Dictionary

All Word

89551 सलतनत ना. ४. सम्झौता सुलह।
89552 सलबल क्रि.वि. सर्प, गँड्यौला, माछा, किरा आदि चल्ने वा चलमलाउने गरी सिलिङ बिलिङ भएर।
89553 सलबल क्रि.वि. २. चुलबुले तालमा यताउति गर्दै, चलबल, चलमल।
89554 सलबल क्रि.वि. वि. ३. सलबलाउँदो।
89555 सलबलाइनु अ.क्रि. सलबल गरिनु।
89556 सलबलाउँदो वि. सलबल गर्ने; सलबले।
89557 सलबलाउँदो वि. २. सलबल परेको लदबदो (अचार, तरकारी आदि)।
89558 सलबलाउनु अ.क्रि. सर्प, गँड्यौला, माछा आदि बिस्तारै चल्नु; सिलिङबिलिङ गर्नु; चलमलाउनु।
89559 सलबलिनु अ.क्रि. सलबलाउनु।
89560 सलबले वि. सलबल गर्ने बानी भएको, सलबलाउने।
89561 सलबले वि. २. सलबलाउँदो।
89562 सलबल्याहट ना. सलबल गर्ने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
89563 सलमा ना. कपडा आदिमा किसिमकिसिमका बुट्टा आदि भर्ने काममा प्रयोग गरिने, सुनचाँदीबाट बनाइएको मसिनु बेरुवा तार।
89564 सलवार ना. मोहोतो र जाङ ठुलो भएको महिलाहरूले लगाउने एक किसिमको सुरुवाल।
89565 सलसल क्रि.वि. नचपाईकन धमाधम निल्ने गरी।
89566 सलसल क्रि.वि. २. सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदो जस्तो भएर।
89567 सलसल क्रि.वि. ३. पानी वा लेदो वस्तु बगे जस्तै गरी सुलसुल।
89568 सलसलती क्रि.वि. अझै सलसल हुने गरी।
89569 सलसलाइ ना. सलसलाउने भाव, क्रिया वा प्रक्रिया।
89570 सलसलाइनु अ.क्रि. सलसल होइनु , सलबलाइनु।
89571 सलसलाउँदो वि. सप्रेर रहरलाग्दो भएको, सलक्क परेको।
89572 सलसलाउँदो वि. २. हलक्क बढेको वा लहलहाउँदो।
89573 सलसलाउँदो वि. 3. देख्दा राम्रो र नरम, सलसल गर्दो (खानेकुरा, वस्तु आदि)।
89574 सलसलाउँदो वि. स्त्री. सलसलाउँदी।
89575 सलसलाउनु अ.क्रि. सप्रेर हलक्क बढ्नु, लहलहाउनु, सलक्क परेको हुनु।
89576 सलसली क्रि.वि. सलसल।
89577 सलह ना. धान आदिको बाली विनाश गर्ने एक जातको पतङ्ग बालीनाली, बोटबिरुवाको पातसमेत खाएर नाङ्गो पार्ने फट्याङ्ग्रोजस्तो उडुवा किरो।
89578 सलहको बयान ना. सलहको बगाल।
89579 सलहको बयान ना. वि. २. अनगन्ती।
89580 सलाई ना. बट्टाको बाहिर चौडाइका दुईतर्फ टाँसिएको कागतजस्तो पदार्थमा घोट्दा बल्ने, रासायनिक पदार्थ लागेको काठको मसिनु टुक्रो, घोटेर आगो पार्ने, टुप्पामा मसला लागेको काठको छेस्को दियासलाई।
89581 सलाई ना. २. औषधी, सुर्मा आदि लाउन बनाइएको एक किसिमको सुइरो, शलाका।
89582 सलाद ना. केरा, सुन्तला आदि फल र अन्य प्रकारका कन्द, मिठा मसलालाई दही आदिमा मिलाई वा नुन, खोर्सानी, अमिलो आदिसँग मिसाएर खाइने पदार्।
89583 सलाद ना. २. काँचै खाइने एक प्रकारको कन्दको पा।
89584 सलाम ना. आदरका निम्ति खुला दाहिने हत्केलो बाहिरपट्टि पर्ने गरी शिरमा राखी औंलाले माथिल्लो निधार छोई गरिने फौजी ढाँचाको अभिवादन प्रणाम कुर्नेस।
89585 सलाम ना. २. राणाकालमा अन्यायमा परेकाले बिन्तीपत्र दिई वा ठाडै प्रधानमन्त्रीछेउ न्याय माग्न कराउने प्रथा।
89586 सलामी ना. ठुला वा उच्च पदका व्यक्तिलाई तोप पड्काएर गरिने सम्मान।
89587 सलामी ना. २. सैनिकहरूले प्रणाम गर्ने एक पद्धति।
89588 सलामी ना. ३. बाजा बजाई विशेष किसिमले अभिवादन गर्ने प्रक्रिया।
89589 सलामी ना. ४. उच्च व्यक्तिहरूलाई सलाम गर्दा चढाइने भेटी।
89590 सलामी ना. ५. मुख्य शासकले वर्षको एक पटक नजरानाका रूपमा जागिरदार, ठेकदार आदिसँग कट्टा गरी लिने रकम।
89591 सलामी ना. ६. ओरालो परेको ठाउँ; तेर्पे परेको जमिन।
89592 सलिफा ना. गिर्खागिर्खा परेको, हरियो बोक्रो हुने, भित्रकाला, चिल्ला, लाम्चा बियाँ हुने एक प्रसिद्ध फल।
89593 सलिफा ना. २. आँट।
89594 सलिल ना. जल पानी।
89595 सलील वि. लीला गर्ने, लीलारत, लीलायुक्।
89596 सलील वि. २. क्रीडा गर्ने, क्रीडाशील, खेलबाडी।
89597 सलेदो ना. बाल्नाका निम्ति टुकी, लालटेन आदि बत्तीका भाँडाभित्र हालिने सुत्लो फित्ता।
89598 सल्कनु अ.क्रि. आगो, बत्ती आदि बल्न सुरु गर्नु।
89599 सल्कनु अ.क्रि. २. आगोको सानो बिउबाट बल्न सुरु गरेर एक ठाउँबाट अर्को ठाउँमा फैलनु।
89600 सल्कनु अ.क्रि. ३. एक ठाउँमा लागेको वा सुरु भएको रोग अर्को ठाउँमा पनि पुग्नु।