Dictionary

All Word

89501 सर्वहारावाद ना. सर्वहारावर्गको अधिनायकत्वका निम्ति प्रयत्नशील रहने र त्यसकै उद्देश्यमा विश्वास राख्ने वाद; मार्क्सवाद।
89502 सर्वहारावादी वि. सर्वहारावादमा विश्वास राख्ने; सर्वहारावादको अनुयायी।
89503 सर्वहारावादी वि. २. सर्वहारावादसम्बन्धी; मार्क्सवादी।
89504 सर्वाङ्ग ना. शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग; देहका सबै अङ्ग।
89505 सर्वाङ्ग ना. २. सम्पूर्ण शरीर; सारा देह।
89506 सर्वाङ्ग ना. वि. ३. सग्लो सिङ्गो।
89507 सर्वाङ्गपूर्ण वि. सबै अङ्गप्रत्यङ्गले युक्त; अङ्गहरू भएको; अविकलाङ्ग।
89508 सर्वाङ्गपूर्ण वि. २. अङ्गविन्यासमा आवश्यक सबै कुराले परिपूर्ण; जिउडाल, रूप सबैमा राम्रो।
89509 सर्वाङ्ग सुन्दर वि. सबै अङ्गप्रत्यङ्ग सुन्दर भएको; सम्पूर्ण अवयव राम्ररी मिलेको।
89510 सर्वाङ्गीण वि. सबै अङ्गको; सबै अङ्गमा व्याप्त वा पूर्ण; सबै अङ्गले युक्।
89511 सर्वाङ्गीण वि. २. सम्पूर्ण पक्षसित सम्बन्धित; चौतर्फी ( विकास, उन्नति आदि)।
89512 सर्वाधिकरणाधिकृत ना. लिच्छविकालीन सबै अड्डाको मुख्य हाकिम।
89513 सर्वाधिकार ना. सम्बन्धित क्षेत्रको सबै कामकुरो गर्ने अधिकार; सबै किसिमको अख्तियार; सम्पूर्ण अधिकार।
89514 सर्वाधिकार सम्पन्न वि. सबै प्रकारका अधिकारले युक्त; सबै प्रकारको अधिकारप्राप्।
89515 सर्वाधिकारी ना. सबै किसिमका अधिकारले युक्त व्यक्ति; सबै अधिकार पाएको व्यक्ति वा अधिकारी।
89516 सर्वास्तिवाद ना. कुनै वस्तु पनि असत् नभई सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने एक दार्शनिक सिद्धान्त; बौद्ध धर्मको एक भेद।
89517 सर्वास्तिवादी वि. सर्वास्तिवादमा विश्वास गर्ने; सर्वास्तिवादको अनुयायी।
89518 सर्वे ना. हे. सर्भे।
89519 सर्वेक्षक ना. सर्वेक्षण गर्ने व्यक्ति वा अधिकारी।
89520 सर्वेक्षण ना. कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने आधिकारिक निरीक्षण (जस्तो- भूसर्वेक्षण; वनसर्वेक्षण आदि)।
89521 सर्वेक्षण ना. २. कुनै विषयमा ध्यानपूर्वक गरिने विवेचना।
89522 सर्वेक्षण ना. ३. कुनै कुराका समसामयिक गतिविधि, प्रयोग र प्रवृत्तिसम्बन्धी अध्ययनका लागि सम्बन्धित क्षेत्रमा गई वा अध्ययनका विभिन्न साधनको उपयोग गरी तथ्य वा तथ्याङ्कहरूको सङ्कलन गरिने अनुसन्धानको विधि वा प्रक्रिया।
89523 सर्वेश / सर्वेश्वर ना. सबैको भलो गर्ने ईश्वर; सबैका स्वामी।
89524 सर्वेसर्वा वि. कुनै विषय वा कामकुरासित सम्बन्धित सबै किसिमको सर्वोच्च अधिकार पाएको; सर्वाधिकारसम्पन्न।
89525 सर्वोच्च वि. सबैभन्दा उच्च वा अग्लो।
89526 सर्वोच्च वि. २. सबैभन्दा माथिल्लो तहको; सर्वश्रेष्ठ।
89527 सर्वोच्च अदालत ना. देशभित्रका मुद्दामामिलाको इन्साफ गर्ने र तल्लो तहका अदालतले गरेका न्यायिक निर्णयहरूका सम्बन्धमा आवश्यकतानुसार पुनर्विचार गर्ने सर्वोच्च न्यायिक संस्था।
89528 सर्वोच्च सत्ता ना. कुनै पनि देशको शासनपद्धतिको वास्तविक अधिकार; वास्तविक प्रभुसत्ता।
89529 सर्वोच्च समादेश ना. राष्ट्रका सर्वोच्च व्यक्तिबाट दिइएको आदेश।
89530 सर्वोत्कृष्ट वि. सबैभन्दा उत्कृष्ट; सबभन्दा असल; सर्वश्रेष्ठ।
89531 सर्वोत्तम वि. सबैभन्दा उत्तम; सबैमा उम्दा; सर्वोत्कृष्ट।
89532 सर्वोपरि क्रि.वि. सबैभन्दा माथिको; सबैभन्दा बढी।
89533 सर्वोपरिता ना. सर्वोपरि हुनाको भाव वा स्थिति; सर्वोत्कृष्टता।
89534 सर्वौषधि ना. दश प्रकारका औषधीहरूको समूह ( कूट, जटामसी, हलेदो, बोझो, शिलाजित, श्रीखण्डचन्दन, रक्तचन्दन, कपुर, मोथे र नरिवल)।
89535 सर्सराइ ना. सर्सराउने भाव, क्रिया वा प्रक्रिया।
89536 सर्सराइनु अ.क्रि. सर्सर आवाज आइनु।
89537 सर्सराउनु अ.क्रि. हावा आदि चल्दा सरसर शब्द गर्नु; सऱ्याकसुरुक गर्नु; सरसराउनु।
89538 सर्सिउँ/ सस् र्युँ ना. तोरीका भन्दा केही ठुला पात, पहेँला फूल र तोरीका जस्ता कोसा हुने, दाना पेलेर तेल निकालिने एक जातको बोट, ठुलो किसिमको तोरी।
89539 सल ना. गारो, पर्खाल आदि लगाउँदा राखिने ईंट वा ढुङ्गाको तह।
89540 सल ना. २. दाउराको खलियोको चाङ।
89541 सल ना. ३. तह, खा।
89542 सलकी वि. चारै पाटा मिलेको, राम्रो।
89543 सलक्क क्रि.वि. मुखमा हालेको कुरो नचपाईकन एकै चोटि सजिलैसित निले झैं गरी।
89544 सलक्क क्रि.वि. २. पुष्ट शरीर भई राम्रो देखिने किसिमले।
89545 सलक्क क्रि.वि. ३. लहलहाएर बढ्ने चालमा सल्काइलो भएर।
89546 सलगम / सलेगम ना. गाजर वा मुला जस्तै गरी जमिनभित्र फल्ने, तरकारी खाइने एक प्रकारको डल्लो कन्द गान्टेमुला।
89547 सलज्ज वि. लाज भएको, लज्जायुक्त, लज्जालु।
89548 सलतनत ना. कुनै राजा वा शासकद्वारा शासित देश, राज्य, मुलुक।
89549 सलतनत ना. २. कुनै राजा वा शासकको राज्यसञ्चालन गर्ने अधिकार।
89550 सलतनत ना. ३. शासनप्रबन्ध।