Dictionary

All Word

89601 सल्कनु अ.क्रि. ४. रिसले भित्रभित्रै चुर हुनु, मुरमुरिनु।
89602 सल्काइ ना. सल्कने तथा सल्काउने भाव, क्रिया वा प्रक्रिया।
89603 सल्काइनु क.क्रि. आगो, बत्ती आदि बालिनु।
89604 सल्काइनु क.क्रि. २. रोग आदि सारिनु।
89605 सल्काइलो वि. सलक्क परेको, सप्लाएको र मिलेको कदको।
89606 सल्काउनु स.क्रि. आगो बत्ती आदि बाल्नु; बल्ने बनाउनु।
89607 सल्काउनु स.क्रि. २. रोगहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनु।
89608 सल्काउनु स.क्रि. ३. कसैलाई रिस उठ्ने बनाउनु।
89609 सल्किनु अ.क्रि. सल्कनु।
89610 सल्किनु अ.क्रि. २ सरुवा रोग फैलिनु।
89611 सल्किनु अ.क्रि. ३. दन्किनु।
89612 सल्क्याइ ना. सल्किने भाव, क्रिया वा प्रक्रिया।
89613 सल्याकसुलुक क्रि.वि. मुखमा हालेको कुरो दाँतले नचपाईकन सुलुत्त निल्ने गरी सलक्क २. सलबल।
89614 सल्याङबल्याङ क्रि.वि. सर्प, गँड्यौला आदिको समूह चलमलाउने वा सलबलाउने गरी सल्याङसुलुङ।
89615 सल्याङबल्याङ क्रि.वि. २. उत्सुकता देखाउने वा तरखराउने गरेर।
89616 सल्याङबल्याङ क्रि.वि. ३. धेरै किरा एकैसाथ चल्ने; चल्मलाउने किसिमसित स्याउँस्याउँ।
89617 सल्याङसुलुङ क्रि.वि. सलबल, सल्याकसुलुक।
89618 सल्ल क्रि.वि. पानी आदि तरल पदार्थ राम्ररी बग्ने गरी।
89619 सल्ल क्रि.वि. २. सर्प आदि उरग प्राणी दगुर्ने किसिमले।
89620 सल्लाह ना. कुनै कामकुरामा अर्कालाई दिइने वा अर्काबाट लिइने सुझाउ सम्मति परामर्श।
89621 सल्लाह ना. २. मत राय।
89622 सल्लाह ना. 3. कसैलाई दिइने वा कसैबाट लिइने हितका कुरा, उपदेश, अर्ती।
89623 सल्लाह ना. ४. मेल, मतो।
89624 सल्लाहकार वि. आवश्यकतानुसार सल्लाह दिने परामर्शदाता।
89625 सल्लाहकार सभा ना. संसदको चुनाव हुनुभन्दा अगाडि, आफूलाई प्राप्त अधिकारबमोजिम संसद्ले झैं काम गर्न खडा गरिएको जनप्रतिनिधिहरूको सभा।
89626 सल्लाहकार सभा ना. २. कुनै विषयमा सल्लाह दिनाका निम्ति आमन्त्रित व्यक्तिहरूको सभा।
89627 सल्ली ना. जोत्दा गोरुको काँधमा राखिने जुवा।
89628 सल्ली ना. वि. २. सल्लाको सोझी, सल्लो बराबरको (जस्तो- तीन सल्ली धाम )।
89629 सल्लेकार ना. सेता फूल र मसिना लाम्चा पात हुने गाईबस्तुलाई खुवाइने वा खुवाउन हुने एक जातको झार।
89630 सल्लेनी ना. काँक्राको बियाँजस्तो लाम्चो हुने एक जातको धान।
89631 सल्लेनी ना. २. सल्लाघारी, सल्लेरी।
89632 सल्लेपिर / सल्लेबिर ना. सल्लाको सुकेर झरेको पा।
89633 सल्लेरी ना. सल्लाका रुखहरू धेरै भएको वन, सल्लाघारी।
89634 सल्लेरी ना. २. सगरमाथा अञ्चलको पहाडी भागमा पर्ने एक बस्ती।
89635 सल्लो ना. झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठुलठुला खस्रा फल फल्ने, पहेँला फूल फुल्ने, खोटो निस्कने, चुरोलाई चिरेर दियालो बनाउन सकिने एक जातको अग्लो वृक्ष, एक जातको देवदारु।
89636 सल्ल्यान ना. नेपालको मध्य पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत राप्ती अञ्चलमा ( दाङ जिल्लाको उत्तरतिर ) रहेको, पहिलेको एक सामन्त राज्य र अहिलेको एक जिल्ला।
89637 सल्ल्यानी वि. सल्ल्यानमा हुने, सल्ल्यानको, सल्ल्यानसम्बन्धी।
89638 सवर्गीय वि. एउटै वर्गको; समान पेसाको।
89639 सवर्ण वि. एउटै वा समान जातको; एउटै वा समान वर्णको।
89640 सवर्ण वि. २. एउटै वा समान रङको।
89641 सवर्ण वि. ३. हिन्दुहरूका चार जातिभित्रको।
89642 सवर्ण वि. ना. ४. व्याकरणमा उच्चारणका दृष्टिले एउटै स्थान र प्रयत्नका दृष्टिले आभ्यन्तर प्रयत्न हुने वर्ण (जस्तो- सं. कौल, फा. कौल)।
89643 सवा ना. कुनै सङ्ख्याको सिङ्गै र चतुर्थांशको परिमाण।
89644 सवा ना. वि. २. सिङ्गै र एक चतुर्थांश परिमाणको, चतुर्थांशसमेत गाभिएको सिङ्गो (सवा गज, सवा मिटर, सवा एक इ.)।
89645 सवाइखर ना. आँखीझ्याल।
89646 सवाई ना. कुनै सङ्ख्या वा वस्तुको चार खण्डको एक खण्ड, एक चतुर्थांश, चौथाइ २ चरणमा प्रायः चौध अक्षर र बाह्रतेह्र अक्षरका पनि हुने एक नेपाली प्रसिद्ध लोकलय र त्यसै लयमा रचित गीत वा कविता।
89647 सवार ना. सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति, घोडसवार, घोडचढी।
89648 सवार ना. २. बग्गी, घोडा आदि हाँक्ने व्यक्ति, सारथि।
89649 सवारी ना. घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीं जाने काम।
89650 सवारी ना. २. कहीं जानाका लागि वाहनका रूपमा प्रयोग गरिने साधन, यान।