक्ति भएको; सबै किसिमका शक्तिले युक्त भएको।
89481 सर्वशक्तिमान् वि. ना. २. ईश्वर; देवता।
89482 सर्वश्री ना. धेरै मानिसका नामको उल्लेख गर्दा सबैका नामका अगाडि 'श्री' नलेखी सामूहिक रूपमा आदर जनाउन सबैभन्दा पहिले आएको नामको अगिल्तिर मात्र लगाइने आदरसूचक शब्द; श्रीमन्।
89483 सर्वश्रेष्ठ वि. सबैभन्दा श्रेष्ठ; उच्च; सर्वोत्तम; सबैभन्दा ठुलो; उम्दा।
89484 सर्वश्रेष्ठता ना. सर्वश्रेष्ठ हुनाको भाव वा अवस्था।
89485 सर्वसंहार ना. सर्वनाश; सत्यानाश; सबथोक स्वाहा।
89486 सर्वसंहारक वि. सर्वसंहारी; सर्वनाशी।
89487 सर्वसंहारी वि. सर्वसंहार गर्ने; सर्वनाशी।
89488 सर्वसत्ता ना. कुनै काम वा विषयसँग सम्बन्धित सबै किसिमको अधिकार; सम्पूर्ण अधिकारयुक्त सत्ता।
89489 सर्वसत्ता सम्पन्न वि. कुनै काम वा विषयसँग सम्बन्धित सबै अधिकारले युक्त; सम्पूर्ण अधिकार भएको।
89490 सर्वसम्मत वि. उपस्थित वा सम्बन्धित सबै व्यक्तिहरूको सहमति वा स्वीकृति भएको; सबैको सम्मति पाएको; सबैले मानेको।
89491 सर्वसम्मति ना. उपस्थित वा सम्बन्धित सबैको सहमति वा रायसल्लाह।
89492 सर्वसाक्षी ना. संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर।
89493 सर्वसाक्षी ना. वि. २. सबै कुरा देख्नेसुन्ने; सबै कुराको साक्षी भएको।
89494 सर्वसाधारण ना. सबै प्रकार वा स्तरका मानिसको जमात; अधिकांश सामान्य जनता।
89495 सर्वसाधारण ना. वि. २. सामान्य रूपको; साधारण खालको; मामुली।
89496 सर्वस्व ना. भएभरको पूरै सम्पत्ति; सारा सम्पत्ति; जिलीगाँठी।
89497 सर्वस्व ना. २. कुनै ठुलो अभियोगमा कानुनअनुसार आफ्नो भएभरको सम्पत्ति अपहरण हुने वा गुम्ने अवस्था ( जस्तो- सर्वस्व हुनु, सर्वस्व लिइनु आदि)।
89498 सर्वस्व हरण ना. भएभरको पूरै सम्पत्ति हर्ने काम; सिरीखुरीहरण।
89499 सर्वहारा ना. सबै कुरा हराएको वा गुमेको वर्ग; केही नभएको विपन्न वर्ग; निम्न तहको श्रमिक वर्ग।
89500 सर्वहारा अधिनायकत्व ना. देश वा समाजका धनी वर्गको हातबाट शासनसत्ता खोसेर सर्वसाधारण श्रमिकहरूले शासनको सर्वाधिकार आफ्नो हातमा लिने काम वा प्रक्रिया।